भारत – भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आउँदा तीनदेखि चार हप्ता कोरोनाभाइरसको सङ्क्रमण फैलन नदिनका लागि सङ्कटपूर्ण हुने बताएका छन्।
ज्यानुअरी ३० मा भाइरसको पहिलो घटना पुष्टि भएसँगै भारतले यस महामारीसँग जुझ्ने प्रयासमा थुप्रै उपायहरू अवलम्बन गरिसकेको छ।
जाँचका लागि योग्य हुने मापदण्डलाई खुकुलो बनाउनुका साथै सरुवा रोगसँग जुझ्ने १२२ वर्ष पुरानो कानुन लागु गरेर सार्वजनिक जमघट र अन्य विषयमा प्रतिबन्ध लगाएको छ।
अप्रिल १४ मा तीन साता पूरा गरेको लकडाउनलाई पुनः मे ३ सम्म लम्ब्याउने निर्णय गरिएको छ। देशमा जमिन र हवाई सबैखाले सवारीसाधनहरू नचल्दा एक अर्बभन्दा बढी मानिसहरू घरभित्रै बस्न बाध्य छन्।
भारतमा अहिलेसम्म एक लाख ८० हजार जनाको परीक्षण गरिएको छ। तीमध्ये झण्डै ४.३ प्रतिशतमा सङ्क्रमण पाइएको छ। सङ्क्रमणले बुधवारसम्म ३७७ जनाको ज्यान लिइसकेको छ।
विवरणहरूका अनुसार सङ्क्रमण देशको आधाजसो भागका ७०० भन्दा धेरै जिल्लामा फैलिसकेको छ। थुप्रै जोखिमयुक्त क्षेत्र औँल्याइएका छन्।
विश्वभरका स्वास्थ्यविज्ञहरूले अहिले भारत कसरी यस भाइरससँग जुझ्छ भनेर चासोपूर्वक हेरिरहेका छन्। उच्च जनसङ्ख्या, विशाल भूभाग र कमजोर जनस्वास्थ्य सेवाले त्यहाँ लागु गरिने उत्कृष्ट अभ्यासलाई समेत फिका साबित गर्न सक्छन्।
भाइरस फैलावटको क्रम हेर्दा अझै पनि त्यो सुरुवाती चरणमै रहेको देखिन्छ। अबको तीन देखि चार हप्तामा स्पष्ट चित्र आउने बीबीसीले लेखेको छ ।
ब्रोकिङ्स इन्स्टीट्यूटसँग सम्बद्ध अर्थशास्त्री समिका रवि भाइरसको सङ्क्रमणलाई नजिकबाट नियालिरहेकी छन्। उनी भारतले नराम्रो अवस्थाको सामना गरिरहेको स्वीकार्दिनन्।
उनका अनुसार सक्रिय सङ्क्रमणका घटना हरेक सात दिनमा दोबर भइरहेका छन् जुन दर पहिलेको भन्दा कम हो। मृत्युदर कम भए पनि बढिरहेको भने छ।
तीव्र सङ्क्रमण हुने यस रोगबाट भारतका अस्पतालमा रूघाखोकीजन्य रोग लागेका बिरामीको उच्च भर्नादर नरहेको पाइनुलाई धेरैले अर्थपूर्ण रूपमा हेरेका छन्।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस