सोल-दक्षिण कोरियामा भईरहेका उत्तर कोरिया विरोधी आन्दोलनलाई बन्द गर्न नसकेपछि दुई कोरिया बीचको विवाद उत्कर्षमा पुगेको छ ।
पछिल्ला दिनहरुमा उत्तर कोरियाले दक्षिण कोरियालाई धम्कीपूर्ण वक्तव्य समेत दिने गरेको छ । हाल विकसित घटनाक्रमलाई लिएर उत्तर कोरियाले ठूलो संख्यामा सैन्य टोलि सैन्य निशेधित क्षेत्र तर्फ अघि समेत बढाएको छ ।
उत्तर कोरियाली जनसेनाका एक अधिकारीका अनुसार हाल दक्षिण कोरियाको गतिविधिलाई मुल्याङ्कन गर्दै उत्तर कोरियाली सैनिकहरुलाई उत्तर दक्षिण सैन्य सम्झौता भएको क्षेत्र अर्थात डिमिलिटराईज जोन तर्फ अगाडी बढाइएको छ ।
उनले अघि भनेका छन् – ‘आदेश पाउना साथ जस्तो सुकै सैन्य कारवाही गर्न सक्षम उत्तर कोरियाली सैनिकहरु उच्च सावधानीका साथ उक्त क्षेत्र तर्फ अघि बढीरहेका छन् ।’
जुन महिनाको सुरुबाटै उत्तर कोरियाले दक्षिण कोरियामा प्योङयाङ विरोधि गतिविधि तिव्र रुपमा भइरहेको तथा दक्षिण कोरिया सरकार उक्त मुद्दामा उदासीन भएर बसेको आरोप लगाउदै उसले समयमा नै त्यस किसिमका गतिविधि बन्द नगरिए उत्पन्न परिस्थितिको जिम्मेवारी दक्षिण कोरियाले लिनुपर्ने पनि जनाएको थियो ।
उत्तरले यदि दक्षिण कोरियाको उदासिनता जारी रहेमा सन् २०१८ को सैन्य सम्झौता समेत रद्द गर्ने चेतावनी दिएको थियो ।
दक्षिण कोरियामा आफ्नो देशको नेतृत्वका बारेमा भ्रामक तथा नकारात्मक प्रचार भइरहेको तथा दक्षिण सरकार उक्त मुद्दामा मौन समर्थक भएर बसेको बताउदै उत्तर कोरियाले त्यस्ता गतिविधिलाई निश्तेज बनाइने समेत उल्लेख गरेको छ ।
यदि दक्षिण कोरियाले समयमा नै यस घटनालाई सम्बोधन नगरे उ विरुद्ध कठोर कदम चालिने उत्तर कोरियाले जनाएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस