सुर्खेत – वीरेन्द्रनगरको मंगलगढी चौकदेखि गणेश चोकसम्म बाटो फराकिलो बनाउने काममा ढिलाइ भएको छ । वीरेन्द्रनगरको मंगलगढी चोकदेखि बजारक्षेत्र हुँदै गणेशचोकसम्म फराकिलो बाटो बनाउने भनिए पनि काम हुन सकेको छैन । यसअघि नै १८ करोडको टेन्डर भएर १३ करोड ६८ लाखमा खड्का निर्माण सेवासँग सम्झौता भइसक्दा पनि बाटोको काम अघि बढ्न सकेको छैन ।
लथालिङ्ग विद्युतका तारहरूले यताउती आवत जावत गर्ने यात्रुलाई जतिबेला पनि करेन्ट लाग्न सक्ने र सहरको सौन्दर्यतालाई नै कुरुप बनाएको छ । वीरेन्द्रनगरलाई सुन्दरनगरीय सहर भनिए पनि वीरेन्द्रनगर बजारका मुख्य ठाउँ वीरेन्द्रनगर, बुद्धपथ, मंगलगढी चोकका मुख्य ठाउँमै खाल्डाखुल्डी हुनु अव्यवस्थित विद्युत्का तारहरूले वीरेन्द्रनगरको सौन्दर्यलाई कुरूप बनाउँदै लिएको छ ।
यसअघि वीरेन्द्रनगरपालिकाले आर्थिक २०७८/७९ मा मंगलगढी चोकदेखि गणेशचोकसम्म सडक बनाउनको लागि १८ करोडको टेन्डर भइसकेको र लगत्तै काम संचालन हुने भनिए पनि हालसम्म सडक निर्माणकार्य अघि बढ्न सकेको छैन ।
१५ मिटरको बाटोमा दुई लाइन बाटो बन्ने भनिए पनि त्यो हुन सकेको छैन । बजार क्षेत्रका लथालिङ्ग अवस्थामा रहेका तारहरू हटाउने बाटोलाई फराकिलो बनाउने कामले अहिलेसम्म गति लिन सकेको छैन । पूर्वाधार विकास निर्देशनालयका अनुसार मंगलगढी चोकदेखि गणेशचोकसम्म सडक क्षेत्राधिकारभित्र घरहरू परेको,विद्युत्का तार, पानीका पाइपलाइन हटाउनुपर्ने भएकाले ढिलो भएको पूर्वाधार विकास निर्देशनालय सुर्खेतका इन्जिनियर रामशरण आचार्यले बताए । ‘१८ करोडमा टेन्डर भएर १३ करोड ६८ लाखमा खड्का निर्माण सेवासँग सम्झौता भएको छ’, उनले भने, ‘सडक निर्माण गर्दा पानीका पाइपलाइन,विद्युत्का पोल हटाउन चुनौती छ । यसका लागि विद्युत् र खानेपानीलाई पत्र पठाइसकेका छौँ ।’
बजार क्षेत्र व्यापारिक एरिया भएको र त्यसमा पनि सडक क्षेत्राधिकारभित्र घर परेकाे हुनाले समस्यया छ । त्यसमा पनि विद्युत्का पोलहरू हटाउनुपर्ने र पानीका पाइपलाइनहरू हटाउनुपर्ने उत्तिकै चुनौती छ । तर, पनि समयमै काम सक्ने गरी लागि परेकाे इन्जिनियर शाहीले भने ।
‘सडक निर्माण गर्नको लागि नगरपालिकाका जनप्रतिनिधि र सरोकारवाला निकायसँग बसेर उहाँहरूले पनि प्रतिबद्धता जनाउनुभएको छ’, उनले भने, ‘अझै यसमा विद्युत् र खानेपानीले विशेष भूमिका खेले काम केही दिनमै अघि बढ्छ ।’ उनका अनुसार १५ मिटर चौडाइ बाटो ७०/८० सेन्टिमिटरको नालासहितको दुईलेन बाटो, र डेढ मिटरको मान्छे हिड्ने बाटो बन्नेछ ।
त्यस्तै पुरातात्त्विक महत्व बोकेको काक्रेबिहार जाने बाटोको काम पनि सञ्चालन हुन सकेको छैन । काक्रेबिहार जाने बाटो राम्रो नहुँदा त्यहाँ पुुग्ने पर्यटकले सास्ती भोग्नुपरेको छ । काक्रेबिहार जाँदा बाटोमा भएका खाल्डाखुल्डी र धुलोधुवाँले पुरातात्त्विक महत्त्व बाेकेको काक्रेबिहार पुग्दा हैरानी खेप्नु परेको छ ।
पूर्वाधार विकास निर्देशनालय सुर्खेतका अनुसार मंगलगढीदेखि लाटिकोहिलीसम्म १६ करोडको टेन्डर भएर सम्झौताको क्रममा रहेको पूर्वाधार निर्देशनालय सुर्खेतले जनाएको छ ।
काक्रेबिहार सडक निर्माणका लागि आशिष हाम्रो जेभी सुर्खेतसँग ठेक्का भएको र १३ करोडमा सम्झौता हुन सक्ने इन्जिनियर सूर्यबहादुरर शाहीले बताए । उनका अनुसार आशिष हाम्रो जेभी सुर्खेतसँग ठेक्का भएको र नालासहितको २२ सय मिटर सडक कालोपत्रे गर्नुपर्नेछ । इन्जिनियर शाहीका अनुसार सडक निर्माणका लागि ठेक्का पाएको आशिष हाम्रो जेभी सुर्खेतसँग सम्झौताको लागि छलफल भइरहेको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस