पोखरा- माओवादी केन्द्र गण्डकी प्रदेश कार्यसमितिमा करिब चार महिनापछि पदाधिकारीको टुंगो लागेको छ । अध्यक्ष मात्रै चयन गरेर केन्द्रीय महाधिवेशनमा गएका प्रतिनिधिहरूले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निर्देशनपछि बुधबार पदाधिकारी टुंग्याएका हुन् ।
सर्वसम्मत प्रयास गर्दासमेत पार नलागेपछि मतदान प्रक्रियाबाट पदाधिकारी चयन गरिएको माओवादीले जनाएको छ । २७ मंसिरमा सम्पन्न अधिवेशनले गायत्री गुरुङलाई अध्यक्षमा चयन गरेको थियो ।
मतपरिणामअनुसार उपाध्यक्षमा मित्रशरण शर्मा (नवलपुर), गुणाखर बस्याल (पर्वत) र ज्ञामनाथ गैह्रे (बागलुङ) निर्वाचित भएका छन् । उपाध्यक्षमा ६ जना दाबेदार थिए । बस्यालले १२०, गैह्रेले ९३ र शर्माले ९० मत पाए । सचिवमा गोरखाका जगन्नाथ खनाल निर्वाचित भएका छन् । उनले गोरखाकै विष्णु भट्टलाई पराजित गरे । खनालले एक सय र भट्टले ७४ मत पाए ।
सहसचिवमा मेखबहादुर भण्डारी (लमजुङ), अतिन्द्रकेशरी न्यौपाने (तनहुँ) र टेकबहादुर विक (म्याग्दी) निर्वाचित भएका छन् । ६ जनाबीच भएको प्रतिस्पर्धामा न्यौपाने ११३, विक १०८ र भण्डारी १०४ मत ल्याउँदै विजयी भएका हुन् । कोषाध्यक्षमा स्याङ्जाका तारा भुसाल निर्वाचित भएका छन् । उनले ११० मत पाउँदा निकटतम प्रतिद्वन्द्वी कास्कीका मेखबहादुर विकले ३२ र कास्कीकै भीमबहादुर विकले २३ मत पाए ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस