सोल-दक्षिण कोरियाले कोरोना संक्रमणमा नियन्त्रण कायम गर्न सफल भए पश्चात आफ्नो सम्पूर्ण ध्यान आर्थिक समृद्धि तर्फ केन्द्रीत गर्न थालेको छ । जनताको दैनिकी सामान्य बनाउन तथा देशमा जारी रहेको आर्थिक संकटलाई मिलेर सामना गर्नका लागि सरकारले आफ्नो ध्यान खिचेको छ ।
सरकारले शुक्रवार एक निर्देशिका जारी गर्दै नागरिकको जिवनलाई कसरी सामान्य तर्फ उन्मुख गर्ने र आर्थिक गतिविधि समेत सुरु गर्ने भन्ने बारे सर्वसाधारणलाई सुसुचित गरेको हो ।
कोरोना संक्रमण फैलिने सम्भावनालाई कम गर्दै कसरि दैनिकी सामान्य बनाउने भन्ने बारेका जानकारी मुलक तथा सचेतनात्मक जानकारी सहितको सो निर्देशिका कोरियाले १३ वटा मन्त्रालयका अधिकारी सम्मिलित विशेष बैठकबाट पारित गराएको हो ।
मानिसका दैनिक जिवनका ३१ वटा मुख्य मुद्धालाई सम्बोधन गर्ने गरि सो निर्देशिका जारि गरिएको अधिकारीले बताएका छन् ।
निर्देशिका अनुसार ज्वरो आएमा तथा विदेशबाट आएको २ हप्ता नभएसम्म घरमै बस्नु पर्ने, दुई मिटरको भौतिक दुरी कायम गर्ने तथा साबुन पानीले हात धोइरहने, फेस टु फेस भएर कुराकानी नगर्ने तथा अभिवादन गर्दा हात मिलाउनुको साट्टो शीर केही झुकाएर अभिवादन गर्ने, ब्यापारीहरुले ग्राहाकहरुको भीडभाड हुन नदिने तथा अन्य प्रयोजनका लागि भेला हुँदा फेस मास्कको प्रयोग अनिवार्य गर्ने रहेका छन् ।
सरकारले माथि उल्लेखित निर्देशिका निर्देशन नभई नागरिकहरुको दैनिक जनजिवन सामान्य बनाउन गरिएको पहलका रुपमा लिन अनुरोध समेत गरेको छ ।
सरकारी अधिकारीका अनुसार माथि उल्लेखित निर्देशिकाले कोरोना पूर्ण रुपमा निस्तेज पार्ने नभई संक्रमण फैलिन नदिन मद्दत मात्र गर्ने पनि बताएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस