hotpati logo
  • समाचार
  • अन्तर्वार्ता
  • अर्थ
  • अपराध
  • फोटो ग्यालरी
  • कला / मनोरंजन
  • खेलकुद
  • प्रदेश संस्करण
  • जीवन शैली
  • पर्यटन
  • प्रवास / एनआरएन
  • फोकस कोरिया
  • Models
  • बिचार / विश्लेषण
  • रोजगार
  • मुख्य समाचार
  • राजनीति
  • विज्ञान / प्रविधि
  • विश्व
  • शिक्षा
  • शेयर बजार
  • धर्म संस्कृति
  • साहित्य
  • स्वास्थ्य
  • Music Video
आज:  | Sun, 28, Feb, 2021
hotpati logo
  • मुख्य समाचार
  • समाचार
  • अर्थ
  • खेलकुद
  • रोजगार
  • शिक्षा
  • कला / मनोरंजन
  • स्वास्थ्य
  • फोकस कोरिया
  • प्रदेश
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • विश्व
    • पर्यटन
    • अन्तर्वार्ता
    • अपराध
    • धर्म संस्कृति
    • प्रवास / एनआरएन
    • फोटो ग्यालरी
    • बिचार / विश्लेषण
    • विज्ञान / प्रविधि
    • शेयर बजार
    • साहित्य
होमपेज / अर्थ

सुनकोशी–तेस्रोको अध्ययन अन्तिम चरणमा

२२ माघ २०७७, बिहीबार १२:२० मा प्रकाशित (3 हप्ता अघि) अनुमानित पढ्ने समय : ० मिनेट
hotpati admin
हटपाटी संवाददाता

सुनकोशी–तेस्रो (५३६ मेघावाट) जलाशययुक्त विद्युत् आयोजना प्राविधिक अध्ययनको काम अन्तिम चरणमा पुगेको छ । आयोजनाको प्राविधिकतर्फको सर्वे, भौगर्भिक अध्ययन तथा आयोजना सेरोफेरोका चट्टानलगायत अन्य अवस्थाका बारेमा इञ्जिनीयरिङ डिजाइनको काम भने सकिएको विद्युत् विकास विभागले जनाएको छ ।

प्राविधिकतर्फ अध्ययनको काम ९० प्रतिशत सम्पन्न भएको र वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) को काम बाँकी रहेको छ । विभागका इञ्जिनीयर सुवास थपलियाका अनुसार इआइए अध्ययनका क्रममा वन तथा वातावरण मन्त्रालयमा कार्यसूची र क्षेत्र निर्धारण प्रतिवेदन स्वीकृतिको क्रममा रहेको छ । कोभिड–१९ का कारण पनि सुनकोशी–तेस्रो जलाशययुक्त विद्युत् आयोजना निर्माण केही प्रक्रिया पर धकेलिएको हो । “कोभिडका कारण आयोजनाको परामर्शदाता कम्पनीले फिल्डमा गएर कामगर्ने वातावरण नभएकाले इआइएको काम केही धकेलिएको हो”, थपलियाले भन्नुभयो ।

परियोजनाको मापदण्ड तथा कार्यविवरण प्रतिवेदन (टिओआर) प्राविधिक काम सकिएलगत्तै नेपालमा कोरोना भाइरसको उच्च जोखिम बढेसँगै यसको थप प्रक्रिया रोकिएको थियो । एक नेपाली र एक चिनियाँ परामर्शदाताले सुनकोशी–तेस्रोको टिओआर भने एक वर्षअघि नै अर्थात् गत वर्ष माघमा विद्युत् विकास विभागलाई बुझाइसकेका थिए । टिओआरमा प्राविधिकतर्फ ‘इन्टेरियर डिजाइन’देखि सर्वेसम्मको काम सकिएको उल्लेख गरिएको छ । प्रतिवेदनमा आयोजनाबाट प्रत्यक्ष एवं अप्रत्यक्ष प्रभावित घरपरवार तथा क्षेत्र र प्रभावितलाई कुन आधारमा के कस्तो ब्यवस्था गर्न सकिन्छ तथा क्षतिपूर्तिलगायतको विषयसमेत उल्लेख गरिएको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र वन तथा वातावरण मन्त्रालयद्वारा संयुक्तरुपमा आयोजनाको इआइएका लागि क्षेत्र निर्धारण गर्न गत साल नै प्रक्रिया शुरु गरिए पनि कोभिडका कारण एक वर्ष लम्बिएको विभागले जनायो । एक वर्षअघि आयोजनाबाट प्रभावित पर्नसक्ने जिल्ला, नगरपालिका तथा गाउँपालिका र वडास्थित त्यस क्षेत्रका विद्यालय, अस्पताल, स्वास्थ्यचौकी, सरोकारवाला व्यक्ति तथा सङ्घसंस्थाबाट सुझावसमेत मागिएको थियो । विभागले सुनकोशी तेस्रो र सुनकोशी दोस्रो आयोजनाको अध्ययनका लागि रु १९ करोड बजेट विनियोजन गरेको थियो । दुवै आयोजना अध्ययनको काम सक्न रु ३३ करोड लाग्ने थपलियाले बताउनुभयो ।

परियोजनाअन्तर्गत वागमती प्रदेशअन्तर्गतका काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रामेछाप र सिन्धुलीको सिमाना भएर बग्ने सुनकोशी नदीमा काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका–९ को सिमाना र रामेछापको खाँडादेवी गाउँपालिका–१ लुभूघाटमा विद्युत् आयोजनाको बाँध निर्माण प्रस्ताव गरिएको छ । प्रस्तावित आयोजना सुनकोशी–३ बाट ५३६ मेघावाट विद्युत् उत्पादन हुनेछ । आयोजनाका लागि लुभूघाटस्थित नदीमा करिब ४८४ मिटर लामो र १६६ मिटर उचाइको बाँध निर्माण गरी ५७० घनमिटर प्रतिसेकेण्ड पानीलाई एक दशमलब एक किलोमिटर लामो र नौ मिटर ब्यास भएको सुरुङ्गबाट लुभूघाटनजिक निर्माण गरिने विद्युत्गृहमा लगिनेछ भने लगभग ५३६ मेघावाट विद्युत् उत्पादनपछि सो पानीलाई टेलरेसद्वारा पुनः सुनकोशी नदीमा खसालिनेछ ।

आयोजना निर्माण गर्दा काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रामेछाप र सिन्धुलीका करिब एक हजार ६०० परिवार प्रभावित हुनसक्ने पा्ररम्भिक अध्ययनबाट देखिएको छ । आयोजनाबाट सिन्धुपाल्चोेकका तीन गाउँपालिका र दुई नगरपालिका, काभ्रेपलाञ्चोकका तीन गाउँपालिका र दुई नपा, रामेछापका दुई गाउँपालिका र सिन्धुलीको एक गाउँपालिकाका बासिन्दा प्रभावित हुनेछन् । काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिकाका आठ वडा बाँध, विद्युत्गृह र डुबानक्षेत्र पर्नेछ भने रामेछापको खाँडादेवी गाउँपालिका बाँध र डुबान क्षेत्र तथा अन्य जिल्लाका प्रभावित क्षेत्र डुवान क्षेत्रमा पर्नेछन् ।

वातावरण संरक्षण ऐन २०५३ तथा वातावरण संरक्षण नियमावली २०५४ को नियम ४ (१), अननुसूची–२ बमोजिम इआइए प्रतिवेदन तयार गर्दा प्रभावित भनिएका क्षेत्रमा भौतिक, जैविक तथा सामाजिक, आर्थिक र सांस्कृतिक क्षेत्रसँग सम्बन्धित सवालका विषयमा प्रस्ताव कार्यान्वयन हुने क्षेत्रमा ‘राय–सुझाव’ लिनुपर्ने भएकाले समयसीमा तोकेर ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र वन तथा वातावरण मन्त्रालयद्वारा संयुक्तरुपमा सार्वजनिकरुपमा अपिल गरिसकेका छन् ।

पूर्वमन्त्री एवं नेकपाका केन्द्रीय सदस्य गोकुलप्रसाद बाँस्कोटाले आयोजनाबाट प्रभावित हुने परिवारलाई स्थानान्तरण गर्ने विषयमा सरोकारवालासँग छलफल गर्ने वातावरण तयारी चरणमा रहेको बताउनुभयो । “सुनकोशी तेस्रो जलाशययुक्त विद्युत् आयोजना जसरी पनि सम्पन्न गर्ने नै हो, यसपछि माछापालन, बोटिङ, पर्यटकीय होटल तथा थप पर्यटकीयस्थल विकासको समेत सम्भावना छ”, उहाँले भन्नुभयो । सन् १९८५ मै जापान इन्टरनेशनल कोअपरेशन (जाइका)ले त्यस क्षेत्रमा जलाशययुक्त विद्युत्को सम्भाव्यता अध्ययन गरेको थियो । जाइकाले नेपालमा अध्ययन गरेका १० उत्कृष्ट जलाशययुक्त विद्युत्मध्ये सुनकोशी तेस्रो एक हो । विसं २०२२ मा पनौतीमा नेपालकै तेस्रो जलविद्युत् आयोजना (दुई दशमलव चार मेघावाट क्षमता) निर्माणपश्चात प्रस्तावित सुनकोशी–३ जलाशययुक्त विद्युत् आयोजना काभ्रेपलाञ्चोकको दोस्रो आयोजना हुनेछ ।

विसं २०७५ चैतमा काठमाडाँैमा सम्पन्न दोस्रो लगानी सम्मेलनमा पनि सुनकोशी–तेस्रो जलाशययुक्त विद्युत् आयोजनालाई समावेश गरिएको थियो । आयोजनामा पहुँचमार्ग पुगिसकेको छ भने प्रसारण लाइनको समस्या छैन । प्रस्तावित आयोजना निर्माणस्थल सङ्घीय राजधानी काठमाडौँबाट ६० किलोमिटरको दूरीमा छ ।

  • #सुनकोशी–तेस्रो
तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो?
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस

अर्थ सम्बन्धि थप

  • आइपिओ निष्काशन गर्दै ज्योति लाइफ इन्स्योरेन्सआइपिओ निष्काशन गर्दै ज्योति लाइफ इन्स्योरेन्स
  • यस्तो छ आज सुनको मुल्ययस्तो छ आज सुनको मुल्य
  • मकवानपुरमा आलु खेतीलाई प्रथम सुपरजोनको सिफारिसमकवानपुरमा आलु खेतीलाई प्रथम सुपरजोनको सिफारिस
  • खोपले काम गरेन, भटाभट मरे कुखुराखोपले काम गरेन, भटाभट मरे कुखुरा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय
    म्यान्मारमा सेनाले चलाएको गोली लागेर तीन प्रदर्शनकारी मारिए

    म्यान्मारमा सेनाले चलाएको गोली लागेर तीन प्रदर्शनकारी मारिए

    केरुङ नाका सोमबारदेखि पुनःसञ्चालन हुँदै

    केरुङ नाका सोमबारदेखि पुनःसञ्चालन हुँदै

    डेनमार्कमा लकडाउनको विरोध गर्नेहरु पक्राउ

    डेनमार्कमा लकडाउनको विरोध गर्नेहरु पक्राउ

    व्यासको १०८ फिट अग्लो मूर्ति बनाउन बजेट विनियोजन

    व्यासको १०८ फिट अग्लो मूर्ति बनाउन बजेट विनियोजन

    सभापति देउवाद्वारा डा उप्रेतीको निधनप्रति दुःख व्यक्त

    सभापति देउवाद्वारा डा उप्रेतीको निधनप्रति दुःख व्यक्त

    प्यूठानमा एक सुत्केरी महिलाको मृत्यु

    प्यूठानमा एक सुत्केरी महिलाको मृत्यु

    औद्योगिक पार्क शिलान्याश गर्न प्रम केहीबेरमा झापा पुग्दै

    औद्योगिक पार्क शिलान्याश गर्न प्रम केहीबेरमा झापा पुग्दै

    नाइजेरियाली विद्यालयबाट अपहरित विद्यार्थीसहित ४२ व्यक्ति रिहा

    नाइजेरियाली विद्यालयबाट अपहरित विद्यार्थीसहित ४२ व्यक्ति रिहा

    केरुङ नाका सोमबारदेखि पुनःसञ्चालन हुँदै

    केरुङ नाका सोमबारदेखि पुनःसञ्चालन हुँदै

    विद्यालयमा आगलागी हुँदा एक करोडको क्षति

    विद्यालयमा आगलागी हुँदा एक करोडको क्षति

    प्रचण्ड–नेपाल पक्षद्वारा आफ्ना सांसदहरुलाई तत्काल उपत्यका नछाड्न निर्देशन

    प्रचण्ड–नेपाल पक्षद्वारा आफ्ना सांसदहरुलाई तत्काल उपत्यका नछाड्न निर्देशन

    देशव्यापी कार्यक्रमलाई निरन्तरता दिने, स्वरुप परिवर्तन गर्ने

    देशव्यापी कार्यक्रमलाई निरन्तरता दिने, स्वरुप परिवर्तन गर्ने

    प्रधानमन्त्री ओली राजीनामा गर्न तयार

    प्रधानमन्त्री ओली राजीनामा गर्न तयार

    कोरियामा २७ बर्षिय पौडेलको मृत्यु

    कोरियामा २७ बर्षिय पौडेलको मृत्यु

    आठौ ईपिएस परीक्षाका परिक्षा केन्द्र तोकियो , कहाँ र कुन सिफ्टमा पर्नु भो हेर्नुहोस

    आठौ ईपिएस परीक्षाका परिक्षा केन्द्र तोकियो , कहाँ र कुन सिफ्टमा पर्नु भो हेर्नुहोस

    कोरियामा औद्योगिक दुर्घटनामा परेर दुइ नेपालीको मृत्यु

    कोरियामा औद्योगिक दुर्घटनामा परेर दुइ नेपालीको मृत्यु

    प्रचण्डको अर्को लोकप्रिय कदम- कोरियाबाट पैसा पठाउँदा लाग्ने शुल्क अब सरकारले ब्यहोर्ने,हुण्डी पूर्ण रुपमा निरुत्साहित हुने

    प्रचण्डको अर्को लोकप्रिय कदम- कोरियाबाट पैसा पठाउँदा लाग्ने शुल्क अब सरकारले ब्यहोर्ने,हुण्डी पूर्ण रुपमा निरुत्साहित हुने

    सिबिटी परिक्षा बन्द नभई स्थगित

    सिबिटी परिक्षा बन्द नभई स्थगित

    कोरिया भाषा परिक्षा लागि ६८ हजारको आवेदन , औधोगिक र कृषिमा कति -कति आवेदन पर्यो

    कोरिया भाषा परिक्षा लागि ६८ हजारको आवेदन , औधोगिक र कृषिमा कति -कति आवेदन पर्यो

    कोरियामा मजदुरको तलव १६.४ प्रतिशतले बढ्यो

    कोरियामा मजदुरको तलव १६.४ प्रतिशतले बढ्यो

    कोरियन भाषा परिक्षा जेठको अन्तिम साता खुल्छ -ईपिएस कोरिया शाखा नेपालका निर्देशक बाबुराम खतिवडा

    कोरियन भाषा परिक्षा जेठको अन्तिम साता खुल्छ -ईपिएस कोरिया शाखा नेपालका निर्देशक बाबुराम खतिवडा

    समाचार
    सभापति देउवाद्वारा डा उप्रेतीको निधनप्रति दुःख व्यक्त

    सभापति देउवाद्वारा डा उप्रेतीको निधनप्रति दुःख व्यक्त

    प्यूठानमा एक सुत्केरी महिलाको मृत्यु

    प्यूठानमा एक सुत्केरी महिलाको मृत्यु

    औद्योगिक पार्क शिलान्याश गर्न प्रम केहीबेरमा झापा पुग्दै

    औद्योगिक पार्क शिलान्याश गर्न प्रम केहीबेरमा झापा पुग्दै

    विद्युतीय बसलाई छैन ऋण :बजेट अभावले चीनमै रोकिए २५ वटा बस

    विद्युतीय बसलाई छैन ऋण :बजेट अभावले चीनमै रोकिए २५ वटा बस

    खोपप्रति ज्येष्ठ नागरिक उत्साहित

    खोपप्रति ज्येष्ठ नागरिक उत्साहित

    Facebook

    Twitter

    Tweets by HotpatiMedia

    विश्व
    म्यान्मारमा सेनाले चलाएको गोली लागेर तीन प्रदर्शनकारी मारिए

    म्यान्मारमा सेनाले चलाएको गोली लागेर तीन प्रदर्शनकारी मारिए

    याङ्गुन -  म्यान्मारको सेनाले चलाएको गोली लागेर आइतबार तीन जना सरकार विरोधी प्रदर्शनकारीको मृत्यु भएको छ । सेनाले केही दिनदेखि प्रदर्शनकारीमाथि...  विस्तृतमा

    डेनमार्कमा लकडाउनको विरोध गर्नेहरु पक्राउ

    डेनमार्कमा लकडाउनको विरोध गर्नेहरु पक्राउ

    नाइजेरियाली विद्यालयबाट अपहरित विद्यार्थीसहित ४२ व्यक्ति रिहा

    नाइजेरियाली विद्यालयबाट अपहरित विद्यार्थीसहित ४२ व्यक्ति रिहा

    हाइटीको जेलबाट २०० भागे, २५ को मृत्यु

    हाइटीको जेलबाट २०० भागे, २५ को मृत्यु

    म्यानमारको निर्वाचन आयोगद्वारा प्रमुख राजनीतिक दलसँग छलफल

    म्यानमारको निर्वाचन आयोगद्वारा प्रमुख राजनीतिक दलसँग छलफल

    पुटिन र बाइडेनलाई आणविक हतियार नियन्त्रणमा केन्द्रित हुन गोर्भाचोवको आग्रह

    पुटिन र बाइडेनलाई आणविक हतियार नियन्त्रणमा केन्द्रित हुन गोर्भाचोवको आग्रह

    कोभिड–१९ को दीर्घकालीन प्रभाव स्वास्थ्य अधिकारीको ‘प्रष्ट प्राथमिकता’मा पर्नुपर्छ ः डब्लुएचओ

    कोभिड–१९ को दीर्घकालीन प्रभाव स्वास्थ्य अधिकारीको ‘प्रष्ट प्राथमिकता’मा पर्नुपर्छ ः डब्लुएचओ

    घानामा खोप अभियान सुरु हुँदै, राष्ट्रपतिले खोप लगाएर अभियान थालिने

    घानामा खोप अभियान सुरु हुँदै, राष्ट्रपतिले खोप लगाएर अभियान थालिने

    इन्डोनेसियामा पनि पत्रकारलाई कोरोनाविरुद्धको खोप लगाउन सुरु

    इन्डोनेसियामा पनि पत्रकारलाई कोरोनाविरुद्धको खोप लगाउन सुरु

    hotpati logo footer

    हटपाटी मिडिया हाउस प्रा.लि.

    यति प्लाजा,बागबजार काठमाडौं, नेपाल

    ईमेल: hotpatinews@gmail.com

    कार्यालय फोन- ०१६२०१४५३

    स्थायी लेखा नम्बर-६०४३६५२९५

    कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४

    सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४

    हटपाटी मिडिया हाउसका लागि

    संचालक तथा सम्पादक देवेन्द्र सम्बाहाम्फे

    सह सम्पादक निश्चल काउचा

    कार्यकारी सम्पादक ऐश्वर्य श्रेष्ठ

    व्यावस्थापकहरि ढकाल

    सहायक सम्पादक सुर्य चन्द
    विद्या सम

    विश्व आशिष सम्बाहाम्फे

    खेलकुद सुरजसिं सुब्बा

    ग्राफिक डिजाईनर सन्जोग देवान

    कानूनी सल्लाहकार तेजबहादुर बस्नेत

    मार्केटिङ रविन श्रेष्ठ

    यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |


    © 2016 - 2021: Hotpati Media मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑