दोलखाको वैत्येश्वर गाउँपालिका–६ नाम्दुमा बोलेरोले किचेर एक जनाको मृत्युभएको छ ।
वैत्येश्वर गाउँपालिका–६ को नाम्दु पैयूँखोलामा वा१४च ९९९३ नंको बोलेरोले किचेर नाम्दु निवासी ४० वर्षीय बद्री थामीको घटनास्थलमा नै मृत्यु भएको दोलखाका प्रहरी प्रमुख भेषराज रिजालले बताएका छन् ।
यात्रु लिएर नाम्दुको पैयूँखोलाको भित्री सडकमा गएको बोलेरोको सापटक भाँचिएपछि रोकेर यात्रुहरु ओर्लिएको र सोही क्रममा रोकेको बोलेरोमा ओत लगाउँदै गर्दा उक्त बोलेरो गुडेर बद्री थामीलाई किचेको र थामीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
शवपरीक्षणका लागि चरीकोट ल्याइएको र घटनाको थप अनुसन्धान भइरहेको दोलखा प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक भेषराज रिजालले बताए ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस