काठमाडौं-जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री केपी शर्मा ओली अन्य नेताभन्दा बढी स्पष्ट भएकाले आफूहरू उनको पक्षमा रहेको बताए ।
रिपोर्टर्स क्लब नेपालले हिजो मंगलबार काठमाडौंमा आयोजना गरेको २३औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै ठाकुरले भने, विगतका धेरै नेताले हाम्रो एजेन्डा सम्बोधन गर्छाैं भने पनि अन्तिममा आएर धोका दिएको तर हालका प्रधानमन्त्री ओलीले गर्न सक्नेसम्मका काम गर्ने भनेर स्पष्ट जवाफ दिएका छन् । ‘उहाँ धेरै कुरामा सकारात्मक हुनुहुन्छ तर पनि हामीलाई लिखित सहमति चाहिन्छ’, अध्यक्ष ठाकुरले भने ।
मुलुकमा सबैलाई डेमोक्रेसी आएको हो भने मधेशी र थारूहरू किन अहिलेसम्म पनि जेलमा भन्दै उनले प्रश्न गरे । उनले संविधान संशोधनको विषय आफूहरूको मात्रै नभएर देशकै माग भएको पनि टिप्पणी गरे ।
उनले प्रधानमन्त्री केपी शर्मा ओली सरकारको नेतृत्वमा आएकै दिनदेखि सरकारमा आउनका लागि आफूहरूलाई आग्रह गरेको सुनाए । तर, आफ्ना माग पूरा नभएसम्म सरकारमा सहभागी नहुने जवाफ आफूहरूले दिएको उनले स्पष्ट पारे ।
मंगलबार मात्रै पनि प्रधानमन्त्री ओलीका नजिकका मान्छेले आफूलाई भेटेको ठाकुरले जानकारी दिए । आफूहरूले उठाएका माग पूरा गर्नका लागि अन्तिम तयारी भएको कुरा सुन्नमा आएको भन्दै त्यसका लागि उनले प्रधानमन्त्री ओलीलाई धन्यवाद दिए । यो समाचार आजको राजधानी दैनिकले छापेको छ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस