विभिन्न चार चिनी उद्योगले उखु किसानलाई रु आठ करोड बक्यौता रकम भुक्तानी गर्न बाँकी रहेको छ । रु ६५ करोड बक्यौता रकममध्येमा तीन उद्योगले किसानलाई रु आठ करोड एक लाख बाँकी रहेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।
सरकार र उखु किसानबीच गत पुस १३ गते भएको सहमति अनुसार २१ दिनभित्र बाँकी रहेको बक्यौता रकम भुक्तानी गर्न सहमति भएको थियो । सहमतिअनुसार २१ दिन सोमबार सकिएपछि अझै तीन चिनी उद्योगीले उक्त रकम भुक्तानी गरेका छैनन् ।
काठमाडौँ – उखु किसान आन्दोलित हुँदा चार चिनी उद्योगको रु ६५ करोड ३१ लाख बक्यौता रकममध्ये हालसम्म रु ५७ करोड ३० लाख रकम भुक्तानी भइसकेको उद्योग सचिव डा वैैकुष्ठ अर्यालले जानकारी दिएका छन् । उनका अनुसार रु ३५ करोड बक्यौता रकम रहेको श्रीराम सुगर मिलले सबै रकम भुत्तानी गरिसकेको छ भने लुम्बिनी, अन्नपूर्ण र इन्दिराको बाँकी रहेको छ ।
मन्त्रालयको तथ्याङ्कअनुसार रु १७ करोड बक्यौता रकम रहेको अन्नपूर्ण चिनी उद्योगले रु दश करोड ८८ लाख बक्यौता रकम किसानको खातामा जम्मा गरिसकेको छ । मिललको बैंक खातामा रु एक करोेड ७६ लाख जम्मा भए पनि उक्त रकम उखु किसानको खातामा जम्मा भएको छैन् । किसानलाई भुक्तानी दिएको र खातामा रहेको रकम रु १२ करोड ६४ लाख भुक्तानी गरे पनि अझै उक्त मिलले रु चार करोड ३६ लाख बक्यौता रकम भुक्तानी बाँकी रहेको छ ।
यसैगरी रु चार करोड ७० लाख बक्यौता रकम रहेको इन्दिरा सुगर मिलको खातामा रु एक करोड ५० लाख जम्मा भएको देखिए पनि भुक्तानी शुरु गरेको छैन । लुम्बिनी सुगर मिलले रु आठ करोड ४१ लाख बक्यौता रकम मध्येमा हालसम्म रु पाँच करोड १६ लाख बक्यौता रकम किसानलाई भुक्तानी गरिसकेको छ । उक्त मिलको खातामा रहेको रु तीन करोड रकम रोक्का राखिएको छ ।
अन्नपूर्ण र इन्दिरा सुगर मिलका सञ्चालक एकै व्यक्ति रहेका छन् । यसअघि नै उक्त उद्योगले जग्गा बेचेर भए पनि किसानको बक्यौता रकम भुक्तानी गर्ने जानकारी दिइसकेको जनाइएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस