काठमाडौँ – कक्षा ११ र १२ मा अध्ययन गर्ने विद्यार्थीले सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा र गणितमध्ये कुनै एउटा विषय रोज्न पाउने भएका छन् । यसअघि सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षालाई मात्र अनिवार्य विषयका रूपमा राखिएको थियो ।
पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक केशव दाहालले राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्ले सो निर्णय गरेको जानकारी दिएका छन् ।
यसअघि कक्षा ११ र १२ मा सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षालाई खारेज गर्न माग गरी दायर रिट गत पुस २८ गते सर्वोच्च अदालतले खारेज गरेको थियो ।
गणितलाई अनिवार्य गर्नुपर्ने माग रिटमा गरिएको थियो । सर्वाेच्च अदालतले यस विषयमा पुनः विचार गर्न निर्देशनात्मक आदेश दिएको र सोका आधारमा यस्तो निर्णय गरिएको उनले जानकारी दिए ।
कक्षा ११ मा यस पटकबाट नयाँ पाठ्यक्रम कार्यान्वयनमा ल्याइएको हो । यस पटकबाट विद्यार्थीले तीनवटा अनिवार्य र तीनवटा ऐच्छिक विषयअध्ययन गर्नुपर्नेछ ।
याङ्गुन - म्यान्मारको सेनाले चलाएको गोली लागेर आइतबार तीन जना सरकार विरोधी प्रदर्शनकारीको मृत्यु भएको छ । सेनाले केही दिनदेखि प्रदर्शनकारीमाथि... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
संचालक तथा सम्पादक देवेन्द्र सम्बाहाम्फे
सह सम्पादक निश्चल काउचा
कार्यकारी सम्पादक ऐश्वर्य श्रेष्ठ
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
खेलकुद सुरजसिं सुब्बा
ग्राफिक डिजाईनर सन्जोग देवान
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
मार्केटिङ रविन श्रेष्ठ
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस