झापा -दमक ८, बालुवाटारमा रिटर्नी सेन्टर नेपाल प्रदेश नं १को प्रथम प्रदेश सम्मेलन सम्पन्न भएको छ l
पुर्व पर्यटन तथा नागरिक उड्यान मन्त्री सुदन किराँतीको प्रमुख आतिथ्यमा भएको सम्मेलनले गणेश सौगत कालिकोटेको अध्यक्षतामा ३५ सदस्यीय कमिटि चयन गरेको छ l प्रमुख अतिथि किराँतीले गांउँको हरेक घरमा रिटर्नीहरु भएकोलेले अबको भबिष्य रिटर्नी सेन्टर नेपालको रहेको बताए l विदेशबाट फर्केका रिटर्नीहरुले आफुले सिकेको ज्ञान,सीप,पुजीं ,अनुभव र क्षमता प्रयोग गरि सामुहिक लगानी गरि रोजगारीको सिर्जना गर्नुपर्ने तथा राज्यले रिटर्नीहरुलाई चिनेर सहकार्य तथा सहयोग गर्नुपर्ने बताए l त्यस्तै विशिष्ट अतिथि नेकपा ( माओबादी केन्द्र ) प्रदेश नं १ पार्टी अध्यक्ष हर्क नेम्वाङ (मिक्सो)ले नवगठित कमिटिलाई बधाई तथा शुभकामना ब्यक्त गर्दै रिटर्नी सेन्टर नेपालको हरेक कार्यलाई पार्टीले सहयोग गर्ने बताए l
विशिष्ट अतिथि प्रदेश नं १का पर्यटन बन तथा वातवरण मन्त्री गणेश उप्रेती ( सुसिल )ले नवगठित कमिटिलाई बधाई तथा सुभकामना दिंदै पार्टीको अवधारणामा जोडी उत्पादनमा लगानी गरि रोजगारी सिर्जना मूल उदेश्यका साथ स्थापना भएको रिटर्नी सेन्टर नेपालको आजको समयमा निकै आवश्यकता रहेको बताए l उहाँले स्वदेशमै उत्पादन मुलक उद्योग र कलकारखाना स्थपना गरि ७ वटै प्रदेशमा उदारणीय काम गर्न सकोस भनि पुन शुभकामना ब्यक्त गरे l त्यस्तै खानेपानी तथा सिचाइ मन्त्री नारायण बुर्जा मगरले शुभकामना मन्तब्य ब्यक्त गर्दै पार्टीको लागि आवश्यक रहेको हाम्रो यो संगठनसित सहकार्य गर्ने , रिटर्नी सेन्टर नेपाललाई सफल बनाउन पार्टी तथा आफुले पनि सक्दो सहयोग गर्ने बताए l
विशिष्ट अतिथि रिटर्नी सेन्टर नेपालका केन्द्रिय संयोजक देवेन्द्र सम्बाहाम्फेले गरिबीको चपेटामा परेको हाम्रो देशको अर्थतन्त्र सुधार्न तथा विदेशबाट फर्केका श्रम,सीप ,पूजीं, प्रबिधि ,अनुभव र क्षमता भएका रिटर्नी साथीहरुलाई संगठित गरि आत्मनिर्भरको लागि उत्पादनमा सामुहिक लगानी गराई आफ्नै देशमा रोजगारीको सिर्जना गराउने उदेश्यको साथ निकै संघर्ष गरेर रिटर्नी सेन्टर नेपालको स्थापना भएको बताए l संयोजक सम्बाहाम्फेले सुरुवातमा संगठन स्थापना गर्न साथीहरुलाई संगठनको उदेश्य ,आवश्यकता सुनाउदै आफु एक्लै निकै समय दौडधुप गरेको अनुभव सुनाउदै मेहनत गर्दा गर्दै अहिले धेरै साथीहरुको सहयोगमा देशमा ६ प्रदेश ,६० जिल्ला,१५० भन्दा बढी स्थानीय निकायमा रिटर्नी सेन्टर नेपालको संगठन निर्माण भएको बताए l उहाँले संगठन निर्माण भैसक्यो अब राष्ट्रिय सम्मेलन पश्चात हामी सबैसित सहकार्य गर्दै उत्पादनमा जोड दिंदै ७ वटै प्रदेशमा रोजगारीको सृजना गर्ने बताए l त्यस्तै रिटर्नी सेन्टर नेपालका प्रदेश नं १ का फ्र्याक्सन इन्चार्ज गगन पुरीले प्रदेश नं १ नवगठित पार्टीको कान्छो संगठन रिटर्नी सेन्टर नेपालको फ्र्याक्सन इन्चार्ज आफुले जिम्मवारी पाएपछि धेरै दुख गरेर कमरेडहरुको सहकार्यमा हरेक जिल्लामा संगठन निर्माण तथा प्रदेश भेला गरि अहिले प्रदेश सम्मेलन सम्म आइपुग्दा प्रदेश संगठनमा उत्कृष्ट संगठन प्रदेश नं १ भएको महसुस गरेको बताए l
सम्मेलनमा पार्टीका केन्द्रिय सदस्यहरु हरिकुमार राना ,धिरेन शर्मा ( रमण ),ज्योति सिंह दर्लामी , प्रदेश उपाध्यक्ष .मणि कुमार सम्पाङ ( बिजय ) , प्रदेश माननिय गिता तिमल्सिना , नेकपा बिप्लब का केन्द्रिय सदस्य क .अर्जुन पान्डे,प्रदेश सदस्यहरु सि पि कडरिया, खड्क कन्दङ्वा ( रोसन ) , भुमिका कोइराला ,भानु दंगाल ,सन्तोष , झापा जिल्ला संयोजक राजु आचार्य , लिम्चुङबुङ गाउँपालिका अध्यक्ष मेजर राई, रिटर्नी सेन्टर नेपालका केन्द्रिय सहसंयोजक तथा प्रदेश नं १ का इन्चार्ज डोर बहादुर कार्की , बागमती प्रदेशका उपाध्यक्ष उमेश शेरालुङ,रिटर्नी सेन्टर नेपालका प्रदश नं १ का प्रदेश , जिल्ला ,पालिकाका इन्चार्ज ,संयोजक तथा पदाधिकारीहरुको उपस्थिति रहेका थिए l रिटर्नी सेन्टर नेपाल प्रदश नं १ तदर्थ कमिटिका संयोजक बिशाल भण्डारीको अध्यक्षता भएको सम्मेलनमा स्वागत मन्तब्य सहसयोजक गणेश सौगात कालिकोटेले तथा कार्यक्रम संचालन सचिव नबिन गुरुङले गरेका थिए l
नवगठित प्रदेश पदाधिकारीहरु
अध्यक्ष-गणेश कालिकोटे
उपाध्यक्ष-सम्फर तामाङ
उपाध्यक्ष-दिनेश कार्की
उपाध्यक्ष-रमेश थापा
सचीव-राजकुमार बिस्वकर्मा
सहसचिव-रतन सेन्चुरी
सहसचिव-मीन बा.रानामगर
कोशाध्यक्ष-समुद्रा लामा
सदस्य-राजन कुमार राई
सदस्य-मोहन काजी राई
सदस्य-तिल बा.प्रसाईं
सदस्य-मन कुमार चेम्जोङ
सदस्य-रमेश कुमार आचार्य
सदस्य-सचिन नेपाल
सदस्य-देबेन्द्र लिम्बू
सदस्य-महमद जाकिर
सदस्य-ललित कुमार पण्डित
सदस्य-प्रती बा.राई
सदस्य-टेक बा.बिस्ट
सदस्य-सन्तोष कुमार मेहता
सदस्य-दुर्गा नेपाली
सदस्य-शिव तोलाङ्गी सार्कि
सदस्य-सुन्दर केरुङ(दिप)
सदस्य-सन्त कुमार राई
सदस्य-बिरेन्द्र महतो
सदस्य-उषा सुब्बा लिम्बू
सदस्य-राजन कुमार राई
सदस्य-रमेश कुमार आचार्य
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस