hotpati logo
  • समाचार
  • अन्तर्वार्ता
  • अर्थ
  • अपराध
  • फोटो ग्यालरी
  • कला / मनोरंजन
  • खेलकुद
  • प्रदेश संस्करण
  • जीवन शैली
  • पर्यटन
  • प्रवास / एनआरएन
  • फोकस कोरिया
  • Models
  • बिचार / विश्लेषण
  • रोजगार
  • मुख्य समाचार
  • राजनीति
  • विज्ञान / प्रविधि
  • विश्व
  • शिक्षा
  • शेयर बजार
  • धर्म संस्कृति
  • साहित्य
  • स्वास्थ्य
  • Music Video
आज:  | Mon, 01, Mar, 2021
hotpati logo
  • मुख्य समाचार
  • समाचार
  • अर्थ
  • खेलकुद
  • रोजगार
  • शिक्षा
  • कला / मनोरंजन
  • स्वास्थ्य
  • फोकस कोरिया
  • प्रदेश
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • विश्व
    • पर्यटन
    • अन्तर्वार्ता
    • अपराध
    • धर्म संस्कृति
    • प्रवास / एनआरएन
    • फोटो ग्यालरी
    • बिचार / विश्लेषण
    • विज्ञान / प्रविधि
    • शेयर बजार
    • साहित्य
होमपेज / मुख्य समाचार

सबै पक्षको बहस सम्पन्न

८ फाल्गुन २०७७, शनिबार ०६:४२ मा प्रकाशित (1 हप्ता अघि) अनुमानित पढ्ने समय : १ मिनेट
hotpati admin
हटपाटी संवाददाता

काठमाडौँ- प्रतिनिधि सभा विघटनविरुद्ध सर्वाेच्च अदालतमा दायर रिट निवेदनमा सबै पक्षको बहस सकिएको छ । शुक्रबार एमिकस क्युरीका तर्फबाट पनि राय दिने क्रम सकिएको हो ।

दुई महिनाअघि दायर त्यस रिटको सुनुवाइको अन्तिम दिन शुक्रबार एमिकस क्युरीका रूपमा वरिष्ठ अधिवक्ता गीता पाठक सङ्ग्रौलाले बहस गर्नुभयो । बहस सकिएपछि इजलासले फैसलाको मिति तोकेको छैन । तर फागुन ११ गतेलाई हेर्दाहेर्दैको पेसी तोकिएको छ । सम्भवतः त्यसै दिन वा सोपछि कुनै दिन फैसला हुने जनाउ प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले इजलासमा दिनुभएको छ ।

इजलासले सोमबारसम्म बहस नोट पेस गर्न समय दिएको छ । सरकारी वकिल तथा बहसमा सहभागी अन्य कानुन व्यवसायीले समेत सो अवधिमा बहस नोट पेस गर्न सक्नेछन् । बहस नोट पेस भएपछि इजलासले फैसलाका लागि मङ्गलबार हेर्दाहेर्दैको पेसी तोकेको हो ।

इजलासमा निवेदक पक्षबाट निर्णय सुनाउने मितिको चासो व्यक्त भएपछि प्रधानन्यायाधीश जबराले भन्नुभयो, ‘निसुको त प्रश्न नै भएन । फागुन १० गतेसम्म त बहस नोटको समय नै भयो, त्यसपछि हेर्दाहेर्दैमा । फागुन ११ गते हेर्दाहेर्दै सकियो भने त्यही दिन हुन सक्छ वा १२ गते पनि हुन सक्छ । हेर्दाहेर्दै सकिएपछि निर्णय हुन्छ ।’’

शुक्रबार एमिकसका रूपमा वरिष्ठ अधिवक्ता पाठकले संविधानको धारा ७६(५) को व्यवस्था अनुसारको प्रधानमन्त्रीमा मात्र विघटन सिफारिस अधिकार रहेको जिकिर गर्नुभयो । तत्कालीन २०४७ को संविधानको धारा ५३(४) को व्यवस्थालाई अहिलेको संविधानको कुनै पनि धाराले नसमेटेको तर्क गर्दै उहाँले संविधानको कुनै पनि धारामा प्रधानमन्त्रीलाई लुकेको अधिकार (इम्प्लाइड) नभएको तर्क गर्नुभयो ।

विघटन सिफारिस भएपछि त्यसलाई सदर गर्न राष्ट्रपति कार्यालयबाट जारी विज्ञप्तिले विभिन्न प्रश्न उठाएको बताउँदै उहाँले यसअघि सरकारी वकिलहरूले संविधान नै बिरामी परेकाले विघटन गरिएको भन्ने तर्कलाई खण्डन गर्दै बिरामी परेको भएमा सबै कोमामा रहेको टिप्पणी गर्नुभयो ।

कसका के दलिल ?
पुस ५ गते प्रतिनिधि सभा विघटन भएसँगै १३ वटा रिट सर्वोच्च अदालतमा दर्ता भएका थिए । रिट दर्ताको लामो समयसम्म सुनुवाइ बृहत् पूर्ण इजलासमा गर्ने वा संवैधानिक इजलासमा गर्ने भन्ने विवाद चलेको थियो । एक महिनाको विवादपछि सुनुवाइ संवैधानिक इजलासमा हुने टुङ्गो लागेको थियो । सो आदेशअनुसार माघ ४ गतेबाट निरन्तर सुनुवाइ भएको थियो । सार्वजनिक बिदाबाहेक एक महिनामा सुनुवाइ सकिएको हो ।

बहसका क्रममा निवेदक पक्षले वर्तमान प्रधानमन्त्रीलाई विघटनको अधिकार नभएको जिकिर गरेका छन् । धारा ८५ को अगावै विघटनको अर्थ धारा ७६(७) सँग सम्बन्धित रहेको तर्क निवेदकको छ । निवेदक पक्षले ७६(५) बाहेकको अन्य प्रधानमन्त्रीले विघटनको सिफारिस गर्न नसक्ने दलिल गरेका थिए ।

सरकारी वकिल र प्रधानमन्त्रीका निजी कानुन व्यवसायीहरूले भने धारा ५८, ७४, ७६, ९१ लगायतलाई विघटनको अधिकारसँग जोडेर व्याख्या गरेका छन् । धारा ५८ को अवशिष्ट अधिकार र ७४ को संसदीय शासन प्रणालीको अभ्यास नै प्रधानमन्त्रीको मुख्य शक्ति स्रोत भएको जिकिर छ । कतिपयले भने, धारा ७६ नै प्रधानमन्त्रीको विघटनको स्रोत भएको बताएका थिए ।

संसदीय प्रणाली अवलम्बन गरेपछि प्रणालीले बोकेका आधारभूत मान्यताहरूको परिपालना हुनुपर्ने तर्क सरकारी पक्षको छ । प्रधानमन्त्रीलाई विघटनको विशेषाधिकार र अवशिष्ट अधिकारसमेत भएको जिकिर विपक्षीको छ ।

बहसमा सभामुख तर्फका कानुन व्यवसायीले भने संसद्ले असहयोग गरेको आरोप तथ्यसङ्गत नभएको जिकिर गरेका छन् । सरकारले नै संसद्लाई असहयोग गरेको टिप्पणी सभामुखका कानुन व्यवसायीहरूको छ । सभामुखका तर्फबाट प्रतिनिधित्व गरेका कानुन व्यवसायीले बैठक बोलाउने मिति नै तोकेर प्रतिनिधि सभा पुनस्र्थापना हुनुपर्ने जिकिर इजलाससमक्ष गरेका छन् । सभामुख विपक्षी भए पनि निवेदकको मागअनुसार जवाफ अदालतमा पेस गरेपछि सरकारी वकिलहरूले प्रतिरक्षा गरेका थिएनन् ।

एमिकस क्युरीको राय
सर्वोच्चको आदेशअनुसार नेपाल बार एसोसिएसन र सर्वोच्च अदालत बार एसोसिएसनबाट सिफारिसमा परेका पाँच जना कानुन व्यवसायीले पनि इजलासमा राय व्यक्त गरेका छन् । एमिकसका तर्फबाट प्रतिनिधित्व गरेका पाँचमध्ये तीन जनाले स्पष्ट रूपमा विघटनको विपक्षमा राय दिएका छन् । वरिष्ठ अधिवक्ताहरू सतिशकृष्ण खरेल, पूर्णमान शाक्य र गीता पाठक सङ्ग्रौलाको राय विघटनको विपक्षमा छ ।

वरिष्ठ अधिवक्ता विजयकान्त मैनालीले विघटन प्रधानमन्त्रीको अधिकार भएको राय दिनुभएको छ । वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्कीले भने मिश्रित राय दिनुभएको छ । एमिकसबाट प्रधानमन्त्रीमा विशेषाधिकार तथा अवशिष्ट अधिकार नभएको धारणा पनि आएको छ भने ०४७ को संविधानको धारा ३६, ४२(४) तथा ५३(४) को अवस्था नै अहिलेको संविधानको धारा ७६ भएको पनि तर्क आएको छ ।

  • #प्रतिनिधि सभा विघटन
तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो?
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस

मुख्य समाचार सम्बन्धि थप

  • केरुङ नाका सोमबारदेखि पुनःसञ्चालन हुँदैकेरुङ नाका सोमबारदेखि पुनःसञ्चालन हुँदै
  • विद्यालयमा आगलागी हुँदा एक करोडको क्षतिविद्यालयमा आगलागी हुँदा एक करोडको क्षति
  • प्रचण्ड–नेपाल पक्षद्वारा आफ्ना सांसदहरुलाई तत्काल उपत्यका नछाड्न निर्देशनप्रचण्ड–नेपाल पक्षद्वारा आफ्ना सांसदहरुलाई तत्काल उपत्यका नछाड्न निर्देशन
  • देशव्यापी कार्यक्रमलाई निरन्तरता दिने, स्वरुप परिवर्तन गर्नेदेशव्यापी कार्यक्रमलाई निरन्तरता दिने, स्वरुप परिवर्तन गर्ने

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय
    सिरहामा युवकको शङ्कास्पद मृत्यु, प्रहरीमा किटानी जाहेरी दर्ता

    सिरहामा युवकको शङ्कास्पद मृत्यु, प्रहरीमा किटानी जाहेरी दर्ता

    विसं २०७८ मा तीनवटा दशैँ

    विसं २०७८ मा तीनवटा दशैँ

    अर्जुनधारामा तीन वर्षमा १०५ पुल निर्माण

    अर्जुनधारामा तीन वर्षमा १०५ पुल निर्माण

    राष्ट्रपतिद्वारा २३ गते ४ बजेका लागि संसद अधिवेशन आव्हान

    राष्ट्रपतिद्वारा २३ गते ४ बजेका लागि संसद अधिवेशन आव्हान

    मनाङमा ३३ केभीको प्रसारण लाइन जाेडियाे

    मनाङमा ३३ केभीको प्रसारण लाइन जाेडियाे

    प्रम ओली केहीबेरमा पोखरा पुग्नुहुँदै, प्रशिक्षण प्रतिष्ठानको शिल्यान्यास गरिने

    प्रम ओली केहीबेरमा पोखरा पुग्नुहुँदै, प्रशिक्षण प्रतिष्ठानको शिल्यान्यास गरिने

    नाभाल्नीलाई मस्कोबाट २०० किलोमिटर पूर्व भ्लादिमिर क्षेत्रमा राखिने

    नाभाल्नीलाई मस्कोबाट २०० किलोमिटर पूर्व भ्लादिमिर क्षेत्रमा राखिने

    अमेरिकाले जोन्सनको खोपलाई दियो अनुमति

    अमेरिकाले जोन्सनको खोपलाई दियो अनुमति

    केरुङ नाका सोमबारदेखि पुनःसञ्चालन हुँदै

    केरुङ नाका सोमबारदेखि पुनःसञ्चालन हुँदै

    विद्यालयमा आगलागी हुँदा एक करोडको क्षति

    विद्यालयमा आगलागी हुँदा एक करोडको क्षति

    प्रचण्ड–नेपाल पक्षद्वारा आफ्ना सांसदहरुलाई तत्काल उपत्यका नछाड्न निर्देशन

    प्रचण्ड–नेपाल पक्षद्वारा आफ्ना सांसदहरुलाई तत्काल उपत्यका नछाड्न निर्देशन

    देशव्यापी कार्यक्रमलाई निरन्तरता दिने, स्वरुप परिवर्तन गर्ने

    देशव्यापी कार्यक्रमलाई निरन्तरता दिने, स्वरुप परिवर्तन गर्ने

    प्रधानमन्त्री ओली राजीनामा गर्न तयार

    प्रधानमन्त्री ओली राजीनामा गर्न तयार

    कोरियामा २७ बर्षिय पौडेलको मृत्यु

    कोरियामा २७ बर्षिय पौडेलको मृत्यु

    आठौ ईपिएस परीक्षाका परिक्षा केन्द्र तोकियो , कहाँ र कुन सिफ्टमा पर्नु भो हेर्नुहोस

    आठौ ईपिएस परीक्षाका परिक्षा केन्द्र तोकियो , कहाँ र कुन सिफ्टमा पर्नु भो हेर्नुहोस

    कोरियामा औद्योगिक दुर्घटनामा परेर दुइ नेपालीको मृत्यु

    कोरियामा औद्योगिक दुर्घटनामा परेर दुइ नेपालीको मृत्यु

    प्रचण्डको अर्को लोकप्रिय कदम- कोरियाबाट पैसा पठाउँदा लाग्ने शुल्क अब सरकारले ब्यहोर्ने,हुण्डी पूर्ण रुपमा निरुत्साहित हुने

    प्रचण्डको अर्को लोकप्रिय कदम- कोरियाबाट पैसा पठाउँदा लाग्ने शुल्क अब सरकारले ब्यहोर्ने,हुण्डी पूर्ण रुपमा निरुत्साहित हुने

    सिबिटी परिक्षा बन्द नभई स्थगित

    सिबिटी परिक्षा बन्द नभई स्थगित

    कोरिया भाषा परिक्षा लागि ६८ हजारको आवेदन , औधोगिक र कृषिमा कति -कति आवेदन पर्यो

    कोरिया भाषा परिक्षा लागि ६८ हजारको आवेदन , औधोगिक र कृषिमा कति -कति आवेदन पर्यो

    कोरियामा मजदुरको तलव १६.४ प्रतिशतले बढ्यो

    कोरियामा मजदुरको तलव १६.४ प्रतिशतले बढ्यो

    कोरियन भाषा परिक्षा जेठको अन्तिम साता खुल्छ -ईपिएस कोरिया शाखा नेपालका निर्देशक बाबुराम खतिवडा

    कोरियन भाषा परिक्षा जेठको अन्तिम साता खुल्छ -ईपिएस कोरिया शाखा नेपालका निर्देशक बाबुराम खतिवडा

    समाचार
    अर्जुनधारामा तीन वर्षमा १०५ पुल निर्माण

    अर्जुनधारामा तीन वर्षमा १०५ पुल निर्माण

    मनाङमा ३३ केभीको प्रसारण लाइन जाेडियाे

    मनाङमा ३३ केभीको प्रसारण लाइन जाेडियाे

    प्रम ओली केहीबेरमा पोखरा पुग्नुहुँदै, प्रशिक्षण प्रतिष्ठानको शिल्यान्यास गरिने

    प्रम ओली केहीबेरमा पोखरा पुग्नुहुँदै, प्रशिक्षण प्रतिष्ठानको शिल्यान्यास गरिने

    बेनीमा खानेपानी कार्यालय स्थापना

    बेनीमा खानेपानी कार्यालय स्थापना

    नेपाल भाषा पठनपाठनका लागि प्रशिक्षण

    नेपाल भाषा पठनपाठनका लागि प्रशिक्षण

    Facebook

    Twitter

    Tweets by HotpatiMedia

    विश्व
    नाभाल्नीलाई मस्कोबाट २०० किलोमिटर पूर्व भ्लादिमिर क्षेत्रमा राखिने

    नाभाल्नीलाई मस्कोबाट २०० किलोमिटर पूर्व भ्लादिमिर क्षेत्रमा राखिने

    रूसी राष्ट्रपति भ्लादिमिर पुटिनका कटु आलोचक अलेक्सी नभाल्नीलाई मस्कोबाट २०० किलोमिटर पूर्वमा रहेको पूर्व भ्लादिमीर क्षेत्रमा रहेको एक जेलमा...  विस्तृतमा

    अमेरिकाले जोन्सनको खोपलाई दियो अनुमति

    अमेरिकाले जोन्सनको खोपलाई दियो अनुमति

    बेल्जियमको जेलमा कोभिड–१९ फैलिएपछि कैँदीका आफन्त प्रदर्शनमा

    बेल्जियमको जेलमा कोभिड–१९ फैलिएपछि कैँदीका आफन्त प्रदर्शनमा

    म्यान्मारमा सेनाले चलाएको गोली लागेर तीन प्रदर्शनकारी मारिए

    म्यान्मारमा सेनाले चलाएको गोली लागेर तीन प्रदर्शनकारी मारिए

    डेनमार्कमा लकडाउनको विरोध गर्नेहरु पक्राउ

    डेनमार्कमा लकडाउनको विरोध गर्नेहरु पक्राउ

    नाइजेरियाली विद्यालयबाट अपहरित विद्यार्थीसहित ४२ व्यक्ति रिहा

    नाइजेरियाली विद्यालयबाट अपहरित विद्यार्थीसहित ४२ व्यक्ति रिहा

    हाइटीको जेलबाट २०० भागे, २५ को मृत्यु

    हाइटीको जेलबाट २०० भागे, २५ को मृत्यु

    म्यानमारको निर्वाचन आयोगद्वारा प्रमुख राजनीतिक दलसँग छलफल

    म्यानमारको निर्वाचन आयोगद्वारा प्रमुख राजनीतिक दलसँग छलफल

    पुटिन र बाइडेनलाई आणविक हतियार नियन्त्रणमा केन्द्रित हुन गोर्भाचोवको आग्रह

    पुटिन र बाइडेनलाई आणविक हतियार नियन्त्रणमा केन्द्रित हुन गोर्भाचोवको आग्रह

    hotpati logo footer

    हटपाटी मिडिया हाउस प्रा.लि.

    यति प्लाजा,बागबजार काठमाडौं, नेपाल

    ईमेल: hotpatinews@gmail.com

    कार्यालय फोन- ०१६२०१४५३

    स्थायी लेखा नम्बर-६०४३६५२९५

    कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४

    सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४

    हटपाटी मिडिया हाउसका लागि

    संचालक तथा सम्पादक देवेन्द्र सम्बाहाम्फे

    सह सम्पादक निश्चल काउचा

    कार्यकारी सम्पादक ऐश्वर्य श्रेष्ठ

    व्यावस्थापकहरि ढकाल

    सहायक सम्पादक सुर्य चन्द
    विद्या सम

    विश्व आशिष सम्बाहाम्फे

    खेलकुद सुरजसिं सुब्बा

    ग्राफिक डिजाईनर सन्जोग देवान

    कानूनी सल्लाहकार तेजबहादुर बस्नेत

    मार्केटिङ रविन श्रेष्ठ

    यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |


    © 2016 - 2021: Hotpati Media मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑