काठमाडौँ-रिटर्नी सेन्टर नेपालले पहिलो सम्मेलन चैत्र ९ र १० गते गर्ने तयारी गरेको छ। चितवन भरतपुरमा हुने सम्मेलनका लागि सेन्टरले स्थानीय तह , जिल्ला र प्रदेश सम्मेलन धमाधम गर्दै छ।
चैत्र ३ गतेसम्ममा सबै प्रदेश सम्मेलन सकेर ९ र १० गते प्रथम राष्ट्रिय सम्मेलन गर्न लागेको हो। । प्रथम सम्मेलनलाई प्रधामन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उद्घाटन र सम्बोधन गर्ने योजना रहेको छ।
सम्मेलनमा गाउपालिक १ ,नगरपालिका २ उपमहानगर ३ महानगर ४ र जिल्लाबाट ३ प्रदेशबा ट १० गरेर १४९५ जना प्रतिनीधि रहनेछन।
‘एक रिटर्नी, एक उद्यम प्रविधिको माध्यम’ भन्ने मूल नारा सहित हुन लागेको प्रथम सम्मेलनमा कृषि तथा डिजिटल प्रविधिबारे वर्कसप समेत हुने जनाइएको छ।
सम्मेलनको तयारी तीब्र रुपामा भैरहेको प्रचार बिभागका प्रमुख रमेश खावाजुले जनाए। खावाजुका अनुसार बागमती प्रदेश सम्मेलन सकिएको र २६ गते गण्डकी , २९ गते मधेश प्रदेश , ३० गते सूदुरपश्चिम चैत्र ३ गते प्रदेश न १ र लुम्बिनी , ६ /७ गते कर्णालीको प्रदेश सम्मेलन हुने भएको छ ।
स्थापना भएको केहि महिनामै ६० भन्दा बढी जिल्लामा संगठन निर्माण गरेको सेन्टरले बिदेशमा सिकेको ज्ञान,सीप ,प्रविधी र आर्जन गरेको पूजीलाई प्रयोग गरेर नेपालमा उत्पादन बढाउने,रोजगारी सिर्जना गर्ने लक्ष लिएको छ। सेन्टरले गत पौष १० प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भेटेर बन्द कल कारखाना हेटौडा कपडा उद्योग, बुटवल धागो कारखाना संचालन गर्नुपर्ने ,७७ जिल्लामा किसानको बजार स्थापना गर्नुपर्ने , कोरियाली प्रविधि प्रयोग गरी ग्रीन इनर्जी इट्टा उद्योग संचालन गर्नुपर्ने लगायत ५ बुंदे माग राखेको छ ।बन्द कलकारखाना सन्चालन गर्न वैदेशिक रोजगारबाट फर्केका र वैदेशिक रोजगारीमा रहेका युवाहरुको परिवारको भुमिका हुनुपर्ने सेन्टरले माग राखेको छ । सेन्टरकै माग अनुसार प्रधानमन्त्रीले बन्द कलकारखाना संचालन गर्ने घोषणा गरेका हुन ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस