hotpati logo
  • समाचार
  • अन्तर्वार्ता
  • अर्थ
  • अपराध
  • फोटो ग्यालरी
  • कला / मनोरंजन
  • खेलकुद
  • प्रदेश संस्करण
  • जीवन शैली
  • पर्यटन
  • प्रवास / एनआरएन
  • फोकस कोरिया
  • Models
  • बिचार / विश्लेषण
  • रोजगार
  • मुख्य समाचार
  • राजनीति
  • विज्ञान / प्रविधि
  • विश्व
  • शिक्षा
  • शेयर बजार
  • धर्म संस्कृति
  • साहित्य
  • स्वास्थ्य
  • Music Video
आज:  | Sun, 28, Feb, 2021
hotpati logo
  • मुख्य समाचार
  • समाचार
  • अर्थ
  • खेलकुद
  • रोजगार
  • शिक्षा
  • कला / मनोरंजन
  • स्वास्थ्य
  • फोकस कोरिया
  • प्रदेश
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • विश्व
    • पर्यटन
    • अन्तर्वार्ता
    • अपराध
    • धर्म संस्कृति
    • प्रवास / एनआरएन
    • फोटो ग्यालरी
    • बिचार / विश्लेषण
    • विज्ञान / प्रविधि
    • शेयर बजार
    • साहित्य
होमपेज / कृषि

चिउरी कटानले मह उत्पादनमा कमी

८ फाल्गुन २०७७, शनिबार १३:४४ मा प्रकाशित (1 हप्ता अघि) अनुमानित पढ्ने समय : ० मिनेट
hotpati admin
हटपाटी संवाददाता

वर्षेनी वनजङ्गल फँडानी गरी ऐलानी जग्गा कमाउने र सामुदायिक वनको मनोमानीले मह उत्पादनमा समस्या भएको छ । मह उत्पादनको मुख्य स्रोत रहेको चिउरीको फूल चिउरी कटानसँगै मासिने क्रम बढेपछि मह उत्पादनमा कमी आएको हो ।

जिल्लाको नलगाड नगरपालिका, भेरी नगरपालिकामा चिउरीको जङ्गल मासिने क्रम बढेको छ । पशु चौपायालाई घाँस खुवाउनसमेत चिउरीकै प्रयोग गर्दा फूल उत्पादनमा कमी आएको हो । घर निर्माण गर्दा काठका रुपमा समेत जथाभावी सामुदायिक वन समूहबाट चिउरी कटान गरेपछि समस्या थपिएको छ ।

चिउरी संरक्षण गर्नुपर्ने ठाउँमा जथाभावी कटान गरेपछि निकै समस्या आएको प्रधानमन्त्री कृषि आधुनिक परियोजना जाजरकोटका प्रमुख पिताम्बर बस्नेतले जानकारी दिनुभयो । अघिल्लो वर्षभन्दा यो आर्थिक वर्षमा मह उत्पादनमा ५० प्रतिशत गिरावट आएको प्रमुख बस्नेतको भनाइ छ ।

त्यस्तै भेरी नगरपालिकाका प्रमुख चन्द्रप्रकाश घर्तीले पर्या–प्रणालीमा सबै एक अर्कासँग सम्बन्ध राख्ने भएकाले वनजङ्गल संरक्षण गर्नु नै पहिलो दायित्व भएको बताउनुभयो । उहाँले भन्नुभयो, “अब चिउरी संरक्षणमा जोड दिनका लागि सचेतनामूलक कार्यक्रम गरी सबैलाई बुझाउनु पर्ने आवश्यकता महसुस भएको छ । मह उत्पादन भेरी नगरपालिका–१ मा बढी हुने भएकाले त्यसमा हामी विशेष जोड दिन्छौँ ।”

जाजरकोटको ब्राण्डका रुपमा स्थापित भएको सेरेना मौरीको मह वर्षेनी उत्पादनका गिरावट आउँदा सरोकारवाला निकाय चिन्तित भएको मौरी जोनले बताएको छ । बहुउपयोगी चिउरीका अनेक गुण रहेका छन् । पानीको मुख्य स्रोतदेखि यसको फलबाट उत्पादन हुने विभिन्न वस्तुबाट समेत राम्रो आम्दानी गर्न सकिन्छ ।

समुद्र सतहबाट २०० देखि एक ५०० मिटरसम्मका भिरपाखा, नदी किनार तथा खोचमा हुर्कने चिउरीको रुख १५ देखि २० मिटरसम्म अग्लो हुन्छ । घमाइलो पाखाको ओसिलो माटोमा सिमल, मालु लहरा, धाइरो, सल्लो, टुनी भएका ठाउँमा राम्ररी हुर्कन्छ । चिउरीको एउटा बोटबाट ५० देखि १५० किलोग्रामसम्म बिजुला निस्कन्छ । धेरै उपयोगी हुनाले यसलाई कल्पवृक्षका रुपमा लिइन्छ ।

हल्का पहेलो रंगको फूल हुने चिउरी असोज कात्तिकदेखि माघसम्म फुल्छ । अनि फागुनदेखि असारसम्म फल लाग्छ । फल काँचोमा हरियो र पाकेपछि पहेंलो हुन्छ । फलभित्र एकदेखि तीन वटासम्म बिजुला हुन्छन् ।

चिउरीको पात गाईबस्तुलाई खुवाउन र टपरी गाँस्न प्रयोग गरिन्छ । यसको घिउ खान ९तरकारी पकाउन र सेल रोटी पकाउन० र औषधिका रुपमा ९खुट्टा फुटेकामा, घुँडा दुखेकामा, अनुहारमा आएको दाग हटाउन० प्रयोगमा आउँछ ।

चिउरीको घिउ साबुन र मैनबत्ती बनाउन उपयोगी हुन्छ । पेलेर बाँकी रहेको पिनाबाट जैविक मल र किटनाशक औषधि बनाउन सकिन्छ । चिउरीको काठबाट विभिन्न सामान बनाउन सकिन्छ । यसको फल सिधै खाए पनि हुन्छ र यसबाट जुस, जाम बनाउन र रक्सी बनाउन सकिन्छ । चिउरीको फूलको रसबाट बनेको मह बजारमा प्रशस्तै पाइन्छ ।

चिउरीको बिउबाट बिरुवा उमारेर रोप्नु राम्रो हुने डिभिजन वन कार्यालयका प्रमुख वसन्तबाबु श्रेष्ठले जानकारी दिनुभयो । असार–साउनमा पाकेर पहेंलो भएको फलबाट बीउ निकाल्नु पर्छ । बीउलाई धोएर छायाँमा सुकाइने गरिन्छ । फलबाट निकालेको सात दिनभित्र रोपेको बीउ राम्ररी उम्रन्छ ।

पात कुहेर बनेको जङ्गलको मलिलो माटो एक भाग, बालुवा एक भाग र राम्ररी पाकेको गाईबस्तुको मल एक भाग मिलाएको माटोमा १२ घण्टा अगाडिदेखि भिजाएको बीउ चार अंगुल जति गाडेर रोप्नुपर्छ । असार, साउन र भदौसम्म नै बीउ रोप्न सकिन्छ । चिउरी रोपेको १२ वर्षदेखि ७० वर्षसम्म राम्रो फल्ने विज्ञको भनाइ छ । फल सङ्कलन गर्ने चिउरीको बोट राष्ट्रिय वनमा भए इजाजत लिनुपर्छ र बिक्री गर्नुअघि एक किलोग्रामको तीन रुपैयाँ राजस्व तिर्नुपर्छ । जाजरकोटका वन जङ्गलमा जथाभावी सङ्कलन कार्य हुँदै आएको छ ।

सामुदायिक वन भएकाले यहाँ कुनै खास नियम निर्माण नगरी जथाभावी सङ्कलन गरिँदै आएको छ । जाजरकोटमा कति प्रतिशत चिउरी छ भन्ने यकिन तथ्याङ्क भने सङ्कलन भएको छैन । जिल्ला समुद्र सतहबाट ६१० देखि पाँच हजार ४३५ मिटर उचाइसम्म फैलिएको छ । जिल्लामा कूल वनजङ्गलले ढाकेको क्षेत्रफल एक लाख २४ हजार ५९८ हेक्टर छ ।

  • #चिउरी कटान
  • #मह उत्पादन
तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो?
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस

कृषि सम्बन्धि थप

  • उखु खेती गर्ने किसानलाई आधुनिक यन्त्र वितरणउखु खेती गर्ने किसानलाई आधुनिक यन्त्र वितरण
  • कृषक समूहलाई पावर टिलर हस्तान्तरणकृषक समूहलाई पावर टिलर हस्तान्तरण
  • घरदैलोमा अण्डा पु¥याउँदै किसान दाना उद्योगघरदैलोमा अण्डा पु¥याउँदै किसान दाना उद्योग
  • चरन मासियो, वन्यजन्तु बढे, हराउँदै याक र चौंरीपालन पेशाचरन मासियो, वन्यजन्तु बढे, हराउँदै याक र चौंरीपालन पेशा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय
    म्यान्मारमा सेनाले चलाएको गोली लागेर तीन प्रदर्शनकारी मारिए

    म्यान्मारमा सेनाले चलाएको गोली लागेर तीन प्रदर्शनकारी मारिए

    केरुङ नाका सोमबारदेखि पुनःसञ्चालन हुँदै

    केरुङ नाका सोमबारदेखि पुनःसञ्चालन हुँदै

    डेनमार्कमा लकडाउनको विरोध गर्नेहरु पक्राउ

    डेनमार्कमा लकडाउनको विरोध गर्नेहरु पक्राउ

    व्यासको १०८ फिट अग्लो मूर्ति बनाउन बजेट विनियोजन

    व्यासको १०८ फिट अग्लो मूर्ति बनाउन बजेट विनियोजन

    सभापति देउवाद्वारा डा उप्रेतीको निधनप्रति दुःख व्यक्त

    सभापति देउवाद्वारा डा उप्रेतीको निधनप्रति दुःख व्यक्त

    प्यूठानमा एक सुत्केरी महिलाको मृत्यु

    प्यूठानमा एक सुत्केरी महिलाको मृत्यु

    औद्योगिक पार्क शिलान्याश गर्न प्रम केहीबेरमा झापा पुग्दै

    औद्योगिक पार्क शिलान्याश गर्न प्रम केहीबेरमा झापा पुग्दै

    नाइजेरियाली विद्यालयबाट अपहरित विद्यार्थीसहित ४२ व्यक्ति रिहा

    नाइजेरियाली विद्यालयबाट अपहरित विद्यार्थीसहित ४२ व्यक्ति रिहा

    केरुङ नाका सोमबारदेखि पुनःसञ्चालन हुँदै

    केरुङ नाका सोमबारदेखि पुनःसञ्चालन हुँदै

    विद्यालयमा आगलागी हुँदा एक करोडको क्षति

    विद्यालयमा आगलागी हुँदा एक करोडको क्षति

    प्रचण्ड–नेपाल पक्षद्वारा आफ्ना सांसदहरुलाई तत्काल उपत्यका नछाड्न निर्देशन

    प्रचण्ड–नेपाल पक्षद्वारा आफ्ना सांसदहरुलाई तत्काल उपत्यका नछाड्न निर्देशन

    देशव्यापी कार्यक्रमलाई निरन्तरता दिने, स्वरुप परिवर्तन गर्ने

    देशव्यापी कार्यक्रमलाई निरन्तरता दिने, स्वरुप परिवर्तन गर्ने

    प्रधानमन्त्री ओली राजीनामा गर्न तयार

    प्रधानमन्त्री ओली राजीनामा गर्न तयार

    कोरियामा २७ बर्षिय पौडेलको मृत्यु

    कोरियामा २७ बर्षिय पौडेलको मृत्यु

    आठौ ईपिएस परीक्षाका परिक्षा केन्द्र तोकियो , कहाँ र कुन सिफ्टमा पर्नु भो हेर्नुहोस

    आठौ ईपिएस परीक्षाका परिक्षा केन्द्र तोकियो , कहाँ र कुन सिफ्टमा पर्नु भो हेर्नुहोस

    कोरियामा औद्योगिक दुर्घटनामा परेर दुइ नेपालीको मृत्यु

    कोरियामा औद्योगिक दुर्घटनामा परेर दुइ नेपालीको मृत्यु

    प्रचण्डको अर्को लोकप्रिय कदम- कोरियाबाट पैसा पठाउँदा लाग्ने शुल्क अब सरकारले ब्यहोर्ने,हुण्डी पूर्ण रुपमा निरुत्साहित हुने

    प्रचण्डको अर्को लोकप्रिय कदम- कोरियाबाट पैसा पठाउँदा लाग्ने शुल्क अब सरकारले ब्यहोर्ने,हुण्डी पूर्ण रुपमा निरुत्साहित हुने

    सिबिटी परिक्षा बन्द नभई स्थगित

    सिबिटी परिक्षा बन्द नभई स्थगित

    कोरिया भाषा परिक्षा लागि ६८ हजारको आवेदन , औधोगिक र कृषिमा कति -कति आवेदन पर्यो

    कोरिया भाषा परिक्षा लागि ६८ हजारको आवेदन , औधोगिक र कृषिमा कति -कति आवेदन पर्यो

    कोरियामा मजदुरको तलव १६.४ प्रतिशतले बढ्यो

    कोरियामा मजदुरको तलव १६.४ प्रतिशतले बढ्यो

    कोरियन भाषा परिक्षा जेठको अन्तिम साता खुल्छ -ईपिएस कोरिया शाखा नेपालका निर्देशक बाबुराम खतिवडा

    कोरियन भाषा परिक्षा जेठको अन्तिम साता खुल्छ -ईपिएस कोरिया शाखा नेपालका निर्देशक बाबुराम खतिवडा

    समाचार
    सभापति देउवाद्वारा डा उप्रेतीको निधनप्रति दुःख व्यक्त

    सभापति देउवाद्वारा डा उप्रेतीको निधनप्रति दुःख व्यक्त

    प्यूठानमा एक सुत्केरी महिलाको मृत्यु

    प्यूठानमा एक सुत्केरी महिलाको मृत्यु

    औद्योगिक पार्क शिलान्याश गर्न प्रम केहीबेरमा झापा पुग्दै

    औद्योगिक पार्क शिलान्याश गर्न प्रम केहीबेरमा झापा पुग्दै

    विद्युतीय बसलाई छैन ऋण :बजेट अभावले चीनमै रोकिए २५ वटा बस

    विद्युतीय बसलाई छैन ऋण :बजेट अभावले चीनमै रोकिए २५ वटा बस

    खोपप्रति ज्येष्ठ नागरिक उत्साहित

    खोपप्रति ज्येष्ठ नागरिक उत्साहित

    Facebook

    Twitter

    Tweets by HotpatiMedia

    विश्व
    म्यान्मारमा सेनाले चलाएको गोली लागेर तीन प्रदर्शनकारी मारिए

    म्यान्मारमा सेनाले चलाएको गोली लागेर तीन प्रदर्शनकारी मारिए

    याङ्गुन -  म्यान्मारको सेनाले चलाएको गोली लागेर आइतबार तीन जना सरकार विरोधी प्रदर्शनकारीको मृत्यु भएको छ । सेनाले केही दिनदेखि प्रदर्शनकारीमाथि...  विस्तृतमा

    डेनमार्कमा लकडाउनको विरोध गर्नेहरु पक्राउ

    डेनमार्कमा लकडाउनको विरोध गर्नेहरु पक्राउ

    नाइजेरियाली विद्यालयबाट अपहरित विद्यार्थीसहित ४२ व्यक्ति रिहा

    नाइजेरियाली विद्यालयबाट अपहरित विद्यार्थीसहित ४२ व्यक्ति रिहा

    हाइटीको जेलबाट २०० भागे, २५ को मृत्यु

    हाइटीको जेलबाट २०० भागे, २५ को मृत्यु

    म्यानमारको निर्वाचन आयोगद्वारा प्रमुख राजनीतिक दलसँग छलफल

    म्यानमारको निर्वाचन आयोगद्वारा प्रमुख राजनीतिक दलसँग छलफल

    पुटिन र बाइडेनलाई आणविक हतियार नियन्त्रणमा केन्द्रित हुन गोर्भाचोवको आग्रह

    पुटिन र बाइडेनलाई आणविक हतियार नियन्त्रणमा केन्द्रित हुन गोर्भाचोवको आग्रह

    कोभिड–१९ को दीर्घकालीन प्रभाव स्वास्थ्य अधिकारीको ‘प्रष्ट प्राथमिकता’मा पर्नुपर्छ ः डब्लुएचओ

    कोभिड–१९ को दीर्घकालीन प्रभाव स्वास्थ्य अधिकारीको ‘प्रष्ट प्राथमिकता’मा पर्नुपर्छ ः डब्लुएचओ

    घानामा खोप अभियान सुरु हुँदै, राष्ट्रपतिले खोप लगाएर अभियान थालिने

    घानामा खोप अभियान सुरु हुँदै, राष्ट्रपतिले खोप लगाएर अभियान थालिने

    इन्डोनेसियामा पनि पत्रकारलाई कोरोनाविरुद्धको खोप लगाउन सुरु

    इन्डोनेसियामा पनि पत्रकारलाई कोरोनाविरुद्धको खोप लगाउन सुरु

    hotpati logo footer

    हटपाटी मिडिया हाउस प्रा.लि.

    यति प्लाजा,बागबजार काठमाडौं, नेपाल

    ईमेल: hotpatinews@gmail.com

    कार्यालय फोन- ०१६२०१४५३

    स्थायी लेखा नम्बर-६०४३६५२९५

    कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४

    सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४

    हटपाटी मिडिया हाउसका लागि

    संचालक तथा सम्पादक देवेन्द्र सम्बाहाम्फे

    सह सम्पादक निश्चल काउचा

    कार्यकारी सम्पादक ऐश्वर्य श्रेष्ठ

    व्यावस्थापकहरि ढकाल

    सहायक सम्पादक सुर्य चन्द
    विद्या सम

    विश्व आशिष सम्बाहाम्फे

    खेलकुद सुरजसिं सुब्बा

    ग्राफिक डिजाईनर सन्जोग देवान

    कानूनी सल्लाहकार तेजबहादुर बस्नेत

    मार्केटिङ रविन श्रेष्ठ

    यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |


    © 2016 - 2021: Hotpati Media मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑