hotpati logo
  • समाचार
  • अन्तर्वार्ता
  • अर्थ
  • अपराध
  • फोटो ग्यालरी
  • कला / मनोरंजन
  • खेलकुद
  • प्रदेश संस्करण
  • जीवन शैली
  • पर्यटन
  • प्रवास / एनआरएन
  • फोकस कोरिया
  • Models
  • बिचार / विश्लेषण
  • रोजगार
  • मुख्य समाचार
  • राजनीति
  • विज्ञान / प्रविधि
  • विश्व
  • शिक्षा
  • शेयर बजार
  • धर्म संस्कृति
  • साहित्य
  • स्वास्थ्य
  • Music Video
आज:  | Sun, 28, Feb, 2021
hotpati logo
  • मुख्य समाचार
  • समाचार
  • अर्थ
  • खेलकुद
  • रोजगार
  • शिक्षा
  • कला / मनोरंजन
  • स्वास्थ्य
  • फोकस कोरिया
  • प्रदेश
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • विश्व
    • पर्यटन
    • अन्तर्वार्ता
    • अपराध
    • धर्म संस्कृति
    • प्रवास / एनआरएन
    • फोटो ग्यालरी
    • बिचार / विश्लेषण
    • विज्ञान / प्रविधि
    • शेयर बजार
    • साहित्य
होमपेज / कृषि

उदयपुरमा व्यापक व्यावसायिक केरा खेती

७ फाल्गुन २०७७, शुक्रबार ०९:३० मा प्रकाशित (1 हप्ता अघि) अनुमानित पढ्ने समय : १ मिनेट
hotpati admin
हटपाटी संवाददाता

उदयपुर  –  उदयपुर जिल्लामा उत्पादन हुने फलफूल खेतीमध्ये व्यावसायिक केरा खेतीमा उल्लेखनीय वृद्धि भएको छ । जिल्ला कृषि ज्ञान केन्द्र उदयपुरका अनुसार अहिले जिल्लाको त्रियुगा नगरपालिका, बेलका नगरपालिका, कटारी र चौदण्डीगढी नगरपालिकासहित जिल्लाको उदयपुरगढी गाउँपालिका क्षेत्रमा सबैभन्दा बढी केरा खेती विस्तार भएको छ ।

त्रियुगा नगरपालिकाका प्रमुख बलदेव चौधरीका अनुसार अहिले त्रियुगा नगरपालिकाको राजावास, बगाहा, जोगीदह, खैजनपुर, साउने, खाँबुचुहाडे तथा श्रीपुर क्षेत्रलाई केरा जोन क्षेत्र नै घोषणा गरेर व्यापक केरा खेती विस्तार भएको हो । जिल्लाको चौदण्डीगढी नगरपालिकाको हँडिया, सिवाइ, सुन्दरपुर, देवधार तथा बसाहा क्षेत्रलाई अहिले केरा जोन क्षेत्रका रूपमा विकास गर्दै लगिएको नगरपालिकाका प्रमुख खगेन्द्रकुमार राई बताउनुहुन्छ ।

अहिले जिल्लाको सबैभन्दा बढी केरा उत्पादन हुने बेलका नगरपालिकाको भागलपुर, तपेस्वरी, पुरनदह, बानडाँडा क्षेत्र रहेका छन् भने कटारी नगरपालिकाको त्रिवेणी, रिस्कु, सोमबारे, मरुवा, हरैया, बेलस्रोतसहित क्षेत्रहरुलाई तीन वर्षदेखि केरा जोन क्षेत्रका रूपमा विकास गरिएको सम्बन्धित नगरपालिकाले बताएको छ ।

जिल्लाको पहाडी क्षेत्रको उदयपुरगढी गाउँपालिकाको नेपालटार, दनुवारबेँसी क्षेत्रलाई पनि चार वर्षदेखि केरा जोन क्षेत्रका रूपमा विकास गरिएको उदयपुरगढी गाउँपालिकाका उपाध्यक्ष सानुकुमारी राउतले बताउनुभयो । जिल्ला कृषि ज्ञान केन्द्र उदयपुरका प्रमुख प्रकाश विश्वकर्माका अनुसार विसं २०७० सम्ममा उदयपुरको त्रियुगा, चौदण्डी, बेलका र कटारी नगरपालिकाका केही स्थानमा मात्र गरेर ५० हेक्टर क्षेत्रफलमा मात्र केरा खेती हुँदै आएको थियो ।

विसं २०७४ सम्म आइपुग्दा जिल्लामा ९१ हेक्टर क्षेत्रफलमा केरा उत्पादन हुने गरे पनि यसपछि जिल्लाको मुख्य चार नगरपालिका कटारी, त्रियुगा, बेलका, चौदण्डीगढी नगरपालिकामा व्यापक केरा खेती विस्तार गर्दै केरा जोन तथा पकेट क्षेत्रसमेत घोषणा गरेर अहिले केरा खेतीले व्यापकता पाएको ज्ञान केन्द्रले बताएको छ ।

गत वर्ष जिल्लामा केरा खेती विस्तार भएर १५० हेक्टर क्षेत्रफल जग्गामा केरा खेती वृद्धि भएको थियो भने जिल्लामा कूल एक हजार ५६० मेट्रिक टन केरा उत्पादन भएको ज्ञान केन्द्रको भनाइ छ । विसं २०७७ को तथ्याङ्कअनुसार यसपटक जिल्लामा १७५ हेक्टर क्षेत्रफल जग्गामा केरा खेती विस्तार भइसकेको छ भने यसपटक एक हजार ९५० मेट्रिक टन केरा उत्पादन भएको ज्ञान केन्दका प्राविधिक अधिकृत अम्बिकाकुमारी भट्टराईले बताउनुभयो ।

अहिले जिल्लामा व्यावसायिक केरा उत्पादनमा सबैभन्दा बढी आम्दानी बेलका नगरपालिका र चौदण्डीगढी नगरपालिकाका कृषकले आर्जन गरिरहेका छन् । बेलका नगरपालिका आम्बासीका व्यावसायिक केरा उत्पादक कृषक पुण्यप्रसाद भट्टराई भन्नुहुन्छ, “म विसं २०६४ बाट नै व्यावसायिक केरा खेतीमा लाग्दै आएको भए पनि २०७० देखि व्यापक केरा खेती विस्तार गरेर अहिले घरको अढाई बिघा जग्गामा केरा खेती विस्तार गरेको छु ।”

उहाँले गत वर्ष रु आठ लाखभन्दा बढीको केरा बिक्री गरेको तर यसपटक कोभिड–१९ को प्रभावका कारण राम्ररी केरा बिक्री गर्न नसके पनि कात्तिकदेखि अहिलेसम्म आएर झण्डै रु ५० लाखको केरा बिक्री गरिसकेको बताउनुभयो ।

चौदण्डीगढी नगरपालिका–३ हँडियाका व्यावसायिक केरा उत्पादक कृषक परमानन्द चौधरीले विसं २०७२ देखि वार्षिक रु छ लाखसम्मको केरा बिक्री गर्दै आएको तर यसपटक कोरोना प्रभावले रु तीन लाख बराबरको मात्र केरा बिक्री गरेको बताउनुभयो । यता त्रियुगा नगरपालिका–१ जोगीदहका व्यावसायिक केरा उत्पादक कृषक भुवनेश्वर चौधरी भन्नुहुन्छ, “विसं २०६५ देखि व्यावसायिक केरा खेतीमा लागेको भए पनि हाल आएर प्रायः सबै जग्गामा केरा खेती नै गर्दै आएको छु ।” यस वर्षबाहेक गत वर्षसम्ममा वार्षिक रु पाँचदेखि सात लाखसम्मको केरा उत्पादन गरेर बिक्री गर्दै आएको चौधरी बताउनुहुन्छ ।

बेलका, चौदण्डीगढी र त्रियुगा नगरपालिकाको जोगीदह क्षेत्रमा उत्पादन हुने केरा अहिले जिल्लाको सदरमुकाम गाईघाटसहित सप्तरी जिल्लाको कञ्चनपुर, फत्तेपुरदेखि सुनसरीको इटहरी र धरान बजारसम्म खरिद बिक्री हुने गरेको कृषक बताउँछन् । त्रियुगा नगरपालिकाको साउने खाँबु, राजावाससहित उदयपुरगढी क्षेत्रमा उत्पादन हुने अधिकांश केरा अहिले जिल्ला सदरमुकाम गाईघाटमा नै खरिद बिक्री हुने गरेको स्थानीय कृषक बताउँछन् । विगतका वर्षमा जिल्लामा प्रायः परम्परागतरूपमा उत्पादन हुने केरा झप्री, मर्चे, मुङ्ग्रेजस्ता केरा उत्पादन हुने गरे पनि विसं २०७० पछि जिल्लामा आधुनिक प्रजातिका केरा रोबोस्टा र चिनियाँ चम्पा र जहाजी प्रजातिका केरा बढी उत्पादन हुन थालेपछि केरा उत्पादनमा कृषकको आकर्षण बढ्न थालेको पाइएको छ ।

त्रियुगा नगरपालिकाका अनुसार नगरपालिकाको राजावास, साउने, खाँबु, जोगीदह, मोथ्याइ, खैजनपुर, श्रीपुर र बगाहा क्षेत्रका ५० प्रतिशत कृषक अहिले व्यावसायिक केरा खेतीमा नै पूर्णरूपमा निर्भर हुँदै आएको त्रियुगा नगरपालिकाका प्रमुख चौधरीले बताउनुभयो । नगरको पाँच वडाका ५० प्रतिशत कृषक व्यावसायिक केरा खेतीबाट नै पालिएको त्रियुगा नगरपालिका बताउँछ । यता बेलका नगरपालिका–१ बानडाँडा, वडा नं २ का तपेश्वरी र पुरनदह तथा वडा नं ३ भागलपुर क्षेत्रका ६० प्रतिशत कृषक व्यावसायिक केरा खेतीमा निर्भर हुन थालेको नगरपालिकाका प्रमुख दुर्गाकुमार थापा बताउनुहुन्छ ।

प्रमुख थापाका अनुसार अहिले बेलकामा मात्र वार्षिक रु पाँच करोडभन्दा बढीको केरा उत्पादन भई बिक्री हुने गरेको छ । प्रधानमन्त्री कृषि योजना कार्यान्वयनसँगै उदयपुरमा अहिले मुख्य गरेर जिल्लाको तराई क्षेत्रको चारवटा नगरपालिका त्रियुगा, बेलका, चौदण्डीगढी र कटारीलाई केरा खेती विस्तारमा जोड दिएर सोहीअनुसार योजना सञ्चालन भइरहेको कृषि ज्ञान केन्द्र उदयपुरका प्रमुख विश्वकर्माले बताउनुभयो ।

केरा खेतीले व्यापकता पाएपछि जिल्लामा कृषकले न्यूनतम रु एक लाखदेखि आठ लाखसम्मको आम्दानी गर्न सफल भएको कृषकको भनाइ छ । उदयपुरमा व्यावसायिक केरा उत्पादन वृद्धिसँगै यस क्षेत्रको केराले सप्तरी तथा सुनसरी क्षेत्रमा उत्पादन हुने केरा र बजारसँग पूर्ण प्रतिस्पर्धा गर्दै बजार पनि विस्तार हुँदै गएको सम्बद्ध कृषक बताउँछन् । कुनै वर्ष हावाहुरी तथा गभारा लाग्ने कारण केरा उत्पादनमा केही क्षति भोग्न परे पनि उदयपुरमा केरा खेतीले व्यापकता पाएको छ भने यसबाट हुने आम्दानीले कृषकलाई झन् उत्साहित बनाएको छ । यसकारण बर्सेनि ५० हेक्टर जग्गामा केरा खेती विस्तार हुँदै गएको ज्ञान केन्द्र उदयपुरको भनाइ छ ।

  • #व्यावसायिक केरा खेती
तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो?
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस

कृषि सम्बन्धि थप

  • उखु खेती गर्ने किसानलाई आधुनिक यन्त्र वितरणउखु खेती गर्ने किसानलाई आधुनिक यन्त्र वितरण
  • कृषक समूहलाई पावर टिलर हस्तान्तरणकृषक समूहलाई पावर टिलर हस्तान्तरण
  • घरदैलोमा अण्डा पु¥याउँदै किसान दाना उद्योगघरदैलोमा अण्डा पु¥याउँदै किसान दाना उद्योग
  • चरन मासियो, वन्यजन्तु बढे, हराउँदै याक र चौंरीपालन पेशाचरन मासियो, वन्यजन्तु बढे, हराउँदै याक र चौंरीपालन पेशा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय
    रौतहटमा नेता योगेश भट्टराई चढेको गाडीले ठक्कर दिँदा एक घाइते

    रौतहटमा नेता योगेश भट्टराई चढेको गाडीले ठक्कर दिँदा एक घाइते

    म्यान्मारमा सेनाले चलाएको गोली लागेर तीन प्रदर्शनकारी मारिए

    म्यान्मारमा सेनाले चलाएको गोली लागेर तीन प्रदर्शनकारी मारिए

    केरुङ नाका सोमबारदेखि पुनःसञ्चालन हुँदै

    केरुङ नाका सोमबारदेखि पुनःसञ्चालन हुँदै

    डेनमार्कमा लकडाउनको विरोध गर्नेहरु पक्राउ

    डेनमार्कमा लकडाउनको विरोध गर्नेहरु पक्राउ

    व्यासको १०८ फिट अग्लो मूर्ति बनाउन बजेट विनियोजन

    व्यासको १०८ फिट अग्लो मूर्ति बनाउन बजेट विनियोजन

    सभापति देउवाद्वारा डा उप्रेतीको निधनप्रति दुःख व्यक्त

    सभापति देउवाद्वारा डा उप्रेतीको निधनप्रति दुःख व्यक्त

    प्यूठानमा एक सुत्केरी महिलाको मृत्यु

    प्यूठानमा एक सुत्केरी महिलाको मृत्यु

    औद्योगिक पार्क शिलान्याश गर्न प्रम केहीबेरमा झापा पुग्दै

    औद्योगिक पार्क शिलान्याश गर्न प्रम केहीबेरमा झापा पुग्दै

    केरुङ नाका सोमबारदेखि पुनःसञ्चालन हुँदै

    केरुङ नाका सोमबारदेखि पुनःसञ्चालन हुँदै

    विद्यालयमा आगलागी हुँदा एक करोडको क्षति

    विद्यालयमा आगलागी हुँदा एक करोडको क्षति

    प्रचण्ड–नेपाल पक्षद्वारा आफ्ना सांसदहरुलाई तत्काल उपत्यका नछाड्न निर्देशन

    प्रचण्ड–नेपाल पक्षद्वारा आफ्ना सांसदहरुलाई तत्काल उपत्यका नछाड्न निर्देशन

    देशव्यापी कार्यक्रमलाई निरन्तरता दिने, स्वरुप परिवर्तन गर्ने

    देशव्यापी कार्यक्रमलाई निरन्तरता दिने, स्वरुप परिवर्तन गर्ने

    प्रधानमन्त्री ओली राजीनामा गर्न तयार

    प्रधानमन्त्री ओली राजीनामा गर्न तयार

    कोरियामा २७ बर्षिय पौडेलको मृत्यु

    कोरियामा २७ बर्षिय पौडेलको मृत्यु

    आठौ ईपिएस परीक्षाका परिक्षा केन्द्र तोकियो , कहाँ र कुन सिफ्टमा पर्नु भो हेर्नुहोस

    आठौ ईपिएस परीक्षाका परिक्षा केन्द्र तोकियो , कहाँ र कुन सिफ्टमा पर्नु भो हेर्नुहोस

    कोरियामा औद्योगिक दुर्घटनामा परेर दुइ नेपालीको मृत्यु

    कोरियामा औद्योगिक दुर्घटनामा परेर दुइ नेपालीको मृत्यु

    प्रचण्डको अर्को लोकप्रिय कदम- कोरियाबाट पैसा पठाउँदा लाग्ने शुल्क अब सरकारले ब्यहोर्ने,हुण्डी पूर्ण रुपमा निरुत्साहित हुने

    प्रचण्डको अर्को लोकप्रिय कदम- कोरियाबाट पैसा पठाउँदा लाग्ने शुल्क अब सरकारले ब्यहोर्ने,हुण्डी पूर्ण रुपमा निरुत्साहित हुने

    सिबिटी परिक्षा बन्द नभई स्थगित

    सिबिटी परिक्षा बन्द नभई स्थगित

    कोरिया भाषा परिक्षा लागि ६८ हजारको आवेदन , औधोगिक र कृषिमा कति -कति आवेदन पर्यो

    कोरिया भाषा परिक्षा लागि ६८ हजारको आवेदन , औधोगिक र कृषिमा कति -कति आवेदन पर्यो

    कोरियामा मजदुरको तलव १६.४ प्रतिशतले बढ्यो

    कोरियामा मजदुरको तलव १६.४ प्रतिशतले बढ्यो

    कोरियन भाषा परिक्षा जेठको अन्तिम साता खुल्छ -ईपिएस कोरिया शाखा नेपालका निर्देशक बाबुराम खतिवडा

    कोरियन भाषा परिक्षा जेठको अन्तिम साता खुल्छ -ईपिएस कोरिया शाखा नेपालका निर्देशक बाबुराम खतिवडा

    समाचार
    रौतहटमा नेता योगेश भट्टराई चढेको गाडीले ठक्कर दिँदा एक घाइते

    रौतहटमा नेता योगेश भट्टराई चढेको गाडीले ठक्कर दिँदा एक घाइते

    सभापति देउवाद्वारा डा उप्रेतीको निधनप्रति दुःख व्यक्त

    सभापति देउवाद्वारा डा उप्रेतीको निधनप्रति दुःख व्यक्त

    प्यूठानमा एक सुत्केरी महिलाको मृत्यु

    प्यूठानमा एक सुत्केरी महिलाको मृत्यु

    औद्योगिक पार्क शिलान्याश गर्न प्रम केहीबेरमा झापा पुग्दै

    औद्योगिक पार्क शिलान्याश गर्न प्रम केहीबेरमा झापा पुग्दै

    विद्युतीय बसलाई छैन ऋण :बजेट अभावले चीनमै रोकिए २५ वटा बस

    विद्युतीय बसलाई छैन ऋण :बजेट अभावले चीनमै रोकिए २५ वटा बस

    Facebook

    Twitter

    Tweets by HotpatiMedia

    विश्व
    म्यान्मारमा सेनाले चलाएको गोली लागेर तीन प्रदर्शनकारी मारिए

    म्यान्मारमा सेनाले चलाएको गोली लागेर तीन प्रदर्शनकारी मारिए

    याङ्गुन -  म्यान्मारको सेनाले चलाएको गोली लागेर आइतबार तीन जना सरकार विरोधी प्रदर्शनकारीको मृत्यु भएको छ । सेनाले केही दिनदेखि प्रदर्शनकारीमाथि...  विस्तृतमा

    डेनमार्कमा लकडाउनको विरोध गर्नेहरु पक्राउ

    डेनमार्कमा लकडाउनको विरोध गर्नेहरु पक्राउ

    नाइजेरियाली विद्यालयबाट अपहरित विद्यार्थीसहित ४२ व्यक्ति रिहा

    नाइजेरियाली विद्यालयबाट अपहरित विद्यार्थीसहित ४२ व्यक्ति रिहा

    हाइटीको जेलबाट २०० भागे, २५ को मृत्यु

    हाइटीको जेलबाट २०० भागे, २५ को मृत्यु

    म्यानमारको निर्वाचन आयोगद्वारा प्रमुख राजनीतिक दलसँग छलफल

    म्यानमारको निर्वाचन आयोगद्वारा प्रमुख राजनीतिक दलसँग छलफल

    पुटिन र बाइडेनलाई आणविक हतियार नियन्त्रणमा केन्द्रित हुन गोर्भाचोवको आग्रह

    पुटिन र बाइडेनलाई आणविक हतियार नियन्त्रणमा केन्द्रित हुन गोर्भाचोवको आग्रह

    कोभिड–१९ को दीर्घकालीन प्रभाव स्वास्थ्य अधिकारीको ‘प्रष्ट प्राथमिकता’मा पर्नुपर्छ ः डब्लुएचओ

    कोभिड–१९ को दीर्घकालीन प्रभाव स्वास्थ्य अधिकारीको ‘प्रष्ट प्राथमिकता’मा पर्नुपर्छ ः डब्लुएचओ

    घानामा खोप अभियान सुरु हुँदै, राष्ट्रपतिले खोप लगाएर अभियान थालिने

    घानामा खोप अभियान सुरु हुँदै, राष्ट्रपतिले खोप लगाएर अभियान थालिने

    इन्डोनेसियामा पनि पत्रकारलाई कोरोनाविरुद्धको खोप लगाउन सुरु

    इन्डोनेसियामा पनि पत्रकारलाई कोरोनाविरुद्धको खोप लगाउन सुरु

    hotpati logo footer

    हटपाटी मिडिया हाउस प्रा.लि.

    यति प्लाजा,बागबजार काठमाडौं, नेपाल

    ईमेल: hotpatinews@gmail.com

    कार्यालय फोन- ०१६२०१४५३

    स्थायी लेखा नम्बर-६०४३६५२९५

    कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४

    सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४

    हटपाटी मिडिया हाउसका लागि

    संचालक तथा सम्पादक देवेन्द्र सम्बाहाम्फे

    सह सम्पादक निश्चल काउचा

    कार्यकारी सम्पादक ऐश्वर्य श्रेष्ठ

    व्यावस्थापकहरि ढकाल

    सहायक सम्पादक सुर्य चन्द
    विद्या सम

    विश्व आशिष सम्बाहाम्फे

    खेलकुद सुरजसिं सुब्बा

    ग्राफिक डिजाईनर सन्जोग देवान

    कानूनी सल्लाहकार तेजबहादुर बस्नेत

    मार्केटिङ रविन श्रेष्ठ

    यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |


    © 2016 - 2021: Hotpati Media मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑