काठमाडौँ- स्थानीयवासी र सुरुङ मार्ग आयोजनाबीच सहमति भएसँगै थानकोट–नागढुङ्गा–सिस्नेखोला सुरुङ मार्गको निर्माण कार्य पुनः सुरु भएको छ । आयोजनाको कार्यालयमा स्थानीयवासीले आक्रमण गरेपछि एक हप्तादेखि थानकोट–नागढुङ्गा–सिस्नेखोला सुरुङ मार्गको निर्माण कार्य ठप्प भएको थियो ।
सुरुङ मार्ग आयोजना प्रमुख नरेशमान शाक्यले जिल्ला प्रशासन कार्यालय, काठमाडौँमा आयोजना कार्यालय र स्थनीयवासीबीच भएको सहमतिसँगै आइतबार साँझबाट नै सुरुङ मार्ग निर्माण कार्य पुनः सुरु भएको जानकारी दिए ।
चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरी, काठमाडौँका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजाल, काठमाडौँका सुरक्षा निकायका प्रमुख, सुरुङ मार्ग आयोजनाका प्रमुखलगायतको सहभागितामा भएको बैठकले सुरुङ मार्ग क्षेत्र बस्तीमा पानीको सुनिश्चितता गर्नुपर्ने निर्णयसँगै सुरुङ मार्ग निर्माण पुनः सुरु भएको हो ।
आयोजना प्रमुख शाक्यका अनुसार पानीको समस्या तत्काल समाधानका लागि चन्द्रागिरि नगरपालिकाको संयोजकत्वमा ट्याङ्करबाट पानी वितरण गर्ने र दीर्घकालीन समाधानका लागि अहिलेको पम्पलाई अझ तल सारेर पानी उत्पादन क्षमता बढाउने र वडा नं. २ मा ‘डिप बोरिङ’ गर्ने तथा सोको सम्पूर्ण खर्च आयोजनाले बेहोर्ने सहमति भएको हो । ‘डिप बोरिङ’ गर्नका लागि जग्गा नगरपालिकाले उपलब्ध गराउनुपर्ने हुन्छ ।
त्यसैगरी सुरुङ क्षेत्रमा सिँचाइका लागि सिस्नेखोलाको पानीलाई लिफ्ट गरी माथि तानेर पानी उपलब्ध गराउन आवश्यक अध्ययन सुरु गरिने सहमति भएको हो ।
सुरुङमाथि जग्गाको मुआब्जा कुनै पनि दृष्टिकोणले उपयुक्त नभएको ठहर गर्दै त्यसको मुआब्जा नदिनुपर्ने, स्थानीयवासीले सुरुङमाथि घर बनाउन पाउने तर ‘डिप बोरिङ’ जस्ता संरचना निर्माण गर्न नपाउने सहमति भएको जानकारी शाक्यले दिए ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस