hotpati logo
  • समाचार
  • अन्तर्वार्ता
  • अर्थ
  • अपराध
  • फोटो ग्यालरी
  • कला / मनोरंजन
  • खेलकुद
  • प्रदेश संस्करण
  • जीवन शैली
  • पर्यटन
  • प्रवास / एनआरएन
  • फोकस कोरिया
  • Models
  • बिचार / विश्लेषण
  • रोजगार
  • मुख्य समाचार
  • राजनीति
  • विज्ञान / प्रविधि
  • विश्व
  • शिक्षा
  • शेयर बजार
  • धर्म संस्कृति
  • साहित्य
  • स्वास्थ्य
  • Music Video
आज:  | Wed, 03, Mar, 2021
hotpati logo
  • मुख्य समाचार
  • समाचार
  • अर्थ
  • खेलकुद
  • रोजगार
  • शिक्षा
  • कला / मनोरंजन
  • स्वास्थ्य
  • फोकस कोरिया
  • प्रदेश
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • विश्व
    • पर्यटन
    • अन्तर्वार्ता
    • अपराध
    • धर्म संस्कृति
    • प्रवास / एनआरएन
    • फोटो ग्यालरी
    • बिचार / विश्लेषण
    • विज्ञान / प्रविधि
    • शेयर बजार
    • साहित्य
होमपेज / शिक्षा

कक्षा १० को एसइई राष्ट्रिय कि प्रदेशस्तरबाट ? 

१५ माघ २०७७, बिहीबार १२:५७ मा प्रकाशित (1 महिना अघि) अनुमानित पढ्ने समय : २ मिनेट
hotpati admin
हटपाटी संवाददाता

काठमाडौँ  –  कोरोना महामारी र बन्दाबन्दीका कारण गत वर्ष विद्यालयको आन्तरिक मूल्याङ्कनका आधारमा नतिजा प्रकाशन गरिएको कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसइई) यस वर्ष कुन विधिबाट गर्ने भन्नेमा गृहकार्य शुरु भएको छ ।

मन्त्रिपरिषद्को गत जेठ २८ को बैठकले विद्यमान शिक्षा ऐनको ‘बाधा अड्काउ फुकाउ’ को व्यवस्था प्रयोग गरी निर्णय गरी संवत् २०७६ को सो परीक्षा सम्बन्धित विद्यालयको अन्तिम मूल्याङ्कनका आधारमा नतिजा प्रकाशन गर्र्न निर्देश गरेको थियो ।

उक्त निर्णय कार्यान्वयनका लागि राष्ट्रिय परीक्षा बोर्डले ‘विद्यार्थी नतिजा, प्रकाशन तथा प्रमाणीकरण कार्यविधि, २०७७’ जारी गरी विद्यार्थीको अन्तिम मूल्याङ्कनका लागि सम्बन्धित प्रधानाध्यापकको संयोजकत्वमा समिति गठन गरेको थियो ।

यसरी मूल्याङ्कन गर्दा संवत् २०७६ को कूल पूर्णङ्कको सैद्धान्तिक र प्रयोगात्मक गरी पहिलो त्रैमासिकको १०, दोस्रोको ३० र तेस्रो त्रैमासिक परीक्षाको ६० प्रतिशत अङ्कभार दिई ग्रेड निर्धारण गरिएको थियो । कोरोना महामारीको प्रभाव कायमै रहे पनि बन्दाबन्दी हटिसकेको र अधिकांश विद्यालय सञ्चालनमा आइसकेकाले यस वर्षको परीक्षा कसरी सञ्चालन गर्ने भन्नेमा कानूनी र व्यवहारिक पक्षबारे छलफल चलेको हो ।

सङ्घीयताको मान्यतालाई पछ्याउनुपर्ने र कक्षा १२ सम्मलाई माध्यमिक शिक्षा मानिएको स्थितिमा कक्षा १० को परीक्षालाई राष्ट्रियस्तरमा नगरी प्रदेशस्तरबाट गर्नुपर्ने सरकारी अधिकारी र विज्ञहरुको मत छ तर त्यसका लागि सङ्घीय शिक्षा ऐन आवश्यक पर्छ । विद्यमान कानूनले कक्षा १०, ११ र १२ को परीक्षा राष्ट्रिय परीक्षा बोर्डको कार्यक्षेत्रमा राखिएकाले अन्योल उत्पन्न भएको हो ।

प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले यसअघि पनि कक्षा १० को एसइई परीक्षालाई राष्ट्रियस्तरमा गरिरहन नपर्ने गरी प्रबन्ध गर्न सरकारलाई निर्देशन दिइसकेको छ । प्रतिनिधिसभा विघटन भएकाले नयाँ ऐन आउन नसक्ने स्थितिमा विद्यमान शिक्षा ऐन, २०२८ (नवौँ संशोधन), २०७४ को परीक्षासम्बन्धी दफाको व्यवस्थालाई अध्यादेशमार्फत संशोधन गराई कक्षा १० को एसइई परीक्षा प्रदेशमार्फत सञ्चालन गर्न सकिने विकल्प सरकारसँग छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दीपक शर्माले कानूनी पक्ष सहज बनाइ यस वर्षको परीक्षा सञ्चालन गर्नेबारे विभिन्न विकल्पमा छलफल भइरहेको बताउनुभयो । यसबारे कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयसँग परामर्श मागिएको छ । विगतमा शिक्षा मन्त्रालय र हाल बोर्डमातहत रहेको परीक्षा नियन्त्रणको कार्यालयका नियन्त्रक रामराज खकुरेलले ‘बाधा अड्काउ फुकाउ’ को निर्णयबाट प्रदेशस्तरमा परीक्षा सञ्चालनको जिम्मेवारी दिन नसकिने भएकाले ऐनको दफा २० को आधारमा नभइ ऐन संशोधनको प्रक्रियामा जान सरकारलाई सुझाव दिइएको राससलाई जानकारी दिएका छन् ।

ऐनको दफा २० मा ‘ऐनको उद्देश्य कार्यान्वित गर्न कुनै बाधा अड्काउ परेमा नेपाल सरकारले त्यस्तो बाधा अड्काउ हटाउन नेपाल राजपत्रमा सूचना प्रकाशित गरी आदेश निकाल्न सक्नेछ र त्यस्तो आदेश यसै ऐनमा परे सरह मानिनेछ’ भनिएको छ । ऐनको दफा ४ (ट) मा ‘माध्यमिक शिक्षाको कक्षा १० र माध्यमिक तहको अन्त्यमा हुने परीक्षा बोर्डबाट सञ्चालन हुने’ उल्लेख छ । तत्काल .ऐन संशेधन भएमा पनि यस वर्ष प्रदेशस्तरमा संरचना र व्यवस्थापन गर्न चटारो पर्नेछ । उनले कक्षा १० र ११ का परीक्षा सम्बन्धित विद्यालयको आन्तरिक मूल्याङ्कनका आधारमा गर्ने गरी निर्णय गरिएमा पनि अन्यथा नहुने बताए ।

यस वर्षका लागि खुल्ला तहका विद्यार्थीबाहेक चार लाख ९२ हजार नियमित विद्यार्थीले कक्षा १० को एसइईका लागि आवेदन (रजिष्ट्रेशन) दिएका छन् । यो आवेदन कक्षा ९ मै लिइन्छ । खुल्लाबाट परीक्षा दिन चाहनेले यस महिनाभित्र आवेदन दिन सक्नेछन् ।

शिक्षा विश्लेषक टीका भट्टराईले सङ्घीयताको कार्यान्वयनमा जाँदा कक्षा १० को परीक्षा राष्ट्रियस्तरमा गरिहन नपर्ने भएकाले प्रदेशस्तरबाट सञ्चालन गर्न सुझाव दिनुभयो । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएशन (एन प्याब्सन) का महासचिव सुवास न्यौपानले भने नयाँ ऐन नआएको स्थितिमा विगतमा झैँ राष्ट्रियस्तरमै परीक्षा सञ्चालन गर्न आफूहरुले शिक्षामन्त्रीसँग माग गरिएको बताए । उनले यस वर्षको शैक्षिकसत्र दुई महिना लम्ब्याउन पनि आग्रह गरेका छन्  । शैक्षिकसत्र लम्बिएमाम विगतमा चैतको पहिलो साता हुने वार्षिक परीक्षा पछि सर्नेछ ।

शिक्षा ऐन, २०२८ (आठौं संशोधन), २०७३ ले तत्कालीन उच्चमाध्यमिक शिक्षा परिषद् खारेज गरी राष्ट्रिय परीक्षा बोर्डमा रुपान्तरण गराएको थियो । बोर्डले कक्षा १० देखि १२ सम्मको परीक्षासम्बन्धी कार्यहरुलाई क्षेत्राधिकारभित्र आवद्ध गर्दै आएको छ ।

विगतमा प्रवेशिका परीक्षा (एसएलसी) भनिने सो परीक्षाको थालनी नेपालमा विसं १९९० बाट शुरु भएको हो । बोर्डमातहत हालसम्म कक्षा १० तथा कक्षा ११ र १२ का लागि अलगअलग परीक्षा नियन्त्रण कार्यालय सञ्चालित छन् ।

  • #एसइईको परीक्षा
तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो?
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस

शिक्षा सम्बन्धि थप

  • नयाँ शैक्षिक सत्र १० महिनाको मात्रनयाँ शैक्षिक सत्र १० महिनाको मात्र
  • प्राविधिक शिक्षा पढ्नेलाई छात्रवृत्तिप्राविधिक शिक्षा पढ्नेलाई छात्रवृत्ति
  • विद्यालयमा ‘जङ्क फुड’ निषेध, सरकार आफैँले तोक्यो ६० प्रकारका ‘मेनु’विद्यालयमा ‘जङ्क फुड’ निषेध, सरकार आफैँले तोक्यो ६० प्रकारका ‘मेनु’
  • विद्यालय तहको परीक्षा : डी ग्रेड ल्याउनेलाई मूल प्रमाणपत्र नदिन सिफारिसविद्यालय तहको परीक्षा : डी ग्रेड ल्याउनेलाई मूल प्रमाणपत्र नदिन सिफारिस

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय
    दुर्घटनामा दुईको मृत्यु

    दुर्घटनामा दुईको मृत्यु

    नेकपा विप्लव समूहसँग पहिलो चरणको वार्ता सम्पन्न

    नेकपा विप्लव समूहसँग पहिलो चरणको वार्ता सम्पन्न

    नेपाली कांग्रेसले मात्र देशलाई निकास दिन सक्छ: सभापति देउवा

    नेपाली कांग्रेसले मात्र देशलाई निकास दिन सक्छ: सभापति देउवा

    राष्ट्रिय प्रसारण लाइन जोडिएसँगै सल्लेरी लोडसेडिङमुक्त

    राष्ट्रिय प्रसारण लाइन जोडिएसँगै सल्लेरी लोडसेडिङमुक्त

    सभामुख र सांसदहरुले कोरोनाविरुद्धको खोप लगाए

    सभामुख र सांसदहरुले कोरोनाविरुद्धको खोप लगाए

    फुङ्लिङमा आगलागीबाट ३३८ परिवार विस्थापित

    फुङ्लिङमा आगलागीबाट ३३८ परिवार विस्थापित

    जर्मनीमा सोमबारदेखि महामारी नियन्त्रणका लागि लगाइएका केही प्रतिबन्धलाई खुकुलो पारिँदै

    जर्मनीमा सोमबारदेखि महामारी नियन्त्रणका लागि लगाइएका केही प्रतिबन्धलाई खुकुलो पारिँदै

    बङ्गलादेशद्वारा ‘इन्डो प्यासिफिक स्ट्राटेजी’ सुरक्षा सहकार्यमा सामेल नहुने भनाइ

    आठ हजार रोपनी जग्गा अतिक्रमित

    आठ हजार रोपनी जग्गा अतिक्रमित

    प्रधानमन्त्रीका पक्षमा ९२ सांसद रहेको जिकिर

    प्रधानमन्त्रीका पक्षमा ९२ सांसद रहेको जिकिर

    सरकारसँग वार्ता गर्न विप्लब समूहले बनायो दुई सदस्यीय बार्ता टोली

    सरकारसँग वार्ता गर्न विप्लब समूहले बनायो दुई सदस्यीय बार्ता टोली

    कोरियामा २७ बर्षिय पौडेलको मृत्यु

    कोरियामा २७ बर्षिय पौडेलको मृत्यु

    आठौ ईपिएस परीक्षाका परिक्षा केन्द्र तोकियो , कहाँ र कुन सिफ्टमा पर्नु भो हेर्नुहोस

    आठौ ईपिएस परीक्षाका परिक्षा केन्द्र तोकियो , कहाँ र कुन सिफ्टमा पर्नु भो हेर्नुहोस

    कोरियामा औद्योगिक दुर्घटनामा परेर दुइ नेपालीको मृत्यु

    कोरियामा औद्योगिक दुर्घटनामा परेर दुइ नेपालीको मृत्यु

    प्रचण्डको अर्को लोकप्रिय कदम- कोरियाबाट पैसा पठाउँदा लाग्ने शुल्क अब सरकारले ब्यहोर्ने,हुण्डी पूर्ण रुपमा निरुत्साहित हुने

    प्रचण्डको अर्को लोकप्रिय कदम- कोरियाबाट पैसा पठाउँदा लाग्ने शुल्क अब सरकारले ब्यहोर्ने,हुण्डी पूर्ण रुपमा निरुत्साहित हुने

    सिबिटी परिक्षा बन्द नभई स्थगित

    सिबिटी परिक्षा बन्द नभई स्थगित

    कोरिया भाषा परिक्षा लागि ६८ हजारको आवेदन , औधोगिक र कृषिमा कति -कति आवेदन पर्यो

    कोरिया भाषा परिक्षा लागि ६८ हजारको आवेदन , औधोगिक र कृषिमा कति -कति आवेदन पर्यो

    कोरियामा मजदुरको तलव १६.४ प्रतिशतले बढ्यो

    कोरियामा मजदुरको तलव १६.४ प्रतिशतले बढ्यो

    कोरियन भाषा परिक्षा जेठको अन्तिम साता खुल्छ -ईपिएस कोरिया शाखा नेपालका निर्देशक बाबुराम खतिवडा

    कोरियन भाषा परिक्षा जेठको अन्तिम साता खुल्छ -ईपिएस कोरिया शाखा नेपालका निर्देशक बाबुराम खतिवडा

    समाचार
    नेपाली कांग्रेसले मात्र देशलाई निकास दिन सक्छ: सभापति देउवा

    नेपाली कांग्रेसले मात्र देशलाई निकास दिन सक्छ: सभापति देउवा

    राष्ट्रिय प्रसारण लाइन जोडिएसँगै सल्लेरी लोडसेडिङमुक्त

    राष्ट्रिय प्रसारण लाइन जोडिएसँगै सल्लेरी लोडसेडिङमुक्त

    फुङ्लिङमा आगलागीबाट ३३८ परिवार विस्थापित

    फुङ्लिङमा आगलागीबाट ३३८ परिवार विस्थापित

    हानिकारक ग्यास आयातमा कडाइ

    हानिकारक ग्यास आयातमा कडाइ

    रोकिएन कालीगण्डकी दोहन : सङ्कटमा शालिग्राम

    रोकिएन कालीगण्डकी दोहन : सङ्कटमा शालिग्राम

    Facebook

    Twitter

    Tweets by HotpatiMedia

    विश्व
    जर्मनीमा सोमबारदेखि महामारी नियन्त्रणका लागि लगाइएका केही प्रतिबन्धलाई खुकुलो पारिँदै

    जर्मनीमा सोमबारदेखि महामारी नियन्त्रणका लागि लगाइएका केही प्रतिबन्धलाई खुकुलो पारिँदै

    बर्लिन - जर्मनीका चान्सलर एन्जेला मर्केलले कोभिडले निकै प्रभावित पारेको आफ्नो मुलुकले राष्ट्रमा बिस्तारै भाइरस नियन्त्रणका लागि अपनाइएका उपायलाई...  विस्तृतमा

    बङ्गलादेशद्वारा ‘इन्डो प्यासिफिक स्ट्राटेजी’ सुरक्षा सहकार्यमा सामेल नहुने भनाइ

    बङ्गलादेशद्वारा ‘इन्डो प्यासिफिक स्ट्राटेजी’ सुरक्षा सहकार्यमा सामेल नहुने भनाइ

    अफगानिस्तानमा बन्दुकधारीद्वारा तीन सञ्चारकर्मीको हत्या

    अफगानिस्तानमा बन्दुकधारीद्वारा तीन सञ्चारकर्मीको हत्या

    चीनमा २५० नयाँ अर्बपति थपिए

    चीनमा २५० नयाँ अर्बपति थपिए

    ट्रम्प दम्पतीले कोरोनाको खोप जनवरीमै लगाएका थिएः पूर्व सल्लाहकार

    ट्रम्प दम्पतीले कोरोनाको खोप जनवरीमै लगाएका थिएः पूर्व सल्लाहकार

    अमेरिकाले जोन्सन एन्ड जोन्सनको ४० लाख डोज खोप मङ्गलबारसम्ममा वितरण गर्ने

    अमेरिकाले जोन्सन एन्ड जोन्सनको ४० लाख डोज खोप मङ्गलबारसम्ममा वितरण गर्ने

    बेलायती राजकुमार फिलिपलाई अर्को अस्पतालमा लगियो

    बेलायती राजकुमार फिलिपलाई अर्को अस्पतालमा लगियो

    राष्ट्रसंघीय अधिकार विज्ञद्वारा नाभाल्नीमाथिको विष आक्रमण छानबिन गर्न आग्रह

    राष्ट्रसंघीय अधिकार विज्ञद्वारा नाभाल्नीमाथिको विष आक्रमण छानबिन गर्न आग्रह

    भारतका उपराष्ट्रपति, प्रधानमन्त्रीलगायत विशिष्टलाई कोरोनाको खोप

    भारतका उपराष्ट्रपति, प्रधानमन्त्रीलगायत विशिष्टलाई कोरोनाको खोप

    hotpati logo footer

    हटपाटी मिडिया हाउस प्रा.लि.

    यति प्लाजा,बागबजार काठमाडौं, नेपाल

    ईमेल: hotpatinews@gmail.com

    कार्यालय फोन- ०१६२०१४५३

    स्थायी लेखा नम्बर-६०४३६५२९५

    कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४

    सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४

    हटपाटी मिडिया हाउसका लागि

    संचालक तथा सम्पादक देवेन्द्र सम्बाहाम्फे

    सह सम्पादक निश्चल काउचा

    कार्यकारी सम्पादक ऐश्वर्य श्रेष्ठ

    व्यावस्थापकहरि ढकाल

    सहायक सम्पादक सुर्य चन्द
    विद्या सम

    विश्व आशिष सम्बाहाम्फे

    खेलकुद सुरजसिं सुब्बा

    ग्राफिक डिजाईनर सन्जोग देवान

    कानूनी सल्लाहकार तेजबहादुर बस्नेत

    मार्केटिङ रविन श्रेष्ठ

    यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |

    © 2016 - 2021: Hotpati Media मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑