दैलेख – गत जेठ ५ गते कर्णाली प्रदेशमा दैलेख जिल्लाको आठबिस नगरपालिका वडा १ सात्तलाका ३५ वर्षीय युवकमा पहिलो कोरोना सङ्क्रमण पुष्टि भयो । उनी ४१ दिन भारतको वनवासमा क्वारेनटाइनमा बसेर महेन्द्र नगर हुँदै दैलेख आएका थिए ।
सीमापारि भारतको वनवासमा अलपत्र परेका नागरिकको उद्धारका क्रममा नगरपालिकाले चैत ३१ गते सङ्क्रमित युवासँगै ३९ जनालाई उद्धार गरी ल्याइएको थियो । उद्धार गरी ल्याइएका ३९ जनालाई नगरपालिका वडा नः १ मा रहेको लक्ष्मी माध्यमिक विद्यालयमा क्वारेनटाइनमा राखेर स्वाब परीक्षण गर्दा एक जनामा कोरोना सङ्क्रमण भएको थियो ।
त्यस यता लगातार दैनिक १२० जना सम्ममा कोरोना सङ्क्रमण पुष्टि हुन थालेपछि सरकारले दैलेख लगायतका चार जिल्लालाई कोरोनाको हटस्पट भएको भन्दै उच्च सर्तकर्ता अपनाउन निर्देशन दिएको थियो । कर्णाली प्रदेशको सबै भन्दा बढी कोरोना सङ्क्रमण पुष्टि भएको दैलेख कोरोनाको रेडबाट ग्रिन जोनतर्फ प्रवेशको चरणमा रहेको छ ।
चार महिनादेखि कोरोना महामारी समस्या झेल्दै आएको दैलेखमा पछिल्ला दिन कोरोनाका बिरामीहरू घट्दै गएपछि ग्रिन जोनमा झार्नका लागि जिल्लाको सुरक्षा,स्वास्थ्य,र स्थानीय तह त्यसतर्फ केन्द्रित भएका छन् ।
जिल्लाका ११ स्थानीय तहमा रहेको दैलेखमा शनिवार सम्म ९३४ जना कोरोनाका बिरामी मध्ये ९०९ जना कोरोना मुक्त भई डिस्चार्ज भएको र २५ जना आइसोलेसनमा राखेर उपचार गराइरहेको स्वास्थ्य सेवा कार्यालय दैलेखको विवरणमा उल्लेख गरिएको छ ।
कोरोना विपद् व्यवस्थापन समिति दैलेखका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी युवाराज कट्टेलले कोरोना परीक्षणका लागि दुई वटा तरीकाबाट अवलम्बन गरी परीक्षण गर्दा रिपोर्ट सन्तोषजनक आएपछि दैलेख ग्रिन जोनतर्फ प्रवेश गरेका बताएका छन् ।
उनले जिल्ला स्तरको कोरोना विपद् व्यवस्थापन समिति, स्वास्थ्य सेवा कार्यालय, सुरक्षा निकाय, स्थानीय सरकारहरू र नागरिकहरूले देखाएको सतर्कताका कारण दैलेखमा कोरोनाका बिरामी बढ्न नपाएकाले त्रासमा रहनुपर्ने अवस्था नरहेको बताएका छन् ।
उनले भने, – हामी कुनै बेला कोरोना सङ्क्रमण समुदायमा जाने र ठूलो समस्या पैदा हुन्छ कि भन्ने अवस्थामा थियो त्यो बीचमा हामीले ठुलो कठिनाइ भोग्नुप¥यो त्यही कठिनाइको परिणामले अहिले हामी कोरोनाको रेड जोनबाट ग्रिन जोनतर्फ फर्कने तयारीमा छौ ।
जिल्ला स्वास्थ्य सेवा कार्यालय दैलेखका कोरोना फोकल पर्सन थीरप्रसाद रेग्मीले पछिल्ला दिनहरूमा समुदाय स्तरमा समेत कोरोना सङ्क्रमण फैलियो की भन्ने आंशकामा दैलेखका ११ स्थानीय तहका विभिन्न वडामा बस्ने नागरिकको स्याम्पलका रूपमा ७० वर्ष माथिकाको पिसिआर परीक्षण गरिएको बताएका छन् ।
उनले कन्ट्याक ट्रेसिङबाट कोरोना पोजेटिभ नदेखिनु, आइसोलेसनमा रहेका धेरै बिरामी उपचार पछि घर फर्किएका कारण दैलेख रेड जोनबाट ग्रिन जोनमा प्रवेशको चरणमा रहेको बताएका छन् ।
उनले दिएको जानकारी अनुसार स्वास्थ्य सेवा कार्यालयको आइसोलेसनमा १५ जना, दुल्लु अस्पतालको आइसोलेसनमा एक जना, महाबु आइसोलेसनमा आठ जना, डुंगेश्वर आइसोलेसनमा एक जना गरी २५ जना कोरोनाका बिरामी आइसोलेसनमा रहेका छन् ।
नारायण नगरपालिका दैलेखका नगर प्रमुख रत्नबहादुर खड्काले व्यवस्थापन कमजोर भएका कारण कोरोना सङ्क्रमण दर बढेपनि पछिल्लो समय व्यवस्थापन राम्रो र सुरक्षा सम्बेदनशीलता बढाए सँगै कोरोना सङ्क्रमण दर घट्दो अवस्थामा रहेको बताएका छन् ।
उनले भारत बाट उद्धार गरेर ल्याएका नागरिकको पिसिआर परीक्षण गर्दा रिर्पोट ढिला आएका कारण पनि कोरोना बढेको बताउँदै दैलेखमै पिसिआर प्रयोगशाला आएपछि सहज भएको बताए ।
उनले भने, – यो चार महिनामा हामीले कोरोना सङ्क्रमितलाई राख्नको लागि आइसोलेसन अस्पताल निर्माण गरेर र पिसिआर ल्याव सञ्चालनमा ल्याएपछि धेरै सहज भएको भन्दै त्यसको समन्वय गर्ने प्रतिनिधिसभा सदस्य रवीन्द्र शर्मा र प्रदेश सांसद अम्मर थापालाई विशेष धन्यवाद दिएका छन् ।
उनले भने, – सङ्घको सांसदले खर्च गर्न पाउने रकमबाट पिसिआर ल्याव खरिद र प्रदेश सांसदले खर्च गर्न पाउने रकम बाट आइसोलेसन अस्पताल निर्माण गरेेेेेपछि सहजता भएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस