hotpati logo
  • समाचार
  • अन्तर्वार्ता
  • अर्थ
  • अपराध
  • फोटो ग्यालरी
  • कला / मनोरंजन
  • खेलकुद
  • प्रदेश संस्करण
  • जीवन शैली
  • पर्यटन
  • प्रवास / एनआरएन
  • फोकस कोरिया
  • Models
  • बिचार / विश्लेषण
  • रोजगार
  • मुख्य समाचार
  • राजनीति
  • विज्ञान / प्रविधि
  • विश्व
  • शिक्षा
  • शेयर बजार
  • धर्म संस्कृति
  • साहित्य
  • स्वास्थ्य
  • Music Video
आज:  | Mon, 12, Apr, 2021
hotpati logo
  • मुख्य समाचार
  • समाचार
  • अर्थ
  • खेलकुद
  • रोजगार
  • शिक्षा
  • कला / मनोरंजन
  • स्वास्थ्य
  • फोकस कोरिया
  • प्रदेश
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • विश्व
    • पर्यटन
    • अन्तर्वार्ता
    • अपराध
    • धर्म संस्कृति
    • प्रवास / एनआरएन
    • फोटो ग्यालरी
    • बिचार / विश्लेषण
    • विज्ञान / प्रविधि
    • शेयर बजार
    • साहित्य
होमपेज / समाचार

कालोपत्रका लागि तयार भयो गलेश्वर–बेगखोला सडक

२४ चैत्र २०७७, मंगलवार १०:१८ मा प्रकाशित (5 दिन अघि) अनुमानित पढ्ने समय : १ मिनेट
hotpati admin
हटपाटी संवाददाता

म्याग्दी- बेनी–जोमसोम–कोरला सडक आयोजनाअन्तर्गत म्याग्दीको गलेश्वर–बेगखोला खण्डको सडक कालोपत्रका लागि तयार भएको छ । उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गत म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ राहुघाटबाट वडा नं १ बेगखोला जोड्ने सडक कालोपत्र हुनलागेको हो । आयोजनाको पहिलो प्याकेजको मुख्य ठेकेदार शर्मा–युनाइटेड जेभीको सहायक ठेकेदार ओमकारेश्वर कन्स्ट्रक्सनले कालोपत्र गर्न पूर्वाधार तयार पारेको जनाएको छ ।

निर्माण कम्पनीका सञ्चालक अमृत दाहालले सडक विस्तार, नाली र पर्खाल निर्माण सकेर कालोपत्रका लागि सबबेस बिछ्याउने र रोलरले पेल्ने काम भइरहेको जानकारी दिनुभयो । “सात किलोमिटर दूरीको राहुघाट–बेगखोला खण्डको सडक ११ मिटर फराकिलो बनाएका छौँ”, उहाँले भन्नुभयो, “अधिकांश ठाउँमा पर्खाल र नाली निर्माण सकिएको छ । नाली र पर्खाल निर्माण भएको ठाउँमा गिट्टी, बालुवा बिछ्याएर रोलरले पेलिएको छ ।”

आगामी वैशाख–जेठ महिनाभित्रै कालोपत्र सक्ने गरी मजदुर, उपकरण परिचालन र निर्माण सामग्री तयार पारिएको छ । सात मिटर चौडाइमा डिबिएसटी प्रविधिको कालोपत्र गरिने भएको छ । मुख्य ठेकेदार शर्मा–युनाइटेडले अधुरो बनाएको सो सडक २०७६ माघदेखि ओमकारेश्वरले जिम्मा लिएपछि कामले तीव्रता पाएको हो । राहुघाट–बेगखोला खण्डको करिब ७० प्रतिशत भौतिक प्रगति भएको छ । विसं २०७४ साउनदेखि ७६ किलोमिटर दूरीको बेनी–जोमसोम सडक चारवटा प्याकेजमा स्तरोन्नति भइरहेको छ । करिब रु छ अर्ब लागतको यस आयोजनाको ११० किलोमिटर दूरीको जोमसोम–कोरला खण्डको ८५ र बेनी–जोमसोम खण्डको ६० प्रतिशत भौतिक प्रगति छ ।

सात प्याकेजको जोमसोम–कोरला खण्डको चारवटा प्याकेजको काम निर्माण सकिएको आयोेजनाका सूचना अधिकारी अश्विनीकुमार यादवले बताउनुभयो । आयोजनाअन्तर्गतकै बेनी नगरपालिका–९ गलेश्वरको करिब एक किलोमिटर सडक पनि कालोपत्रका लागि पूर्वाधार तयार पार्ने काम भइरहेको छ । गलेश्वर, महभिर र पोखरेबगरको बेलीब्रिज विस्थापित गरेर पक्की पुल निर्माण अन्तिम चरणमा पुगेको छ । बेनी–जोमसोमको चार प्याकेज (भाग)मा छुट्टाछुट्टै निर्माण कम्पनीसँग रु दुई अर्ब ५० करोडमा ठेक्का सम्झौता भएको थियो । रु तीन अर्ब ४० करोड लागत अनुमान गरिएको थियो ।

बेनी–घाँसा खण्डका दुईवटा प्याकेज र घाँसा–जोमसोम खण्डको एउटा प्याकेजको ठेक्का शर्मा÷युनाइटेड जेभीले लिएको थियो । घाँसा–जोमसोम खण्डको अर्को एउटा प्याकेजको काम गर्ने ठेक्का पप्पु÷तामाङ÷कोशी÷न्यौपाने जेभीले लिएको छ । बेनी–घाँसा खण्डमा डिबीएसडी र घाँसा–जोमसोम खण्डमा असपाल्ट प्रविधिको कालोपत्र गरिने भएको छ ।

विसं २०६४ मा नेपाली सेनाले ट्र्याक खालेर विसं २०६७ मा सडक विभागलाई हस्तान्तरण गरेको बेनी–जोमसोम सडक हाल कच्ची अवस्थामा थियो । विसं २०७६ असारभित्र सम्पन्न गर्ने लक्ष्य राखिए पनि ढिलासुस्तीले काम प्रभावित भएको हो । यो सडकलाई गण्डकी प्रदेशको ‘भाग्यरेखा’ मानिएको छ । सडकले पूर्वाधार, आर्थिक, व्यापारिक, जलविद्युत्, पर्यटन र धार्मिकस्थल विकासका लागि महत्वपूर्ण योगदान पुग्ने मुस्ताङबाट निर्वाचित प्रतिनिधिसभा सदस्य प्रेमप्रसाद तुलाचनले बताउनुभयो । कोरला नाका सञ्चालन गर्ने वातावरण बन्ने, आन्तरिक तथा बाह्य पर्यटक एवं तीर्थयात्रीको आगमन बढ्ने, स्थानीयवासीलाई सुविधा पुग्ने, कालीगण्डकी र आसपासका नदीमा जलविद्युत्को विकास हुने अपेक्षा गरिएको छ ।

मच्छिममा गाउँघर क्लिनिक भवन निर्माण

म्याग्दीको धवलागिरि गाउँपालिका–७ मच्छिममा गाउँघर क्लिनिक भवन निर्माण भएको छ । गुड नेवर्स इन्टरनेशनलको आर्थिक तथा प्राविधिक सहयोगमा सञ्चालित सामुदायिक विकास परियोजनाअन्तर्गत कदम म्याग्दी र गाउँपालिकाको सहयोगमा भवन निर्माण भएको हो । भवनको सोमबार धवलागिरि गाउँपालिकाका अध्यक्ष थमसरा पुनले उद्घाटन गर्नुभयो ।

एकतले दुईकोठे भूकम्प प्रतिरोधी क्षमताको भवन बनाउन गाउँपालिकाले चालु आर्थिक वर्ष २०७७÷७८ मा रु पाँच लाख र परियोजनाले कदम म्याग्दीमार्फत रु सात लाख विनियोजन गरेको थियो । निर्माण सामग्री, फर्निचर खरिद र मजदुरको ज्यालामा गाउँपालिका र परियोजनाको बजेट खर्च भएको छ । जग्गा सम्याउन, पर्खाल लगाउने ढुङ्गा ढुवानी गर्ने काममा १०७ घरधुरीले प्रतिघर चार÷चार दिनका दरले श्रमदान गरेको उपभोक्ता समितिका सचिव वीरबहादुर छन्त्यालले बताउनुभयो । भवन निर्माणपछि विद्यालयको कोठा, व्यक्तिका घर र चौतारामा बसेर बालबालिकालाई खोप लगाउनुपर्ने समस्याको अन्त्य भएको छ । हरेक महिनाको एक दिन टोलमा पुगेर सेवा दिने स्वास्थ्यकर्मी र सर्वसाधारणलाई पनि सहज भएको छ ।

सामुदायिक विकास परियोजनामार्फत यसअघि धवलागिरि–६ बुल, वडा नं ४ बगर र वडा नं २ खोरियामा खोप केन्द्रको भवन निर्माण भएको थियो । भवन उद्घाटन कार्यक्रममा जग्गादातालाई सम्मान गरिएको थियो । हजार दिनका आमासँग गाउँपालिका अध्यक्ष कार्यक्रमअन्तर्गत गर्भवती, सुत्केरी र दुई वर्षसम्मका बच्चाका आमालाई अण्डा पनि वितरण गरिएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो?
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस

समाचार सम्बन्धि थप

  • आगलागीबाट पाँच घर जलेआगलागीबाट पाँच घर जले
  • शनिबारदेखि काठमाडौँ फन पार्क सञ्चालनशनिबारदेखि काठमाडौँ फन पार्क सञ्चालन
  • कञ्चनपुरका वन क्षेत्रमा आगलागीका घटनामा वृद्धि कञ्चनपुरका वन क्षेत्रमा आगलागीका घटनामा वृद्धि 
  • ताप्लेजुङमा ४२४ भूमिविहीनको निवेदन प्राप्तताप्लेजुङमा ४२४ भूमिविहीनको निवेदन प्राप्त

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय
    आज वि.सं.२०७७ साल चैत्र ३० गते सोमबारको राशिफल

    आज वि.सं.२०७७ साल चैत्र ३० गते सोमबारको राशिफल

    सीमा नाकामा सयन्त्र नहुँदा सङ्क्रमणको जोखिम

    सीमा नाकामा सयन्त्र नहुँदा सङ्क्रमणको जोखिम

    कोरोना भाइरस : सुदूरपश्चिम प्रदेश उच्च जोखिममा

    कोरोना भाइरस : सुदूरपश्चिम प्रदेश उच्च जोखिममा

    तोकिएको समयमै महाधिवेशन गर्न सबै लाग्नुपर्छ : नेता सिंह

    तोकिएको समयमै महाधिवेशन गर्न सबै लाग्नुपर्छ : नेता सिंह

    म्यान्मारमा सुरक्षाकर्मीद्वारा ८० प्रदर्शनकारी मारिए

    म्यान्मारमा सुरक्षाकर्मीद्वारा ८० प्रदर्शनकारी मारिए

    ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    विधिको पालना र सकारात्मक छलफलले मात्र निकास निस्किन्छ : नेता नेपाल

    विधिको पालना र सकारात्मक छलफलले मात्र निकास निस्किन्छ : नेता नेपाल

    दुर्घटनामा दुईको मृत्यु, सात घाइते

    दुर्घटनामा दुईको मृत्यु, सात घाइते

    देउवा-पौडेल भनाभन

    देउवा-पौडेल भनाभन

    रामप्रसाद राई स्मृति प्रतिष्ठानका अध्यक्ष र बरिष्ठ उपाध्यक्ष सम्मानित

    रामप्रसाद राई स्मृति प्रतिष्ठानका अध्यक्ष र बरिष्ठ उपाध्यक्ष सम्मानित

    नयाँ सरकार बनाउन कांग्रेसको पहल

    नयाँ सरकार बनाउन कांग्रेसको पहल

    जनताको आवाज दवाउन कठोर सरकार

    जनताको आवाज दवाउन कठोर सरकार

    संघीयता सबल बनाउन रोडम्याप

    संघीयता सबल बनाउन रोडम्याप

    कोरियामा २७ बर्षिय पौडेलको मृत्यु

    कोरियामा २७ बर्षिय पौडेलको मृत्यु

    आठौ ईपिएस परीक्षाका परिक्षा केन्द्र तोकियो , कहाँ र कुन सिफ्टमा पर्नु भो हेर्नुहोस

    आठौ ईपिएस परीक्षाका परिक्षा केन्द्र तोकियो , कहाँ र कुन सिफ्टमा पर्नु भो हेर्नुहोस

    कोरियामा औद्योगिक दुर्घटनामा परेर दुइ नेपालीको मृत्यु

    कोरियामा औद्योगिक दुर्घटनामा परेर दुइ नेपालीको मृत्यु

    प्रचण्डको अर्को लोकप्रिय कदम- कोरियाबाट पैसा पठाउँदा लाग्ने शुल्क अब सरकारले ब्यहोर्ने,हुण्डी पूर्ण रुपमा निरुत्साहित हुने

    प्रचण्डको अर्को लोकप्रिय कदम- कोरियाबाट पैसा पठाउँदा लाग्ने शुल्क अब सरकारले ब्यहोर्ने,हुण्डी पूर्ण रुपमा निरुत्साहित हुने

    सिबिटी परिक्षा बन्द नभई स्थगित

    सिबिटी परिक्षा बन्द नभई स्थगित

    कोरिया भाषा परिक्षा लागि ६८ हजारको आवेदन , औधोगिक र कृषिमा कति -कति आवेदन पर्यो

    कोरिया भाषा परिक्षा लागि ६८ हजारको आवेदन , औधोगिक र कृषिमा कति -कति आवेदन पर्यो

    कोरियामा मजदुरको तलव १६.४ प्रतिशतले बढ्यो

    कोरियामा मजदुरको तलव १६.४ प्रतिशतले बढ्यो

    कोरियन भाषा परिक्षा जेठको अन्तिम साता खुल्छ -ईपिएस कोरिया शाखा नेपालका निर्देशक बाबुराम खतिवडा

    कोरियन भाषा परिक्षा जेठको अन्तिम साता खुल्छ -ईपिएस कोरिया शाखा नेपालका निर्देशक बाबुराम खतिवडा

    समाचार
    आगलागीबाट पाँच घर जले

    आगलागीबाट पाँच घर जले

    शनिबारदेखि काठमाडौँ फन पार्क सञ्चालन

    शनिबारदेखि काठमाडौँ फन पार्क सञ्चालन

    कञ्चनपुरका वन क्षेत्रमा आगलागीका घटनामा वृद्धि 

    कञ्चनपुरका वन क्षेत्रमा आगलागीका घटनामा वृद्धि 

    ताप्लेजुङमा ४२४ भूमिविहीनको निवेदन प्राप्त

    ताप्लेजुङमा ४२४ भूमिविहीनको निवेदन प्राप्त

    दुर्गमका सांसद्को आक्रोश : १० नबजी घाम लाग्दैन, घाम नलागी टावर आउँदैन, साँझ बिहान कसरी टेलिफोन गर्ने ?

    दुर्गमका सांसद्को आक्रोश : १० नबजी घाम लाग्दैन, घाम नलागी टावर आउँदैन, साँझ बिहान कसरी टेलिफोन गर्ने ?

    Facebook

    Twitter

    Tweets by HotpatiMedia

    विश्व
    म्यान्मारमा सुरक्षाकर्मीद्वारा ८० प्रदर्शनकारी मारिए

    म्यान्मारमा सुरक्षाकर्मीद्वारा ८० प्रदर्शनकारी मारिए

    म्यान्मार- म्यान्मारमा शुक्रबार सुरक्षाकर्मीहरुद्वारा कम्तीमा ८० प्रदर्शनकारी मारिएका छन् । देशको मध्यभागमा पर्ने बागोमा भएको घटनामा परी...  विस्तृतमा

    पााकिस्तानका प्रधानमन्त्रीद्वारा डि८ सदस्य राष्ट्रहरुलाई आग्रह

    पााकिस्तानका प्रधानमन्त्रीद्वारा डि८ सदस्य राष्ट्रहरुलाई आग्रह

    अफगानिस्तानमा बीस लडाकू मारिए

    अफगानिस्तानमा बीस लडाकू मारिए

    टोकियो ओलम्पिकमा खेलाडी नपठाउने उत्तर कोरियाको घोषणा

    टोकियो ओलम्पिकमा खेलाडी नपठाउने उत्तर कोरियाको घोषणा

    अस्ट्रेलियालीलाई क्वारेन्टिनमा बस्नुपर्ने प्रावधान हटाउँछौंः प्रधानमन्त्री आर्डेन

    अस्ट्रेलियालीलाई क्वारेन्टिनमा बस्नुपर्ने प्रावधान हटाउँछौंः प्रधानमन्त्री आर्डेन

    इन्डोनेसियामा बाढी र पहिरोमा परी मृत्यु हुनेको संख्या ५५ पुग्यो

    इन्डोनेसियामा बाढी र पहिरोमा परी मृत्यु हुनेको संख्या ५५ पुग्यो

    भारतको छत्तीसगढमा नक्सलवादीद्वारा २२ सुरक्षाकर्मीको हत्या

    भारतको छत्तीसगढमा नक्सलवादीद्वारा २२ सुरक्षाकर्मीको हत्या

    चीनको सडक दुर्घटनामा ११ जनाको मृत्यु

    चीनको सडक दुर्घटनामा ११ जनाको मृत्यु

    ताइवान रेल दुर्घटनामा दर्जनौंको मृत्यु

    ताइवान रेल दुर्घटनामा दर्जनौंको मृत्यु

    hotpati logo footer

    हटपाटी मिडिया हाउस प्रा.लि.

    यति प्लाजा,बागबजार काठमाडौं, नेपाल

    ईमेल: hotpatinews@gmail.com

    कार्यालय फोन- ०१६२०१४५३

    स्थायी लेखा नम्बर-६०४३६५२९५

    कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४

    सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४

    हटपाटी मिडिया हाउसका लागि

    संचालक तथा सम्पादक देवेन्द्र सम्बाहाम्फे

    सह सम्पादक निश्चल काउचा

    कार्यकारी सम्पादक ऐश्वर्य श्रेष्ठ

    व्यावस्थापकहरि ढकाल

    सहायक सम्पादक सुर्य चन्द
    विद्या सम

    विश्व आशिष सम्बाहाम्फे

    खेलकुद सुरजसिं सुब्बा

    ग्राफिक डिजाईनर सन्जोग देवान

    कानूनी सल्लाहकार तेजबहादुर बस्नेत

    मार्केटिङ रविन श्रेष्ठ

    यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |


    © 2016 - 2021: Hotpati Media मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑