काठमाडौँ-नेकपामा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समूहले लामो विवादपछि दोस्रोपटक दुई अध्यक्षबीच भएको कार्यविभाजनको औचित्य सकिएकोे निष्कर्ष निकालेको छ ।
प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओलीले सहमति कार्यान्वयन नगरेपछि भदौ २६ गते स्थायी कमिटी बैठकले तय गरेको कार्यविभाजनको औचित्य सकिएको निष्कर्ष निकालेको हो ।
यस्तो निष्कर्षपछि प्रचण्ड–नेपाल समूह अब सबै विषयमा छलफल र निर्णय क्रमशः सचिवालय, स्थायी कमिटी र केन्द्रीय कमिटीबाट गर्ने तयारीमा जुटेको छ ।
‘विवाद हल गर्दै सकिएको स्थायी कमिटी बैठकले स्पष्ट रूपमा दुई अध्यक्षको कार्यविभाजन गरेको थियो । तर, स्थायी कमिटीका निर्णय कार्यान्वयनमा प्रधाममन्त्री एवं पार्टी अध्यक्ष ओली तयार भएनन् ।
अब उक्त कार्यविभाजनको औचित्य सकियो,’ प्रचण्ड–नेपाल समूहमा रहेका स्थायी कमिटीका एक सदस्यले भने, ‘थप छलफल सचिवालय, स्थायी कमिटी र केन्द्रीय कमिटीमा हुन्छ ।’ उनका अनुसार प्रधानमन्त्री एवं अध्यक्ष ओली समूह सहभागी नभए पनि अब औपचारिक बैठकको प्रक्रिया सुरु हुन्छ ।’
७९ दिनसम्मको विवाद र शक्तिसंघर्षपछि २६ भदौमा सकिएको स्थायी कमिटी बैठकले ‘अध्यक्षद्वयको कार्यविभाजन तथा कार्याधिकार स्पष्ट’ गर्ने गरी प्रस्ताव पारित गरेको थियो ।
प्रस्तावअनुसार ओली प्रतिनिधिसभाको यो कार्यकालभरि प्रधानमन्त्रीको जिम्मेवारीमा रहेर सरकारलाई नेतृत्व गर्ने र सरकारको काममा केन्द्रित हुने तथा प्रचण्ड कार्यकारी अधिकारसहित पार्टीका बैठकहरूको सञ्चालन, निर्णयहरूको कार्यान्वनय र समग्र पार्टी कामको जिम्मेवारीमा केन्द्रित हुने गरी कार्यविभाजन गरिएको थियो । यो समाचार आजको नयाँ पत्रिकाले छापेको छ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस