काठमाडाैं-पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा नाम जोडिएपछि पत्रकार रबि लामिछाने सहित अस्मिता कार्की र युवराज कडेंल पक्राउ परेका छन् ।
अपराध महाशाखाको टोलीले उनीहरुलाई पक्राउ गरी चितवन लैजाने तयारी गरिरहेको छ । प्रहरीले ओखलढुंगाकी अस्मिता कार्कीलाई दिउसाे नियन्त्रणमा लिएको थियाे ।
काठमाडौं प्रहरी परिसरका एसपी अशोक सिंहले न्युज २४ को कार्यालयबाट लामिछाने र कंडेललाई पक्राउ गरेको जानकारी दिए ।
चितवन प्रहरीले दिउसो कार्की र साँझ रबि लामिछाने र युवराज कडेंललाई पक्राउ गरेको हो । आत्महत्या अघि पत्रकार पुडासैनीले कार्की, पत्रकार रवि लामिछाने र युवराज कडेंलका कारण आफुले आत्महत्याको बाटो रोजेको भिडियो सार्वजनिक भएको छ ।
उनलाई मुलुकी फौजदारी संहिता दफा १८५ अनुसार अपराध गर्न दुरुत्साहन गरेको अभियोगमा पक्राउ गरेको जनाइएको छ ।
चितवन प्रहरीले कार्कीलाई काठमाडौंवाट नियन्त्रणमा लिएको हो ।
चितवन प्रहरीले भने कार्कीलाई सिधा कुरा जनतासँग कार्यक्रममा अन्तरवार्ता लिने तयारी गरेपछि प्रहरीले सो कार्यबाट रोक्न नियन्त्रणमा लिएको दावी गरेको छ ।
कार्कीलाई आजै चितवन लैजाने चितवन प्रहरी श्रोतले जनाएको छ । प्रहरीले शंकास्पद हत्या र भिडियोका कारण लामिछाने सहित तीन जनालाइ अनुसन्धानका लागि नियन्त्रणमा लिएको जनाएको छ ।
उनलाई मुलुकी फौजदारी संहिता दफा १८५ अनुसार अपराध गर्न दुरुत्साहन गरेको अभियोगमा अनुसन्धान थाल्ने जनाइएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस