काठमाडाैं-नेपालमा शान्तिपूर्ण प्रदर्शनमा पनि नागरिकमाथि बल प्रयोग बढेको भन्दै एमनेस्टी इन्टरनेसनलले चिन्ता व्यक्त गरेको छ । प्रेस स्वतन्त्रतालाई कुण्ठित पार्ने र नागरिक आवाज दबाउन नेपाल सरकार उद्यत् भएको एमनेस्टीको ठहर छ ।
मानव अधिकारसम्बन्धी यो अन्तर्राष्ट्रिय संस्थाले सन् २०२० मा विश्वका एक सय ४९ मुलुकको मानव अधिकार अवस्था मंगलबार एकैसाथ सार्वजनिक गरेको छ । एमनेस्टीले गत वर्ष नेपालमा नागरिक स्वतन्त्रता कुण्ठित हुने घटना बढेको निष्कर्ष दिएको छ ।
‘विभिन्न विषयमा सरकारको आलोचना गर्न सडकमा निस्किएका नागरिकको शान्तिपूर्ण प्रदर्शनमा पनि प्रायः अत्यधिक बल प्रयोग भएको छ,’ एमनेस्टीले भनेको छ, ‘महामारीको समयमा लगाइएको लकडाउन कार्यान्वयन गराउनसमेत सुरक्षा बलले अक्सर अत्यधिक बलको प्रयोग गरेको छ ।’
त्यस्तै अभिव्यक्ति स्वतन्त्रतालाई पनि गम्भीर असर पार्न सरकार प्रयासरत रहेको एमनेस्टीको टिप्पणी छ । ‘अभिव्यक्ति स्वतन्त्रतालाई गम्भीर ढंगमा कुण्ठित गर्ने प्रावधानसहितका सरकारले ल्याएका मिडिया काउन्सिल विधेयक, आमसञ्चार विधेयक तथा सूचना प्रविधि विधेयकलगायतका विधेयकहरू संसद्मा विचाराधीन छन्,’ प्रतिवेदनमा भनिएको छ । यो समाचार आजको नयाँ पत्रिकाले प्राथमिकता साथ छापेको छ।
म्यान्मार- म्यान्मारमा शुक्रबार सुरक्षाकर्मीहरुद्वारा कम्तीमा ८० प्रदर्शनकारी मारिएका छन् । देशको मध्यभागमा पर्ने बागोमा भएको घटनामा परी... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
संचालक तथा सम्पादक देवेन्द्र सम्बाहाम्फे
सह सम्पादक निश्चल काउचा
कार्यकारी सम्पादक ऐश्वर्य श्रेष्ठ
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
खेलकुद सुरजसिं सुब्बा
ग्राफिक डिजाईनर सन्जोग देवान
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
मार्केटिङ रविन श्रेष्ठ
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस