काठमाडौँ- काठमाडौं जिल्लामा पछिल्लोपटक सरकारले सञ्चालन गरेको कोरोनाविरुद्भको खोप अभियानअन्तर्गत एक लाख ४८ हजार ३३४ जनाले भेरोसेल खोपको पहिलो मात्रा लगाएका छन् ।
स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख बद्रीबहादुर खड्काले गत असार २९ देखि साउन १ सम्म उक्त संख्यामा भेरोसेलको पहिलो मात्रा लगाइएको जानकारी दिएका छन् । शुक्रबार मात्रै ३२ हजार २५५ जनाले खोप लगाएका छन् । त्यसो त मौज्दात खोप अभाव भएको भन्दै स्वास्थ्य कार्यालयले शुक्रबार दिउँसोदेखि नै अभियान स्थगित गरेको छ । असार ३१ मा ५८ हजार ६२०, असार ३० मा ४३ हजार ३३४ जना र असार २९ मा १३ हजार ६६३ जनाले खोप लगाएको कार्यालयले जनाएको छ ।
पछिल्ला दिनमा जिल्लाले ५० वटा खोप केन्द्र सञ्चालनमा ल्याएको थियो । यसपटक ५५ वर्षमाथिका सबै नागरिक, शिक्षक, प्राध्यापक, कर्मचारी, सवारी चालक, सहचालक लगायतका पेशामा आवद्धलाई खोपको प्राथमिकतामा राखिएको थियो । स्वास्थ्य सेवा विभागले काठमाडौंलाई १ लाख ५७ हजार ४०० डोज खोप उपलव्ध गराएको थियो।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस