टेक्सास – माइक्रोसफ्टका सह–संस्थापक र परोपकारी बिल गेट्सले टेक्सासमा सस्तो बिजुली उत्पादन गर्ने उपकरण चिसो सञ्चालन आउन नसक्दा सेवाग्राही मर्कामा परेको भनी अमेरिकी ऊर्जा कम्पनीहरूको आलोचना गर्नुभएको छ ।
अमेरिकी राज्य टेक्सासको अत्यधिक चिसो मौसममा उर्जा उत्पादन गर्ने कमसल उपकरणहरूले काम नगर्दा उक्त राज्यले लोडसेडिङको मार सहन परेको बताउनुभएको हो । विद्यूत आपूर्ति नियमित हुन नसक्दा चिसोका कारण कैयौँ अमेरिकीले ज्यान गुमाउनु परेको उहाँको दावी रहेको छ । घरपरिवारलाई न्यानो राख्नको लागि आवश्यक पर्ने उर्जाशक्तिबाट वञ्चित भएका कारण खासगरी बुढ्यौली अवस्थामा रहेका नागरिक बढी प्रभावित भएका उहाँको दावी छ ।
उहाँले शनिबार साँझ सीएनएनसँगको कुराकानीमा भन्नुभयो, “खासगरी मौसम अनुकुल नबनाइएको यो प्राकृतिक ग्यास प्लान्टको क्षमताबारे सोच्नु पथ्र्यो । यसको लागि धेरै पैसा खर्च हुन्थ्यो त्यसैले लगानीमा बढी ध्यान दिइयो । परिणामस्वरूप यसले काम गरेन । यो दुखद कुरा हो कि यस असावधानीका कारण नागरिकहरू चिसोका कारण प्रभावित हुनु परेको छ ।”
उहाँले थप्नुभयो, “हिमपात, शून्य डिग्रीभन्दा कमको तापक्रम र सिरेठोले विशेष गरी संयुक्त राज्य अमेरिकाको दक्षिणपश्चिम र टेक्सास क्षेत्रलाई केही हप्तादेखि सताएको छ ।”
टेक्सासलगायतका अमेरिकी केही राज्यमा प्रतिकूल मौसमका कारण जनजीवन प्रभावित बनेको छ । ती राज्यहरूमा विरामीहरू बढेका छन् भने विद्यूतको आपूर्तिमा आएको समस्याका कारण हिटर तथा न्यानोका अन्य स्रोत नियमित सञ्चालन नभएको स्थानीयहरूको गुनासो रहेको छ ।
रूसी राष्ट्रपति भ्लादिमिर पुटिनका कटु आलोचक अलेक्सी नभाल्नीलाई मस्कोबाट २०० किलोमिटर पूर्वमा रहेको पूर्व भ्लादिमीर क्षेत्रमा रहेको एक जेलमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
संचालक तथा सम्पादक देवेन्द्र सम्बाहाम्फे
सह सम्पादक निश्चल काउचा
कार्यकारी सम्पादक ऐश्वर्य श्रेष्ठ
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
खेलकुद सुरजसिं सुब्बा
ग्राफिक डिजाईनर सन्जोग देवान
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
मार्केटिङ रविन श्रेष्ठ
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस