काठमाडौं-गत फागुनसम्मको अवधिकमा कुल ९ खर्ब ४३ अर्ब ९८ करोड ८२ लाख ५० हजार रुपैयाँ बराबरको सामान आयात भएको छ ।
चालू आर्थिक वर्षको पहिलो ८ महिना अर्थात् साउनदेखि फागुनसम्ममा गतवर्षको तुलनामा २.१४ प्रतिशतले बढेर सामान आयात भएको हो ।
गतवर्षको सोही अवधिसम्ममा ९ खर्ब २४ अर्ब २४ करोड २६ लाख ३५ हजार रुपैयाँको आयात भएको थियो । आठ महिनामा निर्यात भने ७.८४ प्रतिशतले बढेको छ ।
भन्सार विभागको तथ्यांकअनुसार फागुनसम्ममा कुल ८० अर्ब ७७ करोड ८८ लाख ६१ हजार रुपैयाँ बराबरको निर्यात भएको छ । गत वर्ष सोही अवधिमा ७३ अर्ब ९० करोड ७९ लाखको निर्यात भएको थियो ।
आयात निर्यातको हिसाबले नेपाललाई ८ महिनाको अवधिमा कुल व्यापार घाटा ८ खर्ब ६३ अर्ब २० करोड ९३ लाख ८९ हजार रुपैयाँको व्यापार घाटा भएको छ ।
गत वर्ष सो अवधिमा ८ खर्ब ४९ अर्बको व्यपार घाटा भएको थियो । भन्सार विभागका अनुसार ८ महिनामा १० खर्ब २४ अर्ब ७६ करोड ७१ लाख रुपैयाँको व्यापार कारोबार भएको छ । गतवर्ष यो ९ खर्ब ९९ अर्ब थियो । यो समाचार आजको राजधानी दैनिकले छापेको छ।
म्यान्मार- म्यान्मारमा शुक्रबार सुरक्षाकर्मीहरुद्वारा कम्तीमा ८० प्रदर्शनकारी मारिएका छन् । देशको मध्यभागमा पर्ने बागोमा भएको घटनामा परी... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
संचालक तथा सम्पादक देवेन्द्र सम्बाहाम्फे
सह सम्पादक निश्चल काउचा
कार्यकारी सम्पादक ऐश्वर्य श्रेष्ठ
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
खेलकुद सुरजसिं सुब्बा
ग्राफिक डिजाईनर सन्जोग देवान
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
मार्केटिङ रविन श्रेष्ठ
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस