hotpati logo
  • समाचार
  • अन्तर्वार्ता
  • अर्थ
  • अपराध
  • फोटो ग्यालरी
  • कला / मनोरंजन
  • खेलकुद
  • प्रदेश संस्करण
  • जीवन शैली
  • पर्यटन
  • प्रवास / एनआरएन
  • फोकस कोरिया
  • Models
  • बिचार / विश्लेषण
  • रोजगार
  • मुख्य समाचार
  • राजनीति
  • विज्ञान / प्रविधि
  • विश्व
  • शिक्षा
  • शेयर बजार
  • धर्म संस्कृति
  • साहित्य
  • स्वास्थ्य
  • Music Video
आज:  | Mon, 01, Mar, 2021
hotpati logo
  • मुख्य समाचार
  • समाचार
  • अर्थ
  • खेलकुद
  • रोजगार
  • शिक्षा
  • कला / मनोरंजन
  • स्वास्थ्य
  • फोकस कोरिया
  • प्रदेश
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • विश्व
    • पर्यटन
    • अन्तर्वार्ता
    • अपराध
    • धर्म संस्कृति
    • प्रवास / एनआरएन
    • फोटो ग्यालरी
    • बिचार / विश्लेषण
    • विज्ञान / प्रविधि
    • शेयर बजार
    • साहित्य
होमपेज / शिक्षा

अन्तत: कक्षा ११ र १२ मा गणित पनि अनिवार्य गर्ने निर्णय

१७ माघ २०७७, शनिबार ०६:२१ मा प्रकाशित (1 महिना अघि) अनुमानित पढ्ने समय : ५ मिनेट
hotpati admin
हटपाटी संवाददाता

काठमाडौँ – कक्षा ११ र १२ मा ‘सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा’ र गणित दुवै विषय अनिवार्यमा पर्ने भएको छ । यसअघि अनिवार्यबाट हटाइ ऐच्छिकमा राखिएको गणित विषयलाई पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्को शनिबारको बैठकले अनिवार्य विषयका रुपमा पढ्न चाहने विद्यार्थीका लागि बाटो खुल्ला रहने गरी निर्णय गरेको हो ।

नयाँ पाठ्यक्रममा गणितलाई ऐच्छिकमा राखिएकामा सम्बन्धित विषयविज्ञबाट उठेको असन्तुष्टिलाई सम्बोधन गर्दै गणितलाई सामाजिक अध्ययन तथा जीवनोपयोगी झैँ अनिवार्यको ‘वा’ मा थप गर्ने निर्णय गरिएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दीपक शर्माले जानकारी दिएका छन् । शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा रहेको परिषद्को बैठकको निर्णय र सिफारिसको कार्यान्वयन शिक्षा मन्त्रालय र मातहतको पाठ्यक्रम विकास केन्द्रले गर्नेछ । यो निर्णय यसै शैक्षिकसत्रदेखि लागू हुनेछ । उक्त तहमा नेपाली र अङ्ग्रेजी विषय भने स्वतस् अनिवार्य हुनेछ ।

गणितलाई अनिवार्य विषयबाट हटाइएकाले नयाँ पाठ्यक्रम लागू नगर्न माग गर्दै सर्वोच्च अदालतमा परेको रिट निवेदनमा गत पुस २८ गते दिइएको फैसलामा नयाँ पाठ्यक्रम लागू गर्न बाधा नहुने तर गणित विषयलाई समावेश गर्ने गरी निर्देश गरिएको थियो । २०७५ जेठ १८ गतेको परिषद्को बैठकले नयाँ पाठ्यक्रम कार्यान्वयनका लागि सिफारिस गरेको थियो । उक्त निर्णयका आधारमा शिक्षा मन्त्रालयले ‘विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारुप, २०७६’ जारी गरी गणितलाई ऐच्छिक विषयमा राखिएको थियो ।

गणित विषयको अनिवार्यताबारे अभियान सञ्चालन गर्दै आएको ‘नेपाल गणित समाज’का सहसचिव डा जीवन काफ्लेले कक्षा ११ र १२ को पाठ्यक्रम प्रारूपमा ‘सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा’को सट्टामा विद्यार्थीले चाहेमा गणित विषय रोज्न पाउने निर्णय हुनु सकारात्मक भएको बताए । उनले आफूहरुको अभियान सार्थक भएको पनि बताएका छन्  । सो समाजले गणितलाई अनिवार्यबाट हटाइ ऐच्छिकमा राखिएको विरोधमा सडक प्रदर्शनलगायत विभिन्न दबाबमूलक कार्यक्रमसमेत गरेको थियो ।

कक्षा १० र ११ मा करीव पाँच लाख विद्यार्थीले वार्षिक अनिवार्य गणित पढ्ने गरेको जनाइएको छ । गणितलाई अनिवार्यबाट हटाउने विज्ञले भने धेरै विद्यार्थी उक्त विषयमा अनुत्तीर्ण हुने भएकाले ऐच्छिकमा राख्दा विद्यार्थीको बोझ घट्ने र समग्रमा विद्यार्थीको राम्रो ग्रेड आउने विश्लेषण गर्दै आएका थिए ।

गणित विषय अनिवार्य नभएमा उच्चशिक्षामा विज्ञान, प्रविधि र इञ्जिनीयरिङजस्ता विषयमा गम्भीर असर पर्ने सम्बन्धित विज्ञले जनाउँदै आएका थिए । सरकारले ल्याएको ‘विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६’ मा गणित विषय अनिवार्यमा नपारिएपछि सर्वोच्च अदालतमा परेको रिट केही महिना निवेदन विचाराधीन रहेको अवस्थामा नयाँ पाठ्यक्रम कार्यान्वयनको अन्योल उत्पन्न भएको थियो । विद्यालयले भने नयाँ पाठ्यक्रमका आधारमा पढाइ शुरु गरिसकेका थिए ।

परिषद्को पछिल्लो निर्णयले उच्चशिक्षामा जीव विज्ञान, रसायन शास्त्र र भौतिक विज्ञान पढ्ने विद्यार्थीले गणित विषयलाई मूल विषय बनाउन सहजरुपमा पाउनेछन् । गणित विषयले विद्यार्थीमा हरेक विषयका बारेमा तार्किक, वस्तुगत तथा वैज्ञानिक ढङ्गले अध्ययन–विश्लेषण र मूल्याङ्कन गर्ने क्षमताको एवम् विद्यार्थीलाई खोजअनुसन्धान गर्ने सामथ्र्यको विकास गराउने विज्ञको तर्क छ । समाजशास्त्री र मानवशास्त्रीले ‘सामाजिक अध्ययन र जीवनोपयोगी शिक्षा’ अनिवार्यमा पर्नुलाई संविधान, सङ्घीयता, समावेशीता र लोकतान्त्रिक गणतन्त्र अनुकूल मानेका छन् । उहीहरुले सामाजिक अध्ययनको अनिवार्यताले विद्यार्थीमा समाज र देशप्रतिको बुझाइ र प्रेम बढ्नाका साथै व्यवहारिक र सीपमूलक शिक्षामा प्रवद्र्धन भई रोजगारीका लागि बाध्यतावश विदेशिने समस्या न्यून हुने अपेक्षा गरेका छन् । यस तर्कमा गणितका विज्ञले आपत्ति जनाएका छैनन् ।

नेपालको संविधान, सङ्घीय संरचना, एक्काइसौँ शताब्दीनुकूल शिक्षा र समृद्धिको लक्ष्यलाई ध्यानमा राखेर गत २०७६ भदौ २० राष्ट्रिय पाठ्यक्रम मूल्याङ्कन परिषद्बाट स्वीकृत नयाँ पाठ्यक्रम प्रारुपबारे विवाद उत्पन्न भएपछि गत वर्ष पाठ्यक्रम विकास केन्द्रले त्रिवि इञ्जिनीयरिङ अध्ययन संस्थानका प्रा डा सुवर्ण शाक्यको संयोजकत्वमा कार्यदल गठन गरिएको थियो । सो कार्यदलले पनि गणितलाई पनि अनिवार्यमा समावेश गर्न सुझाव दिएको थियो ।

  • #NEB
  • #new curriculum
तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो?
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस

शिक्षा सम्बन्धि थप

  • प्राविधिक शिक्षा पढ्नेलाई छात्रवृत्तिप्राविधिक शिक्षा पढ्नेलाई छात्रवृत्ति
  • विद्यालयमा ‘जङ्क फुड’ निषेध, सरकार आफैँले तोक्यो ६० प्रकारका ‘मेनु’विद्यालयमा ‘जङ्क फुड’ निषेध, सरकार आफैँले तोक्यो ६० प्रकारका ‘मेनु’
  • विद्यालय तहको परीक्षा : डी ग्रेड ल्याउनेलाई मूल प्रमाणपत्र नदिन सिफारिसविद्यालय तहको परीक्षा : डी ग्रेड ल्याउनेलाई मूल प्रमाणपत्र नदिन सिफारिस
  • सामाजिक र गणितमध्ये एक रोज्न पाइनेसामाजिक र गणितमध्ये एक रोज्न पाइने

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय
    सिरहामा युवकको शङ्कास्पद मृत्यु, प्रहरीमा किटानी जाहेरी दर्ता

    सिरहामा युवकको शङ्कास्पद मृत्यु, प्रहरीमा किटानी जाहेरी दर्ता

    विसं २०७८ मा तीनवटा दशैँ

    विसं २०७८ मा तीनवटा दशैँ

    अर्जुनधारामा तीन वर्षमा १०५ पुल निर्माण

    अर्जुनधारामा तीन वर्षमा १०५ पुल निर्माण

    राष्ट्रपतिद्वारा २३ गते ४ बजेका लागि संसद अधिवेशन आव्हान

    राष्ट्रपतिद्वारा २३ गते ४ बजेका लागि संसद अधिवेशन आव्हान

    मनाङमा ३३ केभीको प्रसारण लाइन जाेडियाे

    मनाङमा ३३ केभीको प्रसारण लाइन जाेडियाे

    प्रम ओली केहीबेरमा पोखरा पुग्नुहुँदै, प्रशिक्षण प्रतिष्ठानको शिल्यान्यास गरिने

    प्रम ओली केहीबेरमा पोखरा पुग्नुहुँदै, प्रशिक्षण प्रतिष्ठानको शिल्यान्यास गरिने

    नाभाल्नीलाई मस्कोबाट २०० किलोमिटर पूर्व भ्लादिमिर क्षेत्रमा राखिने

    नाभाल्नीलाई मस्कोबाट २०० किलोमिटर पूर्व भ्लादिमिर क्षेत्रमा राखिने

    अमेरिकाले जोन्सनको खोपलाई दियो अनुमति

    अमेरिकाले जोन्सनको खोपलाई दियो अनुमति

    केरुङ नाका सोमबारदेखि पुनःसञ्चालन हुँदै

    केरुङ नाका सोमबारदेखि पुनःसञ्चालन हुँदै

    विद्यालयमा आगलागी हुँदा एक करोडको क्षति

    विद्यालयमा आगलागी हुँदा एक करोडको क्षति

    प्रचण्ड–नेपाल पक्षद्वारा आफ्ना सांसदहरुलाई तत्काल उपत्यका नछाड्न निर्देशन

    प्रचण्ड–नेपाल पक्षद्वारा आफ्ना सांसदहरुलाई तत्काल उपत्यका नछाड्न निर्देशन

    देशव्यापी कार्यक्रमलाई निरन्तरता दिने, स्वरुप परिवर्तन गर्ने

    देशव्यापी कार्यक्रमलाई निरन्तरता दिने, स्वरुप परिवर्तन गर्ने

    प्रधानमन्त्री ओली राजीनामा गर्न तयार

    प्रधानमन्त्री ओली राजीनामा गर्न तयार

    कोरियामा २७ बर्षिय पौडेलको मृत्यु

    कोरियामा २७ बर्षिय पौडेलको मृत्यु

    आठौ ईपिएस परीक्षाका परिक्षा केन्द्र तोकियो , कहाँ र कुन सिफ्टमा पर्नु भो हेर्नुहोस

    आठौ ईपिएस परीक्षाका परिक्षा केन्द्र तोकियो , कहाँ र कुन सिफ्टमा पर्नु भो हेर्नुहोस

    कोरियामा औद्योगिक दुर्घटनामा परेर दुइ नेपालीको मृत्यु

    कोरियामा औद्योगिक दुर्घटनामा परेर दुइ नेपालीको मृत्यु

    प्रचण्डको अर्को लोकप्रिय कदम- कोरियाबाट पैसा पठाउँदा लाग्ने शुल्क अब सरकारले ब्यहोर्ने,हुण्डी पूर्ण रुपमा निरुत्साहित हुने

    प्रचण्डको अर्को लोकप्रिय कदम- कोरियाबाट पैसा पठाउँदा लाग्ने शुल्क अब सरकारले ब्यहोर्ने,हुण्डी पूर्ण रुपमा निरुत्साहित हुने

    सिबिटी परिक्षा बन्द नभई स्थगित

    सिबिटी परिक्षा बन्द नभई स्थगित

    कोरिया भाषा परिक्षा लागि ६८ हजारको आवेदन , औधोगिक र कृषिमा कति -कति आवेदन पर्यो

    कोरिया भाषा परिक्षा लागि ६८ हजारको आवेदन , औधोगिक र कृषिमा कति -कति आवेदन पर्यो

    कोरियामा मजदुरको तलव १६.४ प्रतिशतले बढ्यो

    कोरियामा मजदुरको तलव १६.४ प्रतिशतले बढ्यो

    कोरियन भाषा परिक्षा जेठको अन्तिम साता खुल्छ -ईपिएस कोरिया शाखा नेपालका निर्देशक बाबुराम खतिवडा

    कोरियन भाषा परिक्षा जेठको अन्तिम साता खुल्छ -ईपिएस कोरिया शाखा नेपालका निर्देशक बाबुराम खतिवडा

    समाचार
    अर्जुनधारामा तीन वर्षमा १०५ पुल निर्माण

    अर्जुनधारामा तीन वर्षमा १०५ पुल निर्माण

    मनाङमा ३३ केभीको प्रसारण लाइन जाेडियाे

    मनाङमा ३३ केभीको प्रसारण लाइन जाेडियाे

    प्रम ओली केहीबेरमा पोखरा पुग्नुहुँदै, प्रशिक्षण प्रतिष्ठानको शिल्यान्यास गरिने

    प्रम ओली केहीबेरमा पोखरा पुग्नुहुँदै, प्रशिक्षण प्रतिष्ठानको शिल्यान्यास गरिने

    बेनीमा खानेपानी कार्यालय स्थापना

    बेनीमा खानेपानी कार्यालय स्थापना

    नेपाल भाषा पठनपाठनका लागि प्रशिक्षण

    नेपाल भाषा पठनपाठनका लागि प्रशिक्षण

    Facebook

    Twitter

    Tweets by HotpatiMedia

    विश्व
    नाभाल्नीलाई मस्कोबाट २०० किलोमिटर पूर्व भ्लादिमिर क्षेत्रमा राखिने

    नाभाल्नीलाई मस्कोबाट २०० किलोमिटर पूर्व भ्लादिमिर क्षेत्रमा राखिने

    रूसी राष्ट्रपति भ्लादिमिर पुटिनका कटु आलोचक अलेक्सी नभाल्नीलाई मस्कोबाट २०० किलोमिटर पूर्वमा रहेको पूर्व भ्लादिमीर क्षेत्रमा रहेको एक जेलमा...  विस्तृतमा

    अमेरिकाले जोन्सनको खोपलाई दियो अनुमति

    अमेरिकाले जोन्सनको खोपलाई दियो अनुमति

    बेल्जियमको जेलमा कोभिड–१९ फैलिएपछि कैँदीका आफन्त प्रदर्शनमा

    बेल्जियमको जेलमा कोभिड–१९ फैलिएपछि कैँदीका आफन्त प्रदर्शनमा

    म्यान्मारमा सेनाले चलाएको गोली लागेर तीन प्रदर्शनकारी मारिए

    म्यान्मारमा सेनाले चलाएको गोली लागेर तीन प्रदर्शनकारी मारिए

    डेनमार्कमा लकडाउनको विरोध गर्नेहरु पक्राउ

    डेनमार्कमा लकडाउनको विरोध गर्नेहरु पक्राउ

    नाइजेरियाली विद्यालयबाट अपहरित विद्यार्थीसहित ४२ व्यक्ति रिहा

    नाइजेरियाली विद्यालयबाट अपहरित विद्यार्थीसहित ४२ व्यक्ति रिहा

    हाइटीको जेलबाट २०० भागे, २५ को मृत्यु

    हाइटीको जेलबाट २०० भागे, २५ को मृत्यु

    म्यानमारको निर्वाचन आयोगद्वारा प्रमुख राजनीतिक दलसँग छलफल

    म्यानमारको निर्वाचन आयोगद्वारा प्रमुख राजनीतिक दलसँग छलफल

    पुटिन र बाइडेनलाई आणविक हतियार नियन्त्रणमा केन्द्रित हुन गोर्भाचोवको आग्रह

    पुटिन र बाइडेनलाई आणविक हतियार नियन्त्रणमा केन्द्रित हुन गोर्भाचोवको आग्रह

    hotpati logo footer

    हटपाटी मिडिया हाउस प्रा.लि.

    यति प्लाजा,बागबजार काठमाडौं, नेपाल

    ईमेल: hotpatinews@gmail.com

    कार्यालय फोन- ०१६२०१४५३

    स्थायी लेखा नम्बर-६०४३६५२९५

    कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४

    सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४

    हटपाटी मिडिया हाउसका लागि

    संचालक तथा सम्पादक देवेन्द्र सम्बाहाम्फे

    सह सम्पादक निश्चल काउचा

    कार्यकारी सम्पादक ऐश्वर्य श्रेष्ठ

    व्यावस्थापकहरि ढकाल

    सहायक सम्पादक सुर्य चन्द
    विद्या सम

    विश्व आशिष सम्बाहाम्फे

    खेलकुद सुरजसिं सुब्बा

    ग्राफिक डिजाईनर सन्जोग देवान

    कानूनी सल्लाहकार तेजबहादुर बस्नेत

    मार्केटिङ रविन श्रेष्ठ

    यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |


    © 2016 - 2021: Hotpati Media मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑