काठमाडौ-नेकपा(माओबादी केन्द्र) को सम्पर्क समन्वय प्रदेश समिति अन्तर्गतका पालिका पदाधिकारी सम्मका करिव ५ हजार कार्यकर्ताहरुलाई आज अध्यक्ष प्रचण्ड लगायतका नेताहरुले प्रशिक्षित गरिने कार्यक्रम रहेको छ।
सो समितिको आयोजनामा गत असार ३२ गतेका लागि तय भएको प्रशिक्षण कार्यक्रम अध्यक्ष प्रचण्डको भारत भ्रमणको कारण स्थगित भएको थियो।
केन्दीय समितिको योजना अनुरुप नै हुन लागेको प्रशिक्षण आज शनिवार ११:०० बजेदेखि रामशाहपथ स्थित स्काई दरबार पार्टी प्यालेसमा हुने र ७४ जिल्लाबाट उपत्यकामा रहेका सम्पर्क समन्वय संयन्त्र अन्तर्गत पालिका समितिका पदाधिकारी सम्मका कार्यकर्ताहरुले अनिवार्य सहभागी हुन निर्देशन गरिएको सम्पर्क समन्वय विशेष प्रदेश समितिका अध्यक्ष श्रीकृष्ण अधिकारी(बिवेक) ले जानकारी दिनुभएको छ।
कार्यक्रमको तयारी पूरा भएको र उक्त प्रशिक्षण कार्यक्रमबाट उपत्यकामा मात्र नभएर देशैभरी पार्टीको बिचार र कार्यक्रम पुग्ने अपेक्षा रहेको प्रदेश प्रचार तथा प्रकाशन बिभागका प्रमुख सुनिता रोकायले बताउनु भयो।
माओबादीको सम्पर्क समन्वय प्रदेश समिति देशका ७४ जिल्लासँग जोडिएको केन्द्रीय कमिटी पछिको दोश्रो प्रभावकारी संयन्त्र हो।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस