काठमाडौं-पाँच वर्ष पनि कुर्नै नपरी सत्ता घुमिफिरी हातमा आउन लाग्दा नेपाली कांग्रेस केपी ओली सरकारविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन त चाहन्छ, तर उसलाई डर छ, जनता समाजवादी पार्टीको पनि पूर्वमधेसवादी समूहसँग ।
कारण हो, ०५३ सालको झस्काई । त्यसबेला एमालेले जसरी मधेसी नेताबाट धोका खायो, अहिले त्यो धोका आफूमा आउला भन्ने चिन्ता छ उसलाई ।
०५२ सालमा मनमोहन अधिकारी प्रधानमन्त्री हुनुभएको बेला प्रतिनिधिसभा विघटन गरी मध्यावधि सिफारिस भयो । भदौ १२ मा सर्वोच्चले प्रतिनिधिसभा व्युँताइदिएपछि शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठन भयो । उक्त सरकार ढाल्नका लागि एमालेले पहिलोचोटि सद्भावना पार्टीसँग मिलेर अविश्वास प्रस्ताव लग्यो ।
त्यसबेला ऊसँग रहेका केही सांसदका कारण प्रस्ताव पारित हुने निश्चित थियो । तर, सभापति गजेन्द्रनारायण सिंहले अन्तिममा आएर आफैँले ‘यसमा हाम्रो समर्थन छैन’ भनिदिनुभयो । एमाले र राप्रपाहरु हेरेका हेर्यै भए । धन्न अहिलेजस्तो, एकचोटि अविश्वासको प्रस्ताव दर्ता भएपछि एक वर्षसम्म अर्को प्रस्ताव दर्ता नहुने प्रावधान त्यसबेला थिएन । र, गजेन्द्रनारायणको धोकापछि राप्रपाको एउटा खेमालाई मनाएर एमालेले अविश्वास प्रस्ताव पारित गरायो र ०५३ मै लोकेन्द्रबहादुर चन्द प्रधानमन्त्री बन्नुभयो ।
अहिले कांग्रेसको झस्काईसँग त्यही घटना जोडिएको समाचार आजको जन आस्था साप्ताहिकले छापेको छ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस