हुम्ला – एक जना सुत्केरी ब्यथा लागेर थला पर्नु भएकी गर्भवती महिलाको नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार गरिएको छ । ब्यथा लागेको चौध घण्टापछि स्वास्थ्य सेवा कार्यालयमा खबर आउदा प्रमुख जिल्ला अधिकारी चिरन्जीवी गिरीको समन्वयमा हेलिकोप्टरबाट उहाँको उद्धार गरिएको हो ।
आठ महिनाको गर्भ भएकै बेला ब्यथा लागेर थला परेपछि सर्केगार्ड गाउँपालिका वडा नम्बर ४ को दुल्ली गाउँकी २१ वर्षीया बिन्दु थापाको हेलिकोटरबाट प्रदेश अस्पताल कालागाउँ सुर्खेतमा उद्धार गरिएको अस्तपालकी बरिष्ठ अनमी सरिता बोहराले बताउनुभयो ।
ब्यथा लागेपछि सर्केगार्ड स्वास्थ्य चौकीमा लिदा स्वास्थ्यकर्मीले जिल्ला अस्पताल रिफर गर्नु भएको पति प्रकाश बुढाले बताउनुभयो । गर्भवती थापालाई जिल्लामा बोहराले रिफर गर्नु लागनउु भएको थियो । स्टेचरमा जिल्ला अस्पताल ल्याउदै गर्दा बाटोमा पेट पनि दुख्न थालेपछि जिल्लामा खबर गरेर हेलिकोप्टरको ब्यबस्था भएको उहाँले बताउनुभयो ।
उहाँलाई खार्पुनाथ गाउँपालिकाको वडा नम्बर १ को देउखुरी हेलिप्याडबाट सुर्खेत उद्धार गरिएको शरिष्ठ अनमी बोहराले बताउनुभयो । सोमबार बेथाले थलिएकी थापालाई अस्पताल भर्ना गरेर उपचार सुरु भएको उहाँले बताउनुभयो । थापाको उद्धारका लागि नेपाली सेनाको हेलिकोप्टर प्रयोग भएको र त्यसको खर्च राष्ट्रपति महिला उत्थान कार्यक्रमबाट ब्यहोरिने प्रमुख जिल्ला अधिकारी गिरीले बताउनुभयो । सुत्केरी ब्यथा लागेर थला पर्नु भएकी गर्भवती महिलाको उद्धारका लागि हवाई उद्धार कार्य प्रभाबकारी बन्दै आएको छ ।
रूसी राष्ट्रपति भ्लादिमिर पुटिनका कटु आलोचक अलेक्सी नभाल्नीलाई मस्कोबाट २०० किलोमिटर पूर्वमा रहेको पूर्व भ्लादिमीर क्षेत्रमा रहेको एक जेलमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
संचालक तथा सम्पादक देवेन्द्र सम्बाहाम्फे
सह सम्पादक निश्चल काउचा
कार्यकारी सम्पादक ऐश्वर्य श्रेष्ठ
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
खेलकुद सुरजसिं सुब्बा
ग्राफिक डिजाईनर सन्जोग देवान
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
मार्केटिङ रविन श्रेष्ठ
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस