झापा – नेकपा ( माओबादी केन्द्र )को जिल्ला पार्टी कार्यलय गौरीशंकर प्रतिष्ठान हल बिर्तामोडमा रिटर्नी सेन्टर नेपाल झापा जिल्लाको प्रथम जिल्ला सम्मेलन सम्पन्न भएको छ ।
नेकपा( माओबादी केन्द्र )का केन्द्रिय सदस्य तथा प्रदेश नं १ का संसदीय दलका नेता. इन्द्र आङ्बो मौसमको प्रमुख आतिथ्यमा भएको सम्मेलनले सुबास चन्द्र मैनालीको अध्यक्षतामा ३१ सदस्यीय झापाको कमिटी सर्बसम्मत चयन गरेको छ l सम्मेलनमा दिनेस कार्किको संयोजकत्वमा उत्पादन ,प्रबिधी ७ जनाको टिम पनि सर्बसम्मतले चयन गरेको छ lसम्मेलनमा बोल्दै प्रमुख अतिथि प्रमुख अतिथि इन्द्र आङ्बोले विदेशबाट सिकेका ज्ञान सीप ,पुंजी र प्रबिधीको प्रयोगले उत्पादन तथा अन्य क्षेत्रमा सामुहिक लगानी गरि रोजगारीको सृजना गर्ने बताए l त्यस्तै झापा पार्टी जिल्ला इन्चार्ज झलक सिं दर्लामीले पार्टी झापा जिल्ला कमिटिले रिटर्नी सेन्टर नेपाल बनाउने कुरामा आफुले भरपुर सहयोग गर्ने बताए l
बिशेष अतिथि रिटर्नी सेन्टर नेपाल प्रदेश नं १ का फ्याक्सन इन्चार्ज गगन पुरीले प्रदेश नं १ मा रिटर्नी सेन्टर नेपालको संगठन निर्माणको लागि हरेक तवरले सहयोग बताए l त्यस्तै बिशेष अतिथि प्रदेश नं १ प्रदेश सदस्य तथा रिटर्नी सेन्टर नेपाल केन्द्रिय सचिव भिम लकान्द्रीले अबको राजनीति परम्पराबादी हैन समय सापेक्ष हुनुपर्ने बताए । केन्द्रिय सचिव लकान्द्रीले बैदेशिक रोजगारबाट फर्किएका नेपालिहरुबाट प्राप्त ज्ञान् ,सीप,पूंजी र प्रबिधिलाइ उत्पादन तथा उद्धमशिलता सङ्ग जोडेर समृद्धि नेपाल निर्माण गर्दै समाजबादको यात्रामा जानको लागि रिटर्नीहरुको प्रमुख भुमिका रहनेमा कुनै दुबिधा नरहेको बताउनुभयो।
रिटर्नी सेन्टर नेपालका केन्द्रिय सचिवालय सदस्य तथा अन्तराष्ट्रिय बिभाग प्रमुख रमेश तुफान पण्डितले रिटर्नी सेन्टर नेपालको परिचय र आवश्कताको महत्व दर्साउदै अहिले हामी नंया प्रविधि र युगकाे माग अनुसार चल्नुपर्ने , एआई प्रबिधि जस्ता अत्यधिक प्रविधिले विश्वलाई अघि बढाएकाे सद्दर्भमा साेहि अनुसार अघि बढ्न र रिटर्नीकाे श्रम,सिप,पुंजीलाई सदुपयोग गरि वृहत उत्पादन अभियान सञ्चालन गरि रोजगारीको सिर्जना गर्नुपर्ने बताए l झापा जिल्ला सम्मेलनमा पार्टीका केन्द्रिय सदस्य हरि राना ,प्रदेश नं १ उपाध्यक्ष विजय साङपाङ्र् ,जिल्ला सदस्य राजु चुडाल, सिपि कडरिया , रोशन कन्दवा, बोधराज दाहाल , प्रदेश ,जिल्ला,पालिका तथा रिटर्नी सेन्टर नेपालका प्रदेश संयोजक बिशाल भण्डारी , प्रदेश सहसंयोजक गणेश कालिकोटे , अन्तराष्ट्रिय बिभागका सचिव राम संजेल ,झापा जिल्ला इन्चार्ज ज्ञानेन्द्र सम्बाहाम्फे तथा प्रदेश , जिल्ला तथा पालिकाका विभिन्न पदाधिकारी पनि सहभागिता रहेका थिए l
झापा जिल्ला सम्मेलनले चयन गरेका पदाधिकारीहरु
अध्यक्ष-सुवासचन्द्र मैनाली
उपाध्यक्ष-शैलेन्द्र लिम्बु
उपाध्यक्ष :-मेनुका काफ्ले
उपाध्यक्ष :-दिलिप बुढाथोकी
सचिव-प्रबिण बानियाँ
सह-सचिव जयमोक्तान
सह-सचीव याम मगर
सह सचीव :- फुल कुमारी राजबङसी
कोषाध्यक्ष-घनश्याम नेपाल
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस