सोलुखुम्बु – लामो समयदेखि लोडसेडिङ मार खेप्दै आएको सोलुखुम्बुको सदरमुकाम सल्लेरी क्षेत्र लोडसेडिङ मुक्त भएको छ । सोलुदूधकुण्ड नगरपालिकाको आवश्यक पहलपछि सल्लेरी च्याल्सा जलविद्युत् कम्पनीको विद्युतमा राष्ट्रिय प्रसारण लाईन जोडिएपछि लोडसेडिङको अन्त्य भएको हो ।
६७० किलोवाटको सल्लेरी च्याल्सा जलविद्युत् आयोजनाको बिजुलीमा करिब ४० लाख रुपियाँको लागतमा केन्द्रीय प्रसारण लाइनमा जोडिएको हो । २०४७ सालमा स्वीस सरकारको ३३ प्रतिशत, नेपाल विद्युत प्राधिकरणको ३३ प्रतिशत र बाँकी स्थानीयबासीको लगानीमा निर्माण गरिएको आयोजनाको बिजुली नेट मिटरिङ विधिबाट केन्द्रीय प्रणालीमा जोडिएको सल्लेरी च्याल्सा विद्युत कम्पनीका महाप्रबन्धक भोजराज तिवारीले बताउनुभयो ।
राष्ट्रिय प्रसारण लाईनमा जडान भएपछि स्थानीय ग्राहक र कार्यालयहरुमा लोडसडिङ हटेको छ भने विहान र बेलुका परिक्षण कालभर विद्युत पूरा आपुर्ति गर्न नसक्ने सल्लेरी च्याल्सा विद्युत कम्पनीका महाप्रबन्धक तिवारीको भनाइ छ ।
आफू निर्वाचित भएदेखि नै नगरक्षेत्रमा लोडसेडिङ हटाउने योजना अन्तर्गत प्राधिकरणसँग पटक पटक बैठक गरि ठोस निस्कर्ष निकालिएकै कारण दैनिक चा घण्टा लामो लोड सेडिङ हटेको सोलुदूधकुण्ड नगरपालिकाका मेयर नाम्गेलजाङ्बु शेर्पाले बताउनुभयो ।
उज्यालो नगरको परिकल्पना गरिएकाले यसलाई पुर्णता दिन टेवा पुग्ने भन्दै मेयर शेर्पाले सल्लेरी च्याल्सा विद्युत कम्पनीको महसुल र राष्ट्रिय प्रसारण लाईनको विद्युत महसुलमा एकरुपता ल्याउन पहल भइरहेको बताउनुभयो । मेयर शेर्पाकाअनुसार सल्लेरी च्याल्साको विद्युत खपत नभएको बत्ति प्राधिकरणले लिने र सल्लेरी च्याल्सा विद्युतलाई आवश्यक परेको विद्युत प्राधिकरणले दिने शर्त सहित पिपिए गरी सुख्खा हिउँद याममा ८.४ रुपियाँ र बर्षाको समयमा ४.८ रुपियाँ दर कायम गरिएको छ ।
सोलुखुम्बुमा यसअघि बिहान दुई घण्टा र साँझ दुई घण्टा लोडसेडिङ हुने गरेको थियो । सल्लेरीको विद्युत वितरण भूमिगत लाइनबाट गरिएको छ ।
तेहरान- दक्षिण कोरियाका प्रधानमन्त्री चुङ सि– क्युन आइतबार इरान पुग्नुभएको छ । उहाँ इरानसँग द्धिपक्षीय सम्बन्धका अतिरिक्त अन्य क्षेत्रीय विषयमा पनि... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
संचालक तथा सम्पादक देवेन्द्र सम्बाहाम्फे
सह सम्पादक निश्चल काउचा
कार्यकारी सम्पादक ऐश्वर्य श्रेष्ठ
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
खेलकुद सुरजसिं सुब्बा
ग्राफिक डिजाईनर सन्जोग देवान
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
मार्केटिङ रविन श्रेष्ठ
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस