तम्घास – कृषि र कृषिजन्य वस्तुको उत्पादन र उत्पादकत्वमा वृद्धि गर्न छत्रकोट गाउँपालिकाले किसानलाई निवृत्तिभरण कार्यक्रम शुरुआत गर्ने भएको छ । निवृत्तिभरण दिने योजना बनाउने छत्रकोट गुल्मीको पहिलो गाउँपालिका भएको जनाइएको छ ।
खाद्य सुरक्षा तथा गरिबी निवारणमा योगदान गर्र्दै समृद्ध किसान बनाउने उद्देश्यले निवृत्तिभरण कार्यक्रम शुरु गर्न लागेको हो । यसका लागि नवांै गाउँसभाबाट ‘किसान पेन्सन (किसान प्रोत्साहन) कार्यक्रम सञ्चालन कार्यविधि‘ ०७७ पारित गरिएको छ ।
गाउँपालिकाका अध्यक्ष मधुकृष्ण पन्थले कृषिमा यान्त्रिकरणको प्रयोगबाट उत्पादन एवं उत्पादकत्व बढाउने, व्यावसायिक कृषि प्रणालीबाट प्रतिस्पर्धात्मक क्षमता बढाउने, प्राविधिक स्रोत, वातावरण र जैविक विविधताको संरक्षण सम्बद्र्धन एवं सदुपयोग गर्ने जानकारी दिए । उनले गाउँपालिकालाई कृषि र पशु क्षेत्रको उत्पादनमा आत्मनिर्भर बनाउने उद्देश्यले गाउँपालिकाले किसानलाई निवृत्तिभरण दिन लागिएको बताए ।
गाउँपालिकाले निवृत्तिभरण पाउने किसानलाई तीन वर्गमा विभाजन गरेको छ । ‘क’ वर्गको किसानलाई हरियो, ‘ख’ वर्गको किसानलाई निलो र ‘ग’ वर्गको किसानलाई पहेँलो परिचयपत्र दिने योजना बनाएको छ । किसानले वर्ग अनुसार निवृत्तिभरण प्राप्त गर्नेछन् । गाउँपालिकाले अहिले डाटा सङ्कलन गरिरहेको र वास्तविक किसान पहिचानपछि कार्यविधि संशोधन गरेर वर्ग अनुसार निवृत्तिभरण (प्रोत्साहन भत्ता) तोक्ने गाउँपालिका उपाध्यक्ष नर्मदा भण्डारीले जानकारी दिएका छन् ।
कार्यविधिमा गाउँपालिका अध्यक्ष संयोजक रहेको ५ सदस्यीय पेन्सन छनोट समिति र उपाध्यक्षको संयोजकत्वमा चार सदस्यीय अनुगमन समितिको पनि व्यवस्था गरिएको छ । कार्यविधिअनुसार पशुपक्षीको ‘क’ वर्गको लागि व्यक्ति वा व्यावसायीक फर्ममा गाईभैँसी पाँच माउ, बाख्रा २५ माउ, बङ्गुर १० माउ, कुखुरा बोइलर प्रजाति ५००, मौरीसहित मौरी घार २० र टर्की एक सय स्थानीय हाँस २५० हुनुपर्ने कार्यविधिमा रहेको छ । यसैगरी कृषि तर्फ ‘क’ वर्गका लागि कागती,सुन्तला,अमिलो,आँप,लिची जातका १०० बोट, उत्पादन दिने तरकारी टर्नेल १०, च्याउ घर टर्नेल ५, बिजवृद्धि ५ रोपनी, कफी ५ रोपनी, उखु १० रोपनी, खाद्यान्य २५ रोपनी र केरा भूइँकटर प्रजाति एक हजार बोट हुनुपर्ने व्यवस्था कार्यविधिमा रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दामोदर भण्डारीले जानकारी दिए ।
यसैगरी पशुपक्षीमा ‘ख’ वर्गको लागि गाईभँैसी ४ माउ, बाख्रा १५ माउ, बङ्गुर ७ माउ, बोइलर कुखुरा प्रजाति ३००, मौरीसहित मौरी घार १५, टर्की ७५ र स्थानीय हाँस १५० हुनुपर्नेछ । त्यस्तै कृषिमा ‘ख’ वर्गको लागि उत्पादन दिने कागती ,सुन्तला ,अमिलो ,आँप,लिची जातका ७० बोट, उत्पादन दिने तरकारी टर्नेल ७, च्याउ घर टर्नेल ३, बीजवृद्धि ३ रोपनी, कफी तीन रोपनी, उखु ७ रोपनी, खाद्यान्य २० रोपनी र केरा भूइँकटर प्रजाति ७०० बोट आवश्यक पर्ने उनले बताए ।
गाईभैँसी तीन माउ, बाख्रा १० माउ, बङ्गुर ५ माउ, बोइलर कुखुरा प्रजाति २००, मौरीसहित मौरी घार १०, टर्की ५० र स्थानीय हाँस १०० भएका पशुपक्षीमा ‘ग’ वर्गमा पर्नेछन् । यसैगरी कृषिमा ‘ग’ वर्ग लागि उत्पादन दिने कागती ,सुन्तला ,अमिलो ,आँप,लिची जातका ५० बोट, उत्पादन दिने तरकारी टर्नेल ५, च्याउ घर टर्नेल दुई, बीजवृद्धि २ रोपनी, कफी दुई रोपनी, उखु २ रोपनी, खाद्यान्य ५ रोपनी र केरा भूइँकटर प्रजाति ५०० बोट हुनुपर्ने गाउँपालिकाले जनाएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस