hotpati logo
  • समाचार
  • अन्तर्वार्ता
  • अर्थ
  • अपराध
  • फोटो ग्यालरी
  • कला / मनोरंजन
  • खेलकुद
  • प्रदेश संस्करण
  • जीवन शैली
  • पर्यटन
  • प्रवास / एनआरएन
  • फोकस कोरिया
  • Models
  • बिचार / विश्लेषण
  • रोजगार
  • मुख्य समाचार
  • राजनीति
  • विज्ञान / प्रविधि
  • विश्व
  • शिक्षा
  • शेयर बजार
  • धर्म संस्कृति
  • साहित्य
  • स्वास्थ्य
  • Music Video
आज:  | Mon, 12, Apr, 2021
hotpati logo
  • मुख्य समाचार
  • समाचार
  • अर्थ
  • खेलकुद
  • रोजगार
  • शिक्षा
  • कला / मनोरंजन
  • स्वास्थ्य
  • फोकस कोरिया
  • प्रदेश
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • विश्व
    • पर्यटन
    • अन्तर्वार्ता
    • अपराध
    • धर्म संस्कृति
    • प्रवास / एनआरएन
    • फोटो ग्यालरी
    • बिचार / विश्लेषण
    • विज्ञान / प्रविधि
    • शेयर बजार
    • साहित्य
होमपेज / राजनीति

डबल ‘क’ ले डुबायो ‘माधव’लाई

१८ चैत्र २०७७, बुधबार १५:४१ मा प्रकाशित (1 हप्ता अघि) अनुमानित पढ्ने समय : ० मिनेट
hotpati admin
हटपाटी संवाददाता

हो, यो शीर्षकमा राजनीतिक विष्लेशक गोविन्द थापाले एउटा विशेष लेख लेख्नुभएको छ । सो लेख यहाँ प्रस्तुत गरिँदैछ

माधवकुमार नेपालले एउटा झुठ छोप्न सयवटा झुठ बोल्नुभयो । एउटा गल्ती ढाकछोप गर्न सयवटा गल्ती गर्नुभयो । आफ्नो राजनीतिक जीवनलाई झुठ र गल्तीको भण्डार बनाउनुभयो । कमरेड माधवले गल्तीको अन्तिम अध्याय खोल्नुभयो फागुन २३ गते ।

सो दिन सर्वाेच्च अदालतले नेकपाको एकीकरण कानुनी रुपमा बदर गरिदियो । एमाले र माओवादी पुनस्थापित भए । त्यसपछि कमरेड माधवले जेजे गल्ती गर्नुभयो त्यसले उहाँको राजनीतिक जीवन समाप्त पारिदिएको छ ।

नेपालमा समाप्त हुन लागेको नेता को हो भनेर सोध्यो भने जसले पनि जवाफ दिन्छ– माधवकुमार नेपाल र पुष्पकमल दाहाल प्रचण्ड । विगतमा यो देशमा उहाँहरुको रजगज थियो । आज दुवैजनाको राजनीतिक जीवन लगभग समाप्त हुने अवस्थामा पुगेको छ ।

प्रचण्ड र माधवमध्ये को धेरै संकटमा हुनुहुन्छ भनेर सोधियो भने जसले पनि भन्न सक्छ– माधवकुमार नेपाल । उहाँ संकटमा मात्र हुनुहुन्न, समाप्त हुने अवस्थामा हुनुहुन्छ ।

समाप्त हुने अवस्थामा कमरेड माधव किन पुग्नुभयो भन्ने बारेमा यहाँ केही तथ्यगत विष्लेशण गरिन्छ ।

राजनीतिक विष्लेश गोविन्द थापाले आफ्नो लेखमा ‘त्यो महागल्ती’ उपशीर्षक दिँदै अगाडि लेख्नुभएको छ

कमरेड माधवको राजनीति निरन्तर ओरालो लागिरहेको थियो । आफ्नै पार्टीको सरकार ढाल्न जेजे ताण्डव गर्नुभयो त्यसबाट उहाँको राजनीति भिरमा जाँदै थियो । तर, फागुन २३ पछि चाहिँ उहाँको राजनीति समाप्त नै भएको छ ।

सर्वाेच्चको फैसलापछि कमरेड माधवका सामु दुईटा बाटो थियो । पुष्पकल दाहाल प्रचण्डसँग माओवादीमै बस्ने एउटा बाटो । एमालेमा फर्कने अर्काे बाटो । यी दुवै बाटो नछानी माधव नेपालले तेस्रो बाटो छान्नुभएको उल्लेख गोविन्द थापाले आफ्नो लेखमा गर्नुभएको छ । गोविन्द थापा अगाडि लेख्नुहुन्छ– त्यो बाटो सीधै भिरमा पुग्छ भन्ने आकलन गर्न सक्नुभएन । एमालेमा फर्कने, एमालेलाई समाप्त पारेर प्रचण्डकोमा अर्थात् माओवादी केन्द्रमा फर्कने बाटो रोज्नुभयो । प्रचण्डले पनि एमालेलाई सखाप पारेर अर्थात् क्याप्चर गरेर माधवहरु फर्कने घोषणा गर्नुभयो ।

प्रचण्डको मोहजालमा माधव यसरी फस्नुभयो कि एमालेलाई समाप्त पार्ने कस्सम पेरिसडाँडामा खानुभयो । मोहजालमा अन्धो भएर एमालेलाई समाप्त पार्छु भन्नुभयो । माधवको त्यो महागल्ती थियो । त्यस्तो हर्कत नगरी आफ्नो गल्ती स्वीकार गरेर इमानदारीपूर्वक एमालेमा फर्कनुभएको थियो भने माधवले आफ्नो पूरानो हैसियत फिर्ता पाउनुहुन्थ्यो । राजनीतिक सम्भावनाको ठूलो समुद्रमा पौडन पाउनुहुन्थ्यो । तर, उहाँ कूवामा डुब्न पुग्नुभयो । कुवाको भ्यागुता बन्नुभयो । कुवाभित्र बसेर ‘केपी ओली म जत्रो भएको छैन होला’ भन्दै भुँडि फुलाएर बस्नुपर्ने अवस्थामा पुग्नुभएको गोविन्द थापाले लेख्नुभएको छ ।

अन्तिम गल्ती

कमरेड माधवले महागल्ती मात्र गर्नुभएन, अन्तिम गल्ती गर्नुभएको थियो । उहाँको राजनीतिक जीवन त्यही अन्तिम गल्तीले समाप्त गर्यो । उहाँको राजनीतिक विश्वसनीयता समाप्त भयो । माओवादीले समेत विश्वास गर्न नसक्ने अवस्थामा माधव पुग्नुभयो । माधवले अब ठूलो गल्ती गर्न सक्नुहुन्न, किनभने उहाँको ठूलो गल्ती गर्ने हैसियत नै रहेन । त्यसैले अहिले कमरेड माधव जे गरिरहुनभएको छ, अन्तिम गल्तीको अध्यायमा हुनुहुन्छ ।

सर्वाेच्चको फैसलापछि रामबहादुर थापा लगायतका नेताहरुले सांसद् पद गए जाओस् तर केपी शर्मा ओलीकै नेतृत्वको पार्टीमा बस्छौं भन्नुभयो । माधवहरुले पनि त्यसैगरी माओवादीमै बस्छौं भन्नुभएको थियो भने इमानदारी झल्कन्थ्यो । एमालेमा जाने, एमाले क्याप्चर गर्ने अनि फर्कने भन्ने कुरा माओवादीले पत्याएनन् । फैसला लगत्तै माओवादी छाडेर माधवहरुले नयाँ खाले ताण्डव थाल्नुभयो । त्यसपछि उहाँहरु न माओवादी रहनुभयो न एमाले बन्नुभयो ।

माधवमा प्रचण्डले समेत इमान देख्नुभएन, भर पर्नुभएन । त्यसपछि प्रचण्डले केही भाषणमा ‘अरुको भर परेर नहुने रहेछ, आफ्नै मानिसमा भर पर्नुपर्ने रहेछ’ भन्नुभयो । पूराना माओवादी कार्यकर्ताहरुको भेला राखेर उहाँले त्यस्तो भाषण बारम्बार गर्नुभयो । उहाँको भाषणको अर्थ हो– माधवहरुको भर पर्न सकिएन । तैपनि प्रचण्डकै पछि लागेर बस्नुभएको छ ।

माधवहरुको प्रचण्डसँगको साथ पनि छुटेको र एमाले भत्काउन पनि नसक्नुभएको ठहर गर्दै गोविन्द थापा अगाडि लेख्नुहुन्छ– बरु, एमालेले नै माधवहरुको गुट भत्काइदियो । कारवाही गरिदियो । पार्टी भत्काउँछु भन्दै कोही आउँछ भने सहेर कोही बस्दैन । उसलाई यथोचित कारवाही गर्छ । कमरेड माधवले गर्नुभएको राजनीतिक अपराध पार्टीबाटै निष्काशित गर्नुपर्ने खालको थियो । तर, एमालेले निलम्वित मात्र गरेको छ ।

एमालेका निलम्वित नेता माधवकुमार नेपालमा केन्द्रीत रहेर राजनीतिक विष्लेशक गोविन्द थापाले लेख्नुभएको लेखको अर्काे उपशीर्षक छ– अहंकार, भ्रम, इगो र इर्श्या

कमरेड माधवलाई अहंकार, भ्रम, इगो र इषर््याले समाप्त बनायो । म लामो समय पार्टीको सर्वेसर्वा बनेर नेतृत्वमा बसेको नेता हो । त्यसैले पार्टीको अध्यक्ष जो बनेपनि मैले भने अनुसार चल्नुपर्छ, मैले भनेको मान्नुपर्छ, मैले लाए अह्राएको मात्र गर्नुपर्छ भन्ने अहंकार देखाउनुभयो । उहाँले पार्टी अध्यक्ष पदमा केपी शर्मा ओलीसँग चुनाव हार्नुभयो । थोरै भोटले मात्र हारेको हुँ, त्यसैले अध्यक्ष भन्दा म कम होइन भन्ने ठानेर व्यवहार गर्दै आउनुभयो । महाधिवेशनले निर्वाचित गरेको अध्यक्षलाई उहाँले कहिले मान्नुभएन, गन्दै गन्नुभएन । यो कारण कमरेड माधव डुब्न थाल्नुभयो ।

जनताको मन जित्नुपर्छ भन्ने कमरेड माधवलाई कहिल्यै लागेन । जनता भेडाबाख्रा हुन्, आफ्नो अनुहार देखेपछि भोट दिन्छन् भन्ने भ्रममा कमरेड माधव पर्नुभएको उल्लेख गोविन्द थापाले आफ्नो लेखमा गर्नुभएको छ । उहाँ लेख्नुहुनछ– माधवकै कारण एमाले लगभग समाप्त हुने अवस्थामा पुग्यो । चुनावमा एमाले तेस्रो मात्र भएन, अति थोरै सिटमा सीमित भयो । कार्यकर्ताको मन जित्नेतिर पनि उहाँ लाग्नुभएन । कार्यकर्ता भनेका भेडाबाख्रा हुन् । एमालेमा यतिका वर्ष राईंदाईं गरेको मलाई जसरी पनि मान्छन्, नमानी सुखै छैन भन्ने भ्रममा पर्नुभयो ।

केही सीमित नेतालाई वरिपरि राखेपछि सारा कार्यकर्ता आफ्ना हुन्छन् भन्ने उहाँलाई लाग्यो । त्यसैले उहाँ सचिवालय, स्थायी समिति, पोलिट व्युरोतिरको टाउको गन्नुहुन्छ । फलानो कमिटीमा मेरा यति मानिस छन्, ढिस्काना कमिटीमा उति मानिस छन् भनेर आत्मरति गरिरहनुभयो । तर, कार्यकर्ता जति केपी ओलीको नेतृत्वमा गोलवन्द भइसकेका छन् भन्ने बुझ्नुभएन ।

साँच्चै भन्ने हो भने दुईटा ‘क’लाई नमान्दा कमरेड माधव डुब्नुभयो । एउटा क भनेको कार्यकर्ता । अर्को क भनेको केपी ओली । राजनीतिक विष्लेशक गोविन्द थापाले लेख्नुभएको यो तीन वाक्य फेरि सुनौं– साँच्चै भन्ने हो भने दुईटा ‘क’लाई नमान्दा कमरेड माधव डुब्नुभयो । एउटा क भनेको कार्यकर्ता । अर्को क भनेको केपी ओली ।

समय र नयाँ युगले नयाँ नेता मागेको थियो । समयले क्षमतावान, विकासप्रेमी र जुझारु नेता मागेको थियो । देशले अभिभावक मागेको थियो । जनताले विकास र समृद्धि मागेका थिए । यी सबै गुण, विशेषता र क्षमता केपी ओलीमा देखियो । केपी ओलीसँगको रीसडाहा र इषर््याका कारण माधव डुब्नुभयो । केपी ओलीलाई जनताले बा भनेकोमा आपत्ति जनाउनु इषर््या र कुण्ठा मात्र थियो ।

कमरेड माधवमा इषर््या र कुण्ठा कति छ भन्ने उहाँले बोल्दै नबोलेका वाक्यले समेत खुलस्त पार्छ । लेखमा गोविन्द थापाले प्रश्न गर्नुभएको छ– माधवले अहिलेसम्म ‘सुखी नेपाली, समृद्ध नेपाल’ भन्ने वाक्य बोल्नुभएको कसैले सुन्नुभएको छ ? केपी ओलीसँगको रीसडाहाका कारण विकास र समृद्धि वाक्य समेत उच्चारण नगर्ने हदसम्मको कुण्ठा, रीस, डाहा र अहंकार देखाउने नेताको राजनीतिक अवसान हुने नै भयो ।

माधवकुमार नेपालको समाप्तिको संघारमा पुगेको राजनीतिक जीवनको विष्लेशण गर्दै राजनीतिक विष्लेशक गोविन्द थापाले लेख्नुभएको लेखमा अर्काे उपशीर्षक छ– माधवको भविष्य

एमाले र माओवादी पुनस्थापित हुनासाथ कमरेड माधवले महागल्ती नगर्नुभएको भए आज उहाँ एमालेजस्तो महान पार्टीको सम्मानित नेता बन्नुहुन्थ्यो । फागुन २३ अगाडिका सबै कर्तूत बिर्सिएर व्यवहार गर्न एमालेका अध्यक्ष, नेता, कार्यकर्ताहरु वाध्य हुनुपथर््यो । तर, फागुन २३ गते अगाडिको गल्तीलाई सच्याउनु त कता हो कता त्यसैलाई निरन्तरता दिने गल्ती गर्नुभयो ।

फागुन २३ गतेपछि प्रचण्डसँग सम्बन्ध विच्छेदको घोषणा गर्नुपथर््यो । त्यसो नगरेर एमालेसँग चाहिँ सम्बन्ध विच्छेदको घोषणा गर्नुभयो । एमालेलाई कब्जा गरेर अथवा भत्काएर प्रचण्डकोमा फर्कन्छु भन्नुको अर्थ एमालेसँग सम्बन्ध विच्छेद गर्नु नै हो भन्ने ठहर गोविन्द थापाले ‘दुईटा ‘क’लाई नमान्दा डुब्नुभयो माधव नेपाल’ शीर्षकको लेखमा गर्नुभएको छ ।

कमरेड माधवसँग अझै पनि दुईटा बाटो छ । पहिलो हो– माओवादी बन्ने, दोस्रो हो एमाले बन्ने । बाहिरबाहिर एमाले बन्ने, भित्र चाहिँ घोर माओवादी बन्ने दुष्कर्म माधवले गर्न हुन्न । उहाँले कि एमाले बन्नुपर्छ, कि माओवादी बन्नुपर्छ । तेस्रो बाटो भनेको आफ्नै पार्टी खोल्ने हो । आफ्नै पार्टी खोल्न माधवहरुसँग सबै चिज छ । तर एउटा चिज छैन । त्यो चिज हो– कार्यकर्ता । यी वाक्यलाई फेरि एकपटक सुनौं– आफ्नै पार्टी खोल्न माधवहरुसँग सबै चिज छ । तर एउटा चिज छैन । त्यो चिज हो– कार्यकर्ता ।

कार्यकर्ता बिनाको पार्टी नेपालमा धेरै छन् । त्यस्तामध्येको एउटा पार्टी कमरेड माधवले खोल्न नपाउने भन्ने हुँदैन । त्यसरी पार्टी खोले पनि जाने गन्तब्य चाहिँ माओवादीमै हो । प्रचण्डले त्यति विशाल एमालेलाई त गन्नुभएन, सर्लक्कै निल्न खोज्नुभयो भने माधव नेपालको सानो जत्थालाई कसो गर्नुहोला ? भन्ने प्रश्न गोविन्द थापाले आफ्नो लेखमा गर्नुभएको छ । माओवादीमा पस्दा कमरेड माधवले पद त ठूलै पाउनुहोला तर हैसियत चाहिँ जिल्ला कमिटी सदस्य जति पनि हुने छैन । माधवकै हैसियत त्यस्तो हुनेवाला छ भने उहाँको पछाडि लागेर प्रचण्डको पार्टीमा जानेहरुको हालत के होला ? यो प्रश्नको जवाफ माधवको पछाडि लागेकाहरुले खोज्न ढिला हुन लाग्यो ।

गोविन्द थापा अगाडि लेख्नुहुन्छ– कमरेड माधव आफू पनि डुब्नुभयो, आफ्नो पछाडि लागेकाहरुलाई पनि डुबाउनुभयो । अब उहाँले प्रचण्डको मोहजालबाट मुक्त हुनुपर्छ । प्रचण्डले आँखामा लगाइदिएको पट्टि खोल्नुपर्छ ।

लेखको अन्त्यमा गोविन्द थापाले निष्कर्ष वाक्य यस्तो लेख्नुभएको छ– एमालेलाई भत्काएर, लथालिंग पारेर त्यो पार्टी प्रचण्डको पाउमा चढाउँछु भन्ने सपनाबाट कमरेड माधव ब्यूँझनैपर्छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो?
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
४

प्रतिक्रिया दिनुहोस

राजनीति सम्बन्धि थप

  • तोकिएको समयमै महाधिवेशन गर्न सबै लाग्नुपर्छ : नेता सिंहतोकिएको समयमै महाधिवेशन गर्न सबै लाग्नुपर्छ : नेता सिंह
  • विधिको पालना र सकारात्मक छलफलले मात्र निकास निस्किन्छ : नेता नेपालविधिको पालना र सकारात्मक छलफलले मात्र निकास निस्किन्छ : नेता नेपाल
  • कांग्रेसभित्र कुनै विवाद छैन : प्रवक्ता शर्माकांग्रेसभित्र कुनै विवाद छैन : प्रवक्ता शर्मा
  • राष्ट्रपतिबाट विभिन्न महानुभावलाई मानपदवी, अलङ्कार र पदकबाट सुशोभनराष्ट्रपतिबाट विभिन्न महानुभावलाई मानपदवी, अलङ्कार र पदकबाट सुशोभन

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय
    आज वि.सं.२०७७ साल चैत्र ३० गते सोमबारको राशिफल

    आज वि.सं.२०७७ साल चैत्र ३० गते सोमबारको राशिफल

    सीमा नाकामा सयन्त्र नहुँदा सङ्क्रमणको जोखिम

    सीमा नाकामा सयन्त्र नहुँदा सङ्क्रमणको जोखिम

    कोरोना भाइरस : सुदूरपश्चिम प्रदेश उच्च जोखिममा

    कोरोना भाइरस : सुदूरपश्चिम प्रदेश उच्च जोखिममा

    तोकिएको समयमै महाधिवेशन गर्न सबै लाग्नुपर्छ : नेता सिंह

    तोकिएको समयमै महाधिवेशन गर्न सबै लाग्नुपर्छ : नेता सिंह

    म्यान्मारमा सुरक्षाकर्मीद्वारा ८० प्रदर्शनकारी मारिए

    म्यान्मारमा सुरक्षाकर्मीद्वारा ८० प्रदर्शनकारी मारिए

    ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    विधिको पालना र सकारात्मक छलफलले मात्र निकास निस्किन्छ : नेता नेपाल

    विधिको पालना र सकारात्मक छलफलले मात्र निकास निस्किन्छ : नेता नेपाल

    दुर्घटनामा दुईको मृत्यु, सात घाइते

    दुर्घटनामा दुईको मृत्यु, सात घाइते

    देउवा-पौडेल भनाभन

    देउवा-पौडेल भनाभन

    रामप्रसाद राई स्मृति प्रतिष्ठानका अध्यक्ष र बरिष्ठ उपाध्यक्ष सम्मानित

    रामप्रसाद राई स्मृति प्रतिष्ठानका अध्यक्ष र बरिष्ठ उपाध्यक्ष सम्मानित

    नयाँ सरकार बनाउन कांग्रेसको पहल

    नयाँ सरकार बनाउन कांग्रेसको पहल

    जनताको आवाज दवाउन कठोर सरकार

    जनताको आवाज दवाउन कठोर सरकार

    संघीयता सबल बनाउन रोडम्याप

    संघीयता सबल बनाउन रोडम्याप

    कोरियामा २७ बर्षिय पौडेलको मृत्यु

    कोरियामा २७ बर्षिय पौडेलको मृत्यु

    आठौ ईपिएस परीक्षाका परिक्षा केन्द्र तोकियो , कहाँ र कुन सिफ्टमा पर्नु भो हेर्नुहोस

    आठौ ईपिएस परीक्षाका परिक्षा केन्द्र तोकियो , कहाँ र कुन सिफ्टमा पर्नु भो हेर्नुहोस

    कोरियामा औद्योगिक दुर्घटनामा परेर दुइ नेपालीको मृत्यु

    कोरियामा औद्योगिक दुर्घटनामा परेर दुइ नेपालीको मृत्यु

    प्रचण्डको अर्को लोकप्रिय कदम- कोरियाबाट पैसा पठाउँदा लाग्ने शुल्क अब सरकारले ब्यहोर्ने,हुण्डी पूर्ण रुपमा निरुत्साहित हुने

    प्रचण्डको अर्को लोकप्रिय कदम- कोरियाबाट पैसा पठाउँदा लाग्ने शुल्क अब सरकारले ब्यहोर्ने,हुण्डी पूर्ण रुपमा निरुत्साहित हुने

    सिबिटी परिक्षा बन्द नभई स्थगित

    सिबिटी परिक्षा बन्द नभई स्थगित

    कोरिया भाषा परिक्षा लागि ६८ हजारको आवेदन , औधोगिक र कृषिमा कति -कति आवेदन पर्यो

    कोरिया भाषा परिक्षा लागि ६८ हजारको आवेदन , औधोगिक र कृषिमा कति -कति आवेदन पर्यो

    कोरियामा मजदुरको तलव १६.४ प्रतिशतले बढ्यो

    कोरियामा मजदुरको तलव १६.४ प्रतिशतले बढ्यो

    कोरियन भाषा परिक्षा जेठको अन्तिम साता खुल्छ -ईपिएस कोरिया शाखा नेपालका निर्देशक बाबुराम खतिवडा

    कोरियन भाषा परिक्षा जेठको अन्तिम साता खुल्छ -ईपिएस कोरिया शाखा नेपालका निर्देशक बाबुराम खतिवडा

    समाचार
    आगलागीबाट पाँच घर जले

    आगलागीबाट पाँच घर जले

    शनिबारदेखि काठमाडौँ फन पार्क सञ्चालन

    शनिबारदेखि काठमाडौँ फन पार्क सञ्चालन

    कञ्चनपुरका वन क्षेत्रमा आगलागीका घटनामा वृद्धि 

    कञ्चनपुरका वन क्षेत्रमा आगलागीका घटनामा वृद्धि 

    ताप्लेजुङमा ४२४ भूमिविहीनको निवेदन प्राप्त

    ताप्लेजुङमा ४२४ भूमिविहीनको निवेदन प्राप्त

    दुर्गमका सांसद्को आक्रोश : १० नबजी घाम लाग्दैन, घाम नलागी टावर आउँदैन, साँझ बिहान कसरी टेलिफोन गर्ने ?

    दुर्गमका सांसद्को आक्रोश : १० नबजी घाम लाग्दैन, घाम नलागी टावर आउँदैन, साँझ बिहान कसरी टेलिफोन गर्ने ?

    Facebook

    Twitter

    Tweets by HotpatiMedia

    विश्व
    म्यान्मारमा सुरक्षाकर्मीद्वारा ८० प्रदर्शनकारी मारिए

    म्यान्मारमा सुरक्षाकर्मीद्वारा ८० प्रदर्शनकारी मारिए

    म्यान्मार- म्यान्मारमा शुक्रबार सुरक्षाकर्मीहरुद्वारा कम्तीमा ८० प्रदर्शनकारी मारिएका छन् । देशको मध्यभागमा पर्ने बागोमा भएको घटनामा परी...  विस्तृतमा

    पााकिस्तानका प्रधानमन्त्रीद्वारा डि८ सदस्य राष्ट्रहरुलाई आग्रह

    पााकिस्तानका प्रधानमन्त्रीद्वारा डि८ सदस्य राष्ट्रहरुलाई आग्रह

    अफगानिस्तानमा बीस लडाकू मारिए

    अफगानिस्तानमा बीस लडाकू मारिए

    टोकियो ओलम्पिकमा खेलाडी नपठाउने उत्तर कोरियाको घोषणा

    टोकियो ओलम्पिकमा खेलाडी नपठाउने उत्तर कोरियाको घोषणा

    अस्ट्रेलियालीलाई क्वारेन्टिनमा बस्नुपर्ने प्रावधान हटाउँछौंः प्रधानमन्त्री आर्डेन

    अस्ट्रेलियालीलाई क्वारेन्टिनमा बस्नुपर्ने प्रावधान हटाउँछौंः प्रधानमन्त्री आर्डेन

    इन्डोनेसियामा बाढी र पहिरोमा परी मृत्यु हुनेको संख्या ५५ पुग्यो

    इन्डोनेसियामा बाढी र पहिरोमा परी मृत्यु हुनेको संख्या ५५ पुग्यो

    भारतको छत्तीसगढमा नक्सलवादीद्वारा २२ सुरक्षाकर्मीको हत्या

    भारतको छत्तीसगढमा नक्सलवादीद्वारा २२ सुरक्षाकर्मीको हत्या

    चीनको सडक दुर्घटनामा ११ जनाको मृत्यु

    चीनको सडक दुर्घटनामा ११ जनाको मृत्यु

    ताइवान रेल दुर्घटनामा दर्जनौंको मृत्यु

    ताइवान रेल दुर्घटनामा दर्जनौंको मृत्यु

    hotpati logo footer

    हटपाटी मिडिया हाउस प्रा.लि.

    यति प्लाजा,बागबजार काठमाडौं, नेपाल

    ईमेल: hotpatinews@gmail.com

    कार्यालय फोन- ०१६२०१४५३

    स्थायी लेखा नम्बर-६०४३६५२९५

    कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४

    सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४

    हटपाटी मिडिया हाउसका लागि

    संचालक तथा सम्पादक देवेन्द्र सम्बाहाम्फे

    सह सम्पादक निश्चल काउचा

    कार्यकारी सम्पादक ऐश्वर्य श्रेष्ठ

    व्यावस्थापकहरि ढकाल

    सहायक सम्पादक सुर्य चन्द
    विद्या सम

    विश्व आशिष सम्बाहाम्फे

    खेलकुद सुरजसिं सुब्बा

    ग्राफिक डिजाईनर सन्जोग देवान

    कानूनी सल्लाहकार तेजबहादुर बस्नेत

    मार्केटिङ रविन श्रेष्ठ

    यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |


    © 2016 - 2021: Hotpati Media मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑