सुदूरपश्चिम- कोरोना भाइरस सङ्क्रमणको जोखिमका कारण डोटी र कैलालीका चुरे पहाडी क्षेत्रमा फलेका सुन्तलालगायतका फलफूलको सहज रुपमा बजारीकरण गर्न नपाउँदा किसान चिन्तित बनेका छन् ।
किसानका खेतबारीमा यतिबेला सुन्तला, मौसम, जुनार, कागती लटरम्म फलेका छन् । कोरोना भाइरसको जोखिमका कारण उत्पादन भएको फलफूल अपेक्षाअनुसार बजारीकरण नभएको भन्दै किसान चिन्तित देखिएका हुन् । यहाँका किसानको मुख्य आम्दानीको रुपमा सुन्तला, जुनार, कागतीखेती रहेको छ ।
कतिपय किसानले फलाएका सुन्तला, कागतीलगायतका फलफूल बजारसम्म लैजान नपाउँदा बोटमै कुहिएर जान थालेको गुनासो डोटीको बडिकेदार गाउँपालिका–१ का रोजबहादुर कलेलले बताए । “प्रसस्त फलेका सुन्तला, जुनार, कागती कोरोनाको जोखिमले गर्दा बजारसम्म लैजाने अवस्था नहुँदा बारीमै सुक्न र कुहिन थालेका छन्”, उनले भने, “यसपालीको मेहनत खेर जाने भयो ।”
कोरोनाको सन्त्रासले सहज रुपमा बजारीकरण हुन नसक्दा चिन्तित बनेका किसानले फलेका सुन्तलालगायतका कृषि उपजले स्थानीय गाउँ ठाउँमा मूल्य पनि पाउन नसकेपछि थप निराश भएका छन् । मुख्य नगदेबालीका रुपमा रहेको सुन्तला, कागतीलगायतका कृषि उपज समयमै बजारमा पु¥याउन र बिक्रीवितरणका लागि पहल गरिदिन किसानले स्थानीय तथा प्रदेश सरकारसँग आग्रह गरेका छन् ।
उत्पादित कृषि उपजले बजार नपाउँदा व्यावसायिक कृषि खेतीबाटै जीविकोपार्जन गर्ने उद्देश्य लिएर खेती गरिरहेका किसानको मनोबल घट्दैे गएको जोरायल गाउँपालिका–६ का सुन्तला उत्पादक किसान शेरबहादुर बोहरा बताउछन्। उत्पादनस्थलसम्म पुग्ने सडकको सुविधाका साथै कृषि उपज सङ्कलन केन्द्रको अभावका कारण पनि किसानले उत्पादन गरेका वस्तुको सहजरुपम बजारीकरण गर्न समस्या सिर्जना भइरहेको बताइएको छ ।
यति बेला कोरोनाको जोखिम हुन सक्ने भन्दै अधिकांश ठाउँमा एक गाउँबाट अर्को गाउँसम्म आवागमन गर्न बन्द गरिएका कारणले पनि उत्पादित सुन्तलालगायतका कृषि उपज बजारसम्म पु¥याउन नपाइएको केआइसिंह गाउँपालिका–५ का श्याम जोशी बताउछन् ।
डोटीमा बडिकेदार, जोरायल, केआइसिंह तथा बोगटान फुड्सिल गाउँपालिका सुन्तला, कागती, अमिलो, गहत, मास तथा भटमास उत्पादन हुने क्षेत्रका रुपमा चिनिँदै आएका छन् । उत्पादन क्षेत्र नजिक सङ्कलन केन्द्र, बजार, यातायात तथा बजारीकरणको अभावले किसानले उत्पादन गरेका मौसमी तथा बेमौसमी फलफूल तथा तरकारी खेर जाने अवस्थामा पुग्न थालेका कारण उत्पादित बस्तुको बजारीकरणका लागि पहल गर्न किसानले माग गरेका छन् ।
कृषि उपज सङ्कलन केन्द्रको अभाव र बजारीकणको समस्याका कारण उत्पादन हुने सुन्तला, कागती, जुनारका अलावा, अदुवा, बेसार, लसुन, अमिलो, भटमासलगायतका कृषि उपजले उचित मूल्य नपाउने समस्या रहेको किसानकोे भनाइ छ । डोटीमा मात्रै वार्षिक रु एक करोड मूल्य बराबर सुन्तला, मौसमी र कागती बिक्री वितरण हुने गरेको अनुमान गरिन्छ ।
सुन्तला कागतीलगायतका कृषि उपजको बजारीकरण गर्न तथा उत्पादन हुने ठाउँमा नै सङ्कलन केन्द्रको व्यवस्थापनका लागि पहल भइरहेको कृषि विकास निर्देशनालय दिपायलका प्रमुख यज्ञराज जोशीले बताए । “उत्पादित क्षेत्रमा कृषि उपज सङ्कलन केन्द्रका लागि विषेश पहल भइरहेको छ”, उनले भने, “उत्पादित बस्तु कुहिर खेर जान दिदैनौँ ।”
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस