काठमाडौं-नेपालमा पश्चिमी वायुसँगै पश्चिमी न्यून चापीय प्रणाली र अरब सागरमा बनेको न्यून चापीय क्षेत्रको प्रभाव छ । जसकारण शुक्रबार बिहान सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी र बागमतीमा सामान्यदेखि पूर्ण बदली रहेकाे माैसम पूर्वानुमान महाशाखाले जानकारी दिएकाे छ ।
दिउँसो सुदूरपश्चिम, कर्णाली, गण्डकी, लुम्बिनी र बागमतीका पहाडी भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको आँकलन गरिएकाे छ । उच्च पहाडी र हिमाली भूभागको धेरै स्थानमा मध्यमदेखि भारी हिमपातको सम्भावना पनि रहेकाे छ ।
राति कर्णाली, गण्डकी, लुम्बिनी र बागमतीमा हल्का वर्षाको सम्भावना छ ।
शनिबार प्रदेश १ र गण्डकीमा आंशिकदेखि सामान्य बदली रहनेछ । बाँकी भूभागमा आंशिक बदली रहनेछ । प्रदेश १ का पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस