पोखरा– युवा पत्रकार रञ्जन अधिकारी ‘मित्र मिलन युवा पत्रकारिता सम्मान २०७६’ बाट सम्मानित भएका छन् ।
पोखराको बिग एफएमका स्टेशन म्यानेजर अधिकारीलाई मित्र मिलन कृषि सहकारबी संस्था लि. ले एक समारोहका बीच नगद २५ हजार सहित सम्मान गरेको हो ।
संस्थाको छैटौं वार्षिक साधारणसभा तथा दोस्रो अधिवेशनका अवसरमा प्रमुख अतिथि राष्ट्रिय सहकारी बैंक पोखराका प्रबन्धक सन्तोष घिमिरे, संस्थाका कार्यवाहक अध्यक्ष रमण पौडेल लगायतले पत्रकार अधिकारीलाई सम्मान गरे ।
बिगत ११ वर्षदेखि पत्रकारिता पेशामा निरन्तर क्रियाशील अधिकारी नेपाल पत्रकार महासंघ कास्की शाखाका कार्यसमिति सदस्यसमेत हुन् । खेलकुद पत्रकार मञ्च गण्डकीका उपाध्यक्ष अधिकारी धादिङ पत्रकार समाज पोखराका अध्यक्ष पनि हुन् ।
२०६५ सालमा रेडियो अन्नपूर्णबाट पत्रकारिता सुरु गरेका अधिकारी निरन्तर रेडियो पत्रकारितामा सक्रिय रहँदै गत वर्ष बिग एफएममा स्टेशन म्यानेजर पदमा नियुक्त भएका हुन् ।
५ वर्ष आदर्श समाज दैनिकका साथै गण्डक न्यूजडटकम, गोलनेपाल डटकम, कास्की आवाज दैनिकमाम समेत उनको कार्य अनुभव छ । आवश्यक पर्दा सबै विधामा कलम चलाउने उनी प्रविधिमा दख्खल राख्छन् ।
पत्रकार अधिकारीको यो तेस्रो पुरस्कार हो । ‘यातायात पत्रकारिता पुरस्कार २०७३’ बाट सम्मानित अधिकारीले २०७४ सालमा नेपाल पत्रकार महासंघ कास्की शाखाद्वारा सञ्चालित पोखराकै पहिलो पत्रकार ‘स्व. जगन्नाथ सिग्देल स्मृति युवा प्रोत्साहन पत्रकारिता पुरस्कार प्राप्त गरेका थिए ।
सम्मानित व्यक्तित्व अधिकारीले कसैको समाचार लेखेर सम्मान पाईन्छ भन्ने नसोचेको भन्दै आफूले अहिलेसम्म प्राप्त गरेका सबै सम्मान र पुरस्कार उर्जाशील उमेर पत्रकारिता क्षेत्रमा मात्रै व्यतित गर्दै गर्दाको मूल्यांकन भएको बताए ।
श्रमजीवि पत्रकारलाई यति ठूलो धनराशीको पुरस्कार गर्विलो रहेको भन्दै उनले यस सम्मानले पत्रकारिता क्षेत्रमा जिम्मेवारी थपेको उल्लेख गरे ।
मुलुकको आर्थिक विकासमा सहकारी क्षेत्रको योगदान महत्वपूर्ण रहेकाले सहकारी आफ्नो सिद्धान्त अनुरुप अघि बढ्न पनि उनले सुझाए ।
संस्थाका कार्यवाहक अध्यक्ष पौडेलले अधिकारीले निरन्तर १० वर्ष बढी पोखराका लागि पत्रकारिता क्षेत्र मार्फत योगदान पु¥याएकाले सम्मान गर्न पाउँदा खुशी लागेको बताए । अर्का युवा पत्रकार अर्जुन गिरी गत वर्ष सम्मानित भएका थिए ।
पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा प्रबन्धक किरण अधिकारीले स्वागत तथा गोपाल खनालले सञ्चालन गरेका थिए ।
साधारणसभामा लेखा समितिको प्रतिवेदन, अध्यक्षको प्रतिवेदन समेत प्रस्तुत गरिएको थियो । पत्रकार अधिकारीसँगै उत्कृष्ट शेयरसदस्य, एसईई तथा कक्षा १२ मा उत्कृष्ट शेयर सदस्यका छोराछोरीलाई सम्मान पनि गरिएको थियो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस