काठमाडौं-प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले विकसित राजनीतिक घटनाक्रम नियाल्ने तर तत्काल केही नबोल्ने र नखुल्ने रणनीति लिएको छ ।
नया सरकार गठन सम्बन्धमा कांगे्रसले कुनै रुचि नलिएपछि त्यो सम्भावना करिब अन्त्यजस्तै भएको छ । हाल, कम्युनिस्ट शक्तिबीच आन्तरिक कलह मात्रै भएको र सत्ताका लागि उनीहरू विभाजित मनस्थितिमा नपुगिसकेको भन्दै कांग्रेसले तत्काल केही नबोल्ने र कुनै पनि पक्षतर्फ नखुल्ने रणनीति लिएको हो ।
मंगलबार मात्रै माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कांग्रेसको ‘रणनीति’ बुझ्न सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठ पुगे । त्यस क्रममा देउवाले कांग्रेस ‘पर्ख र हेरकै अवस्थामा रहेको र सरकारलाई माओवादी केन्द्रले दिएको समर्थन पनि निरन्तर रहेको’ भन्दै कांग्रेसले थप कुनै निर्णय तत्कालै नलिने सन्देश दिएका थिए ।
‘प्रचण्डले प्रतिगमन विरोधी पक्षसँगै मिलेर जाऔं भन्ने प्रस्ताव गर्नुभयो तर देउवाले माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता नभएकाले केही गर्ने अवस्था नरहेको जवाफ दिनुभयो,’ माओवादी अध्यक्ष प्रचण्डले राखेको धारणाबारे जानकारी दि“दै देउवानिकट एक नेताले राजधानीस“ग भने, ‘यसले कांग्रेस पहिले जुन रणनीतिमा थियो, त्यही“ छ भन्ने प्रस्ट हुन्छ ।’
कांग्रेस उपसभापति विमलेन्द्र निधिले माओवादी केन्द्र र जसपा आफैं सत्ता समीकरणका लागि प्रस्ट नभइसकेका कारण तत्काल कुनै निर्णयमा पुगिहाल्ने अवस्था नरहेको प्रस्ट पारे । यो समाचार आजको राजधानी दैनिकले छापेको छ।
म्यान्मार- म्यान्मारमा शुक्रबार सुरक्षाकर्मीहरुद्वारा कम्तीमा ८० प्रदर्शनकारी मारिएका छन् । देशको मध्यभागमा पर्ने बागोमा भएको घटनामा परी... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
संचालक तथा सम्पादक देवेन्द्र सम्बाहाम्फे
सह सम्पादक निश्चल काउचा
कार्यकारी सम्पादक ऐश्वर्य श्रेष्ठ
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
खेलकुद सुरजसिं सुब्बा
ग्राफिक डिजाईनर सन्जोग देवान
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
मार्केटिङ रविन श्रेष्ठ
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस