काठमाडौं-प्रधानमन्त्री केपी ओलीले सचिवालय बैठकमा व्यक्त गरेको मन्तव्यलाई जस्ताको तस्तै सार्वजनिक गरेर चुनौती दिएको विश्लेषणसहित अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समूहले देशव्यापी रूपमा आक्रामक रूपले प्रस्तुत हुने गरी ‘काउन्टर’ रणनीति बनाएको छ । यो समाचार आजको नयाँ पत्रिकाले छापेको छ।
समाचार अनुसार ओली समूहलाई ‘काउन्टर’ दिन प्रचण्ड–नेपाल समूहले बैठक बोलाउन ओलीलाई लेखिएको पत्र, त्यसको जवाफमा ओलीले लेखेको पत्र, त्यसको जवाफमा प्रचण्डले लेखेको पत्र र प्रचण्डको प्रस्तावलाई तल्लो तहसम्म छलफलमा पठाउने योजना बनाएको छ ।
अध्यक्ष प्रचण्डले ३ मंसिरमा पेस गरेको राजनीतिक प्रतिवेदन बुकलेटका रूपमा प्रकाशन गरेर केही प्रति सातवटै प्रदेशमा पठाएको छ । तर, सोमबार प्रदेश तहमा पठाउन तयार पारिएका बुकलेटमा प्रचण्डको राजनीतिक प्रतिवेदन समावेश गरिएकोमा वरिष्ठ नेता नेपालले आपत्ति जनाएका कारण त्यसलाई सच्याएर मंगलबारसम्म सबै प्रदेशमा पठाइने स्थायी कमिटीका एक नेताले जानकारी दिए ।
प्रचण्डसहित वरिष्ठ नेता झलनाथ खनाल, नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठबीचको परामर्शमै बुकलेट तयार पारिए पनि प्रचण्डको प्रतिवेदन मात्र छापिएपछि नेपालले आपत्ति जनाएका थिए । स्रोतका अनुसार प्रचण्डको प्रतिवेदनलाई मात्र त्यसरी तलसम्म पठाउँदा पार्टी एकतामा आँच पुग्न सक्ने भन्दै नेपालले आपत्ति जनाएका थिए ।
उनको आपत्तिपछि २२ कात्तिकमा प्रचण्डसहित सचिवालयका पाँच शीर्ष नेताले बैठक माग गर्दै बुझाइएको अनुरोधपत्र र २८ कात्तिकमा ओलीले सबै नेतालाई बोदार्थ राखेर दिएको प्रत्युत्तरपत्रसमेत समेटेर पुनः बुकलेट प्रकाशन गरिएको हो । अघिल्लो प्रकाशन स्थगित गरेर संशोधनसहित प्रकाशित बुकलेटलाई मंगलबार साँझसम्म प्रदेशहरूमा पठाउने प्रचण्ड–नेपाल समूहको तयारी छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस