नेकपा ( माओबादी केन्द्र ) को पार्टी कार्यालय पेरिस डांडामा रिटर्नी सेन्टर नेपाल बागमती प्रदेशको प्रथम प्रदेश सम्मेलन सम्पन्न भएको छ ।
नेकपा ( माओबादी केन्द्र ) का केन्द्रिय उपाध्यक्ष तथा बागमती प्रदेशका इन्चार्ज अग्नि सापकोटाको प्रमुख आतिथ्यमा भएको सम्मेलनले दिपेन्द्र कार्कीको अध्यक्षतामा ३७ सदस्यीय कमिटि चयन गरेका छन् l सम्मेलनमा प्रमुख अतिथि सापकोटाले पार्टीमा उधमशिलताको बारेमा कसरी अघि बढ्ने नीति तथा उधमशिलतामा नगई देश बन्दैन भन्ने बारे गहन छलफल भैरहेको बताए l उहाँले रिटर्नी सेन्टर नेपालले विदेशबाट फर्केर आएका साथीहरुको ज्ञान ,सीप ,पूंजी तथा आधुनिक प्रविधिहरु प्रयोग गरि उत्पादनमा जोडी रोजगारीको बातावरण बनाइ देश निर्माणमा सहयोग गर्नुपर्ने बताए l त्यस्तै बिशेष अतिथि , बागमती प्रदेशका मुख्यमन्त्रीका राजनैतिक सल्लाहकार तथा अर्थ राजनीतिमा दख्खल भएका केन्द्रिय सदस्य डिपी ढकालले कुनै समयमा युद्धको चपेटा परि निकै दयनीय अवस्थामा पुगेका जापान ,कोरिया लगायत अन्य देशहरुका युवाहरु कामदारको रुपमा विदेश गई सीप सिकेर फर्की आफ्नो देशको बिकाशमा योगदान गरेको बताए l बिशेष अतिथि ढकालले रिटर्नी सेन्टर नेपालले विदेशबाट फर्केका अनुभवी युवाहरुको सीप तथा पूंजीको सहि परिचालन गरि रोजगारीको सिर्जना गरि देश बिकाशमा टेवा पुर्याउने विश्वास लिएको र आफुले सक्दो हरेक तवरबाट रिटर्नी सेन्टर नेपाललाई सहयोग गर्ने बताए l
सम्मेलनमा विदेश अतिथि रिटर्नी सेन्टर नेपालका केन्द्रिय सहसंयोजक तथा बागमती प्रदेशका इन्चार्ज हेमन्त पौडेलले रिटर्नी सेन्टर नेपालको परिचय , स्थापनाको उदेश्य ,सदस्यहरुको भूमिका , सांगठनिक गतिबिधिहरुको बारेमा बताए l उहाँले रिटर्नी सेन्टर नेपालको उदेश्य अनुरुप उत्पादनमुलक क्षेत्रमा सामुहिक लगानी गरि रोजगारीको सृजना गर्नको लागि विभिन्न अध्ययन ,अनुसन्धान तथा योजनाहरु बनिरहेको जानकारी दिए l त्यस्तै रिटर्नी सेन्टर नेपालका केन्द्रिय सचिव भिम लकान्द्रीले रिटर्नी सेन्टर नेपाल अन्य संगठन भन्दा फरक यसले पार्टीका झन्डा तथा कार्यकर्ताहरुलाई होइन देश विकासका लागि ,समाज समृद्धिका लागि उत्पादन र उधमशिलता बिशेष प्राथमिकतामा राखेर अघि बढ्ने बताए lकेन्द्रिय सचिव लकान्द्रीले उत्पादन ,कृषि ,होटेल तथा अन्य बिभिन्न क्षेत्रमा सामुहिक लगानी गरि रोजगारीको सृजना गर्ने बताए l उहाँले रिटर्नी सेन्टर नेपालले निकै छोटो समयमा करिब ९ महिनाको अवधिमा करिब ६ प्रदेश ,६० जिल्ला तथा १०० पालिकामा संगठन निर्माण गरिसकेको बताए l
सम्मेलनमा बिशेष अतिथिहरु रिटर्नी सेन्टर नेपालका केन्द्रिय सहसंयोजक तथा गण्डकी प्रदेशका इन्चार्ज रामचन्द्र अधिकारी क्षेत्री ,केन्द्रिय सह संयोजक तथा मधेश प्रदेशका इन्चार्ज नाबिराज खान , अतिथिहरु केन्द्रिय सचिवालय सदस्यहरु रमेश खावाजु ,धनध्वज मल्ल ठकुरी , घनश्याम भट्टराई ,अतिथि गण्डकी प्रदेश संयोजक इश्वरी ढकाल , बिभिन्न प्रदेश,जिल्ला ,पालिकाका इन्चार्ज ,संयोजक तथा पदाधिकारीहरुको पनि सहभागिता रहेका थिए l दिपेन्द्र कार्कीको अध्यक्षतामा भएको बागमती प्रदेशको सम्मेलनमा स्वागत मन्तब्य भुवन कार्की तथा कार्यक्रम संचालन प्रेम चौलागाईंले गरेका थिए l
अध्यक्ष – दीपेन्द्र कार्की
उपाध्यक्ष -आरसी डंगोल
उपाध्यक्ष -उमेश शेरालुङ्ग
उपाध्यक्ष -ज्ञान तामाङ्ग
सचिव -गान्दीप गौतम ‘प्रल्हाद ‘
सह सचिव – भुवन कार्की
सह-सचिव -किशोर सापकोटा
कोषाध्यक्ष -रविता चौधरी
सदस्य – गोपाल तामाङ्ग
सदस्य-यादवजंग रायमाझी
सदस्य -राजेश लामीछाने
सदस्य – धर्मराज खनाल
सदस्य – मनिजकुमार भुजेल
सदस्य – नवराज श्रेष्ठ
सदस्य -श्यामकाजी श्रेष्ठ
सदस्य -रोजबहादुर श्रेष्ठ
सदस्य -अशोक तामाङ्ग
सदस्य -रमेश तामाङ्ग
सदस्य -कामी नाक्पो
सदस्य -अनन्त पौडेल
सदस्य -महेन्द्र गुरुङ
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस