hotpati logo
  • समाचार
  • अन्तर्वार्ता
  • अर्थ
  • अपराध
  • फोटो ग्यालरी
  • कला / मनोरंजन
  • खेलकुद
  • प्रदेश संस्करण
  • जीवन शैली
  • पर्यटन
  • प्रवास / एनआरएन
  • फोकस कोरिया
  • Models
  • बिचार / विश्लेषण
  • रोजगार
  • मुख्य समाचार
  • राजनीति
  • विज्ञान / प्रविधि
  • विश्व
  • शिक्षा
  • शेयर बजार
  • धर्म संस्कृति
  • साहित्य
  • स्वास्थ्य
  • Music Video
आज:  | Sun, 28, Feb, 2021
hotpati logo
  • मुख्य समाचार
  • समाचार
  • अर्थ
  • खेलकुद
  • रोजगार
  • शिक्षा
  • कला / मनोरंजन
  • स्वास्थ्य
  • फोकस कोरिया
  • प्रदेश
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • विश्व
    • पर्यटन
    • अन्तर्वार्ता
    • अपराध
    • धर्म संस्कृति
    • प्रवास / एनआरएन
    • फोटो ग्यालरी
    • बिचार / विश्लेषण
    • विज्ञान / प्रविधि
    • शेयर बजार
    • साहित्य
होमपेज / समाचार

मालवाहक सवारी साधनको डिजिटल ट्रयाकिङ शुरू, ढुवानीमा कैफियत गर्नेलाई धमाधम समाइँदै

११ फाल्गुन २०७७, मंगलवार १५:५१ मा प्रकाशित (5 दिन अघि) अनुमानित पढ्ने समय : १ मिनेट
hotpati admin
हटपाटी संवाददाता

काठमाडौँ – गएको साता भारतबाट झण्डै १० हजार किलो चिनी भन्सार छलेर काठमाडौँ आइपुग्यो । राजश्व अनुसन्धान विभागको मालवस्तु ढुवानीमा प्रयोग गरेको डिजिटल अनुगमन प्रणाली (सूचना प्रणाली)मार्फत अनुसन्धान गर्दा उक्त चिनी आयातको स्रोत फेला परेन ।

चिनी आयातकर्ताले भारतबाट रातारात तस्करी गरेर चिनी नेपाल भित्र्याई नक्कली कागजात बनाएर विभागको सूचना प्रणालीमा प्रविष्ट गराएर काठमाडौँ ल्याएका थिए । काठमाडौँ आएपछि उनलाई अब त राजश्व अनुसन्धान विभागको कारवाहीबाट बचियो भन्ने लागेको थियो होला । तर उनको अनुमानले काम गरेन । अन्तत उनको कैफियत विभागले प्रयोग गरेको सूचना प्रणालीमार्फत पत्ता लाग्यो ।

विभागका महानिर्देशक दीर्घराज मैनाली भन्नुहुन्छ, “तस्करी गरेर चिनी ल्याएको हाम्रो सूचना प्रणालीले पत्ता लगायो, अहिले चिनी र ट्रकलाई नै नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेका छाँै, यसरी छली गरेर ल्याएको कपडाको विषयमासमेत हाम्रो अनुसन्धान जारी छ ।” विभागले सबै कपडा पसललाई सिल गरेको छ । अघिल्लो वर्ष एक करोडको कारोबार गरेको व्यावसायिक संस्थाले अहिले ६ करोडको कारोवार भयो भने त्यो विभागको सूचना प्रणालीमा थाहा हुन्छ । कारोवारमा एक्कासी आमूल परिवर्तन देखिँदा उसमाथि अनुसन्धान केन्द्रित हुन्छ । स्रोत नखुले उ कारवाहीको भागिदार हुन्छ ।

दुबै घटनाको विषयमा अनुसन्धान नसकिएकाले विस्तृत विवरण सार्वजनिक गरिएको छैन । नाम सार्वजनिक गर्दा संलग्न व्यक्तिहरु भाग्न सक्ने भएकाले गोप्य राखिएको मैनाली बताउनुहुन्छ । उहाँका अनुसार तस्करी गरेर चिनी ल्याउने व्यक्तिले यसरी चार पटक कैफियत गरेको पाइएको छ । उनीविरुद्ध अहिले रु ८ लाख धरौटी राखेर अनुसन्धान जारी छ । उनीहरुले रातभर लगाएर भारतबाट मालवस्तु नेपाल प्रवेश गराउने गरेका छन् ।

त्यसपछि नेपालमा नक्कली कम्पनी फर्म खडा गरेर एक फर्मबाट अर्काेमा मालवस्तु बिक्री गरेको देखाएर ठूलो रकमको राजश्व छली गर्ने गरेका छन् । अनुसन्धानले त्यो कुरालाई पुष्टि गरेको विभागको भनाइ छ ।

महानिर्देशक मैनाली मालवस्तु ढुवानीमा सूचना प्रणालीको प्रयोगले व्यवहारमै परिवर्तन देखिएको बताउनुहुन्छ । उहाँले अब आर्थिक अनुशासन कायम राख्ने हो भने सूचना प्रणालीलाई व्यवस्थित गर्नुको विकल्प नभएको समेत बताउनुभयो । भन्सार छलेर आयात भएका मालवस्तु र त्यस्तै अवैध कारोवारमा संलग्न व्यक्तिलाई करको दायरमा आउन उक्त सूचना प्रणाली एउटा महत्वपूर्ण माध्यम बन्न पुगेको छ ।

विभागले २०७६ साउनबाट राजश्व चुहावट अनुसन्धान तथा नियन्त्रणको कार्यलाई प्रभावकारी बनाउन, स्वस्थ, व्यावसायिक प्रतिस्पर्धा कायम गरी अनौपचारिक आर्थिक कारोवारलाई औपचारिकतर्फ लैजान भेहिकल कन्साइनमेन्ट ट्र्याकिङ सिष्टम (भिसिटिएस) प्रयोगमा ल्याएको थियो । उक्त प्रणाली लागू भएपछि व्यवसायीलाई आर्थिक अनुशासन कायम गर्न दबाब सिर्जना गरेको छ । यसले स्वेच्छिक कर सहभागिता बढाएको छ ।

डिजिटल नेपाल अवधारणालाई सहयोग पु¥याउन, आर्थिक सुशासन प्रवद्र्धन गर्न, सूचना र प्रविधिको प्रयोग गरी राजश्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐनको दफा १३ग मा भएको व्यवस्था अनुसार व्यावसायिक प्रयोजनका मालवस्तु तथा ढुवानीका साधनको अनुगमन प्रणाली प्रयोग गरिएको हो । विभागबाट प्राप्त विवरण अनुसार यसले राजश्वको दायरासमेत बढेको र करको दायरामा नआएका व्यवसायीलाई दायराभित्र प्रवेश गराउन सहज भएको छ ।

उक्त सूचना प्रणाली छल्न खोज्ने व्यक्ति विरुद्ध झण्डै ३० करोड विगो कायम गरी मुद्दा चलइएको मैनालीले बताउनुभयो । उहाँले सशस्त्र र नेपाल प्रहरी तथा सम्बन्धित भन्सार विभागको सहयोग जरुरी रहेको बताउनुभयो । पछिल्लो समयमा एक हजार अनुगमनमा यसरी प्रणाली छली गरी मालसामान ढुवानी गर्नेलाई रु ५ करोड बढी जरिवानासमेत लगाइसकिएको छ । विभाग तथा जिल्लास्थित कार्यालयबाट विभिन्न टोली बनाइ चौबिसैं घण्टा छड्के अनुगमनको लागि विभिन्न स्थानमा टोलीसमेत खटाइएको मैनालीले जानकारी दिनुभयो ।

अहिलेसम्म सूचना प्रणाली प्रयोग गर्ने एक लाख १२ हजार पुगिसकेका छन् । उक्त प्रणालीमार्फत ४० खर्ब ११ अर्ब बराबरको मालवस्तु सूचना प्रणालीमा प्रविष्ट गराइ ओसारपसार भइसकेको छ । यसले राजश्व वृद्धिमा सहयोग पु¥याएको विभागको भनाइ छ ।

  • #Vehicle tracking system
तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो?
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस

समाचार सम्बन्धि थप

  • रौतहटमा नेता योगेश भट्टराई चढेको गाडीले ठक्कर दिँदा एक घाइतेरौतहटमा नेता योगेश भट्टराई चढेको गाडीले ठक्कर दिँदा एक घाइते
  • सभापति देउवाद्वारा डा उप्रेतीको निधनप्रति दुःख व्यक्तसभापति देउवाद्वारा डा उप्रेतीको निधनप्रति दुःख व्यक्त
  • प्यूठानमा एक सुत्केरी महिलाको मृत्युप्यूठानमा एक सुत्केरी महिलाको मृत्यु
  • औद्योगिक पार्क शिलान्याश गर्न प्रम केहीबेरमा झापा पुग्दैऔद्योगिक पार्क शिलान्याश गर्न प्रम केहीबेरमा झापा पुग्दै

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय
    रौतहटमा नेता योगेश भट्टराई चढेको गाडीले ठक्कर दिँदा एक घाइते

    रौतहटमा नेता योगेश भट्टराई चढेको गाडीले ठक्कर दिँदा एक घाइते

    म्यान्मारमा सेनाले चलाएको गोली लागेर तीन प्रदर्शनकारी मारिए

    म्यान्मारमा सेनाले चलाएको गोली लागेर तीन प्रदर्शनकारी मारिए

    केरुङ नाका सोमबारदेखि पुनःसञ्चालन हुँदै

    केरुङ नाका सोमबारदेखि पुनःसञ्चालन हुँदै

    डेनमार्कमा लकडाउनको विरोध गर्नेहरु पक्राउ

    डेनमार्कमा लकडाउनको विरोध गर्नेहरु पक्राउ

    व्यासको १०८ फिट अग्लो मूर्ति बनाउन बजेट विनियोजन

    व्यासको १०८ फिट अग्लो मूर्ति बनाउन बजेट विनियोजन

    सभापति देउवाद्वारा डा उप्रेतीको निधनप्रति दुःख व्यक्त

    सभापति देउवाद्वारा डा उप्रेतीको निधनप्रति दुःख व्यक्त

    प्यूठानमा एक सुत्केरी महिलाको मृत्यु

    प्यूठानमा एक सुत्केरी महिलाको मृत्यु

    औद्योगिक पार्क शिलान्याश गर्न प्रम केहीबेरमा झापा पुग्दै

    औद्योगिक पार्क शिलान्याश गर्न प्रम केहीबेरमा झापा पुग्दै

    केरुङ नाका सोमबारदेखि पुनःसञ्चालन हुँदै

    केरुङ नाका सोमबारदेखि पुनःसञ्चालन हुँदै

    विद्यालयमा आगलागी हुँदा एक करोडको क्षति

    विद्यालयमा आगलागी हुँदा एक करोडको क्षति

    प्रचण्ड–नेपाल पक्षद्वारा आफ्ना सांसदहरुलाई तत्काल उपत्यका नछाड्न निर्देशन

    प्रचण्ड–नेपाल पक्षद्वारा आफ्ना सांसदहरुलाई तत्काल उपत्यका नछाड्न निर्देशन

    देशव्यापी कार्यक्रमलाई निरन्तरता दिने, स्वरुप परिवर्तन गर्ने

    देशव्यापी कार्यक्रमलाई निरन्तरता दिने, स्वरुप परिवर्तन गर्ने

    प्रधानमन्त्री ओली राजीनामा गर्न तयार

    प्रधानमन्त्री ओली राजीनामा गर्न तयार

    कोरियामा २७ बर्षिय पौडेलको मृत्यु

    कोरियामा २७ बर्षिय पौडेलको मृत्यु

    आठौ ईपिएस परीक्षाका परिक्षा केन्द्र तोकियो , कहाँ र कुन सिफ्टमा पर्नु भो हेर्नुहोस

    आठौ ईपिएस परीक्षाका परिक्षा केन्द्र तोकियो , कहाँ र कुन सिफ्टमा पर्नु भो हेर्नुहोस

    कोरियामा औद्योगिक दुर्घटनामा परेर दुइ नेपालीको मृत्यु

    कोरियामा औद्योगिक दुर्घटनामा परेर दुइ नेपालीको मृत्यु

    प्रचण्डको अर्को लोकप्रिय कदम- कोरियाबाट पैसा पठाउँदा लाग्ने शुल्क अब सरकारले ब्यहोर्ने,हुण्डी पूर्ण रुपमा निरुत्साहित हुने

    प्रचण्डको अर्को लोकप्रिय कदम- कोरियाबाट पैसा पठाउँदा लाग्ने शुल्क अब सरकारले ब्यहोर्ने,हुण्डी पूर्ण रुपमा निरुत्साहित हुने

    सिबिटी परिक्षा बन्द नभई स्थगित

    सिबिटी परिक्षा बन्द नभई स्थगित

    कोरिया भाषा परिक्षा लागि ६८ हजारको आवेदन , औधोगिक र कृषिमा कति -कति आवेदन पर्यो

    कोरिया भाषा परिक्षा लागि ६८ हजारको आवेदन , औधोगिक र कृषिमा कति -कति आवेदन पर्यो

    कोरियामा मजदुरको तलव १६.४ प्रतिशतले बढ्यो

    कोरियामा मजदुरको तलव १६.४ प्रतिशतले बढ्यो

    कोरियन भाषा परिक्षा जेठको अन्तिम साता खुल्छ -ईपिएस कोरिया शाखा नेपालका निर्देशक बाबुराम खतिवडा

    कोरियन भाषा परिक्षा जेठको अन्तिम साता खुल्छ -ईपिएस कोरिया शाखा नेपालका निर्देशक बाबुराम खतिवडा

    समाचार
    रौतहटमा नेता योगेश भट्टराई चढेको गाडीले ठक्कर दिँदा एक घाइते

    रौतहटमा नेता योगेश भट्टराई चढेको गाडीले ठक्कर दिँदा एक घाइते

    सभापति देउवाद्वारा डा उप्रेतीको निधनप्रति दुःख व्यक्त

    सभापति देउवाद्वारा डा उप्रेतीको निधनप्रति दुःख व्यक्त

    प्यूठानमा एक सुत्केरी महिलाको मृत्यु

    प्यूठानमा एक सुत्केरी महिलाको मृत्यु

    औद्योगिक पार्क शिलान्याश गर्न प्रम केहीबेरमा झापा पुग्दै

    औद्योगिक पार्क शिलान्याश गर्न प्रम केहीबेरमा झापा पुग्दै

    विद्युतीय बसलाई छैन ऋण :बजेट अभावले चीनमै रोकिए २५ वटा बस

    विद्युतीय बसलाई छैन ऋण :बजेट अभावले चीनमै रोकिए २५ वटा बस

    Facebook

    Twitter

    Tweets by HotpatiMedia

    विश्व
    म्यान्मारमा सेनाले चलाएको गोली लागेर तीन प्रदर्शनकारी मारिए

    म्यान्मारमा सेनाले चलाएको गोली लागेर तीन प्रदर्शनकारी मारिए

    याङ्गुन -  म्यान्मारको सेनाले चलाएको गोली लागेर आइतबार तीन जना सरकार विरोधी प्रदर्शनकारीको मृत्यु भएको छ । सेनाले केही दिनदेखि प्रदर्शनकारीमाथि...  विस्तृतमा

    डेनमार्कमा लकडाउनको विरोध गर्नेहरु पक्राउ

    डेनमार्कमा लकडाउनको विरोध गर्नेहरु पक्राउ

    नाइजेरियाली विद्यालयबाट अपहरित विद्यार्थीसहित ४२ व्यक्ति रिहा

    नाइजेरियाली विद्यालयबाट अपहरित विद्यार्थीसहित ४२ व्यक्ति रिहा

    हाइटीको जेलबाट २०० भागे, २५ को मृत्यु

    हाइटीको जेलबाट २०० भागे, २५ को मृत्यु

    म्यानमारको निर्वाचन आयोगद्वारा प्रमुख राजनीतिक दलसँग छलफल

    म्यानमारको निर्वाचन आयोगद्वारा प्रमुख राजनीतिक दलसँग छलफल

    पुटिन र बाइडेनलाई आणविक हतियार नियन्त्रणमा केन्द्रित हुन गोर्भाचोवको आग्रह

    पुटिन र बाइडेनलाई आणविक हतियार नियन्त्रणमा केन्द्रित हुन गोर्भाचोवको आग्रह

    कोभिड–१९ को दीर्घकालीन प्रभाव स्वास्थ्य अधिकारीको ‘प्रष्ट प्राथमिकता’मा पर्नुपर्छ ः डब्लुएचओ

    कोभिड–१९ को दीर्घकालीन प्रभाव स्वास्थ्य अधिकारीको ‘प्रष्ट प्राथमिकता’मा पर्नुपर्छ ः डब्लुएचओ

    घानामा खोप अभियान सुरु हुँदै, राष्ट्रपतिले खोप लगाएर अभियान थालिने

    घानामा खोप अभियान सुरु हुँदै, राष्ट्रपतिले खोप लगाएर अभियान थालिने

    इन्डोनेसियामा पनि पत्रकारलाई कोरोनाविरुद्धको खोप लगाउन सुरु

    इन्डोनेसियामा पनि पत्रकारलाई कोरोनाविरुद्धको खोप लगाउन सुरु

    hotpati logo footer

    हटपाटी मिडिया हाउस प्रा.लि.

    यति प्लाजा,बागबजार काठमाडौं, नेपाल

    ईमेल: hotpatinews@gmail.com

    कार्यालय फोन- ०१६२०१४५३

    स्थायी लेखा नम्बर-६०४३६५२९५

    कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४

    सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४

    हटपाटी मिडिया हाउसका लागि

    संचालक तथा सम्पादक देवेन्द्र सम्बाहाम्फे

    सह सम्पादक निश्चल काउचा

    कार्यकारी सम्पादक ऐश्वर्य श्रेष्ठ

    व्यावस्थापकहरि ढकाल

    सहायक सम्पादक सुर्य चन्द
    विद्या सम

    विश्व आशिष सम्बाहाम्फे

    खेलकुद सुरजसिं सुब्बा

    ग्राफिक डिजाईनर सन्जोग देवान

    कानूनी सल्लाहकार तेजबहादुर बस्नेत

    मार्केटिङ रविन श्रेष्ठ

    यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |


    © 2016 - 2021: Hotpati Media मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑