वीरगञ्ज – पर्सामा पछिल्लो पटक २१ जना महिला सहित थप ७० जनामा संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालको प्रयोगशालामा परिक्षण गरी सोमबार राती अबेर र मंगलबार बिहान सार्वजनिक गरिएको परिक्षण रिर्पोट अनुसार पर्सामा थप ७० जनामा कोरोना संक्रमण देखिएको हो ।
जिल्ला स्वास्थ्य कार्यालय पर्साका स्वास्थ्य निरीक्षक जयमोद ठाकुरले पछिल्लो रिर्पोट अनुसार सोमबार राती ५५ जना र मंगलबार बिहान १५ जना गरी थप ७० जनामा कोरोना संक्रमण देखिएको बताएका छन् । जसमध्ये पर्साका ६५ जना र बारा घर भई पर्सामा बसोवास गर्दै आएका ५ जना रहेका छन् ।
कन्टयाक्ट ट्रेसिङ्गमा परेका चिकित्सक , स्वास्थ्यकर्मी , अस्पतालका कर्मचारी , प्रहरी , थुनुवा सहित सर्वसाधारण गरी ४९ जनामा संक्रमण पुष्टि भएको र ज्वरो ,रुघाखोकी , पखाला लागेर शंका लागि आफै पैसा तिरेर पिसिआर परीक्षण गराएकाहरु मध्येबाट २१ जनामा संक्रमण पुष्टि भएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय पर्साका स्वास्थ्य निरीक्षक ठाकुरले दिनुभएको जानकारी अनुसार नेशनल मेडिकल कलेजमा कार्यरत २ जना चिकित्सक , १ जना स्वास्थ्यकर्मी , भवानी अस्पताल वीरगञ्जका ४ जना अस्पतालका कर्मचारी र पर्साको धोबिनी गाँऊपालिकाका एक स्वास्थ्यकर्मीका संक्रमण पुष्टि भएको छ ।
नारायणी अस्पतालको ओपीडीमा कार्यरत वीरगञ्ज–३ प्रगतिनगरका ३३ वर्षीय र बारा नकटुवाका ४५ वर्षीय पुरुष, अस्पतालकै पेड्रियाट्रिक वार्डमा कार्यरत बारा पथलैयाका २३ वर्षीय पुरुष र अस्पतालकै क्वाटरमा बस्दै आएकी ३५ वर्षीया महिलामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।
त्यस्तैगरी वडा प्रहरी कार्यालय विर्ताका ३ जना थुनुवा र ४ जना प्रहरीमा समेत संक्रमण पुष्टि भएको छ । जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक मनोजीत कुँवरका अनुसार हालसम्म पर्सा जिल्लामा ३२ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भइसकेको छ । क्वारेन्टिनमा खटिएका प्रहरी बाहेक भिडभाडमा खटेर ड्युटी गर्ने प्रहरीहरुमा समेत संक्रमण देखिएको उनले बताए ।
त्यस्तैगरी अन्य थपिएका नयाँ संक्रमितहरुमा वीरगञ्ज महानगरपालिका ४ वीर्ताका ९ जना , वडा नम्बर १ र ६ का ५÷५ जना , वडा नम्बर १० का ४ जना , वडा नम्बर १२ , १३ , र १६ का २/२ जना तथा वडा नम्बर ३ , ७ र १५ का १/१ जनामा पनि संक्रमण पुष्टि भएको छ ।
आफै पैसा तिरेर पिसिआर परिक्षण गर्दा संक्रमण पुष्टि भएका २१ जनामा वीरगञ्ज–१३ का ३५ वर्षीय, वीरगञ्ज–४ विर्ताका २४ वर्षीय, वीरगञ्ज–१० आदर्शनगरका ४८ वर्षीय पुरुष, ४५ वर्षीया महिला, वीरगञ्जकै ३७ वर्षका पुरुष र नारायणी अस्पतालमा भर्ना भएका वीरगञ्ज–१५ भिष्वाका ४५ वर्षीय पुरुष, वीरगञ्ज– ७ रामटोलका ५५ वर्षीया महिला र वीरगञ्ज–१६ नगवाका ६१ वर्षीय पुरुष , वीरगञ्ज– १० लिंंक रोडका २९ वर्षीय, वीरगञ्ज–६ रेशमकोठीका ३८ वर्षीय पुरुष, वीरगञ्ज–६ माइस्थानका ४८ वर्षीय पुरुष, १८ वर्षीय युवक र २१ वर्षीया युवती, वीरगञ्ज–४ विर्ताका ७६ वर्षीय वृद्ध, वीरगञ्ज–१२ मुर्लीकी ५५ वर्षीया महिला र वीरगञ्ज–१५ भिष्वाका १५ वर्षीय पुरुष र वीरगञ्ज– २ छपकैयाका ६५ वर्षीय पुरुष रहेका छन् ।
त्यस्तैगरी पर्साको जगरनाथपुर गाउँपालिका–३ का ३० वर्षीया महिला र ३ वर्षीया बालिका, बाराको जितपुर सिमरा उपमहानगरपालिस्थित सिमरा क्वारेन्टिनका ४५ वर्षीय पुरुष र बाराको निजगढमा कार्यरत ३० वर्षीय सशस्त्र प्रहरी जवानमा आफै पैसा तिरेर गराएको पिसिआर परिक्षणमा कोरोना संक्रमण देखिएको हो ।
सोमबार राती अबेर र मंगलबार बिहान गरी थप ७० जनामा संक्रमण पुष्टि भएसँगै पर्सामा जिल्लामा संक्रमितको संख्या १ हजार १ सय १० पुगेको जिल्ला स्वास्थ्य कार्यालय पर्साले जनाएको छ । यसअघि आइतबार राति पनि पर्सामै स्वास्थ्यकर्मी र प्रहरीसहित २२ जनामा संक्रमण भेटिएको थियो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस