वासिङ्टन- संयुक्तराज्य अमेरिकाको वासिङ्टनस्थित क्युबाली राजदूतावासमा बिहीबार राति एक व्यक्तिले गोली प्रहार गरेका छन् ।
अमेरिकी अधिकारीहरुले उक्त गोली प्रहारबाट दूतावासमा सामान्य क्षति भएको तर कुनै पनि व्यक्तिलाई चोटपटक नलागेको बताएका छन् ।
प्रहरीले गोली प्रहार गरेको आशंकामा टेक्सास राज्यको अब्रेका ४२ वर्षीय अलेक्जान्डर अलाजोलाई पक्राउ गरेको छ ।
वासिङ्टन महानगरीय प्रहरीका प्रवक्ता ह्युज क्यारिउले एक वक्तव्य जारी गर्दै प्रहरीले तत्कालै उक्त शंकास्पद व्यक्तिलाई गिरफ्तार गर्नुका साथै उनको साथबाट एक थान बन्दुक समेत बरामद गरिएको बताए ।
उक्त गोली प्रहारको मनशाय भने अझै खुल्न बाँकी रहेको छ ।
स्थानीय संचार माध्यमहरुले ती व्यक्तिले दूतावासभित्र करिब ३० राउन्ड गोली प्रहार गरेका थिए । वासिङ्टनस्थित अडाम्स मोर्गनमा रहेको दूतावासको आसपास बार र रेष्टुराँहरु ठूलो संख्यामा रहेका र त्यहाँ मानिसको भिडभाड हुने गर्दछ । तर आजभोलि लकडाउनका कारण यो क्षेत्र सामान्यतया शान्त रहने गरेको छ ।
राजदूतावासले सार्वजनिक गरेका तस्वीरहरुमा गोलीले भवनका बाहिरी भित्ता, झ्यालमा प्वाल परेको देखिएको छ ।
क्युबाका विदेशमन्त्री ब्रुनो रोड्रिगेजले क्युवाको हवानास्थित अमेरिकी कार्यवाहक राजदूत मारा टेकाजलाई विदेश मन्त्रालयमा आमन्त्रण गरेर क्युबाका तर्फबाट गोलीकाण्डको कडा शब्दमा भर्त्सना गरेका छन् ।
कार्यबाहक राजदूत टेकाजले सार्वजनिक गरेको विज्ञप्तिमा वासिङ्टनस्थित क्युबाली दूतावासमा भएको घटनाप्रति कडा शब्दमा निन्दा गरेका छन् ।
सन् २०१७ को अक्टोबरमा ट्रम्प प्रशासनले क्युबाली राजदूतावासमा कार्यरत अमेरिकी कर्मचारीहरुमा सामूहिक गम्भीर स्वास्थ्य समस्या देखिएपछि अमेरिकामा रहेका १५ जना क्युबाली कुटनीतिज्ञहरुलाई देश निकाला गरेको थियो ।
ओबामा प्रशासनले क्युबाप्रति अमेरिकी नीतिमा परिवर्तन गर्न थाले पनि ट्रम्प प्रशासनले क्युबामाथि व्यापार र यात्रामा कडा प्रतिबन्धहरु पुनः लगाएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस