काठमाडौँ – पूर्वअर्थमन्त्री तथा कांग्रेस नेता डा. रामशरण महतले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसीसी) चीनविरुद्ध नरहेको बताएका छन् ।
नयाँबानेश्वरस्थित संसदमा भवनमा मंगलबार बसेको संसदीय दलको बैठकमा सहभागी भएर बाहिरिने क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै उनले एमसीसी चीनविरुद्ध नरहेको बताएका हुन् ।
‘एमसीसी चीनविरुद्ध रहेको हल्ला फिँजाइएको छ,’ उनले भने, ‘यो चीनविरुद्ध छैन ।’
चीनको बीआरआईविरुद्ध र इन्डोप्यासिफिक रणनीति अनुसार पनि एमसीसी नरहेको भन्दै नेता महतले एमसीसी नेपालकै हितमा रहेकाले यसलाई पारित गर्नुपर्नेमा जोड दिए ।
फागुनभित्र एमसीसी पारित नगरे देशले ठूलो आर्थिक नोक्सान व्यहोर्ने बताएका उनले एमसीसी नेपालकै कानुन अनुसार चल्ने पनि दाबी गरे ।
एमसीसी लागु भएमा नेपालमा अमेरिकी सेना आउने हल्ला निराधार र भ्रममात्र रहेको उनको भनाइ छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस