सोल— दक्षिण कोरियामा कोरोना भाइरस विरुद्धको खोप लगाएका हरेक तीन मध्ये एकमा नकारात्मक असर देखा परेको देशको रोग तथा प्रकोप नियन्त्रण केन्द्रले जनाएको छ । केन्द्रका अनुसार खोप लगाएका मध्ये ३२.८ प्रतिशतमा मांशपेशी दुख्ने तथा ज्वरो आउने लगायतका असर देखा परेको छ । यो दर बेलायत सरकारले देखाएको भन्दा ३ गुणा बढी रहेको समेत केन्द्रले बताएको छ ।
हालै दक्षिण कोरियामा कोरोना खोप लगाएका १८००० जना मध्येबाट गरिएको अध्ययनका क्रममा उक्त नतिजा फेला परेको अधिकारीहरुले बताएका छन् । उनीहरुलाई बेलमयती कम्पनीको खोप अष्ट्राजेनेका प्रयोग गरिएको थियो भने केहीलाई फाइजरको खोप समेत लगाइएको थियो ।
खोपको असर युवाहरुमा बढी पाइएको समेत केन्द्रको अध्ययनमा भनिएको छ । केन्द्रले भने प्रतिरक्षा प्रणाली विस्तार हुने क्रममा त्यस किसिमका लक्षण देखिएको दावी गरेको छ । यता स्वास्थ्य विज्ञहरुले भने यति धेरै मात्रामा नकारात्मक असर देखिनु सामान्य नभएको प्रतिकृया दिएका छन् ।
गत हप्ताबाट मात्र अष्ट्राजेनेका खोप ६५ बर्ष माथिका मानिसहरुलाई प्रयोग गर्न सरकारले अनुमति दिएको थियो । युपा पुस्तामा नकारात्मक असर बढी देखिए पश्चात ६५ बर्ष माथिका मानिसहरु उक्त खोप लगाउन त्यत्ति आकर्षित नभएको समेत केन्द्रले बताएको छ ।
म्यान्मार- म्यान्मारमा शुक्रबार सुरक्षाकर्मीहरुद्वारा कम्तीमा ८० प्रदर्शनकारी मारिएका छन् । देशको मध्यभागमा पर्ने बागोमा भएको घटनामा परी... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
संचालक तथा सम्पादक देवेन्द्र सम्बाहाम्फे
सह सम्पादक निश्चल काउचा
कार्यकारी सम्पादक ऐश्वर्य श्रेष्ठ
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
खेलकुद सुरजसिं सुब्बा
ग्राफिक डिजाईनर सन्जोग देवान
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
मार्केटिङ रविन श्रेष्ठ
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस