सोल — उत्तर कोरियाली साइबर हमलाकारीहरुको एक टोलीले कोरोना भाइरस विरुद्धको खोप उत्पादन गरिरहेका कम्पनिहरुको डाटा ह्याक गर्ने प्रयास गरेका छन् । मालवेरको प्रयोग गरि डाटा चोरि गर्न लागेको अमेरिकि साइबर सुरक्षा अधिकारीहरुले बताएका छन् ।
बोष्टोनमा रहेको साइबर ब्युरोका अनुसार उत्तर कोरियाको सरकार संरक्षित ह्याकरहरुको समुहले ह्याक गर्ने प्रयास गरेको समाचारमा बताइएको छ । पछिल्लो पटक गरिएको उक्त हमला प्रयासमा ‘किमसुकी (kimsuky)’ नामक स्पाइवेर (इन्टरनेट तथ्याङ्क संकलन गर्न बनाइएको शंकास्पद सफ्टवेर)को प्रयोग गरेको अधिकारीहरुले बताएका छन् । उक्त टोली सन् २०१२ बाट ह्याकिङ गतिविधिमा संलग्न रहेको छ ।
उक्त गतिविधि नियालीरहेको अमेरिकी साइबर सुरक्षा कम्पनि साइबररिजनका अनुसार उक्त मालवेरको आइपी ठेगाना पहिला उत्तर कोरियाले प्रयोग गर्ने गरेकोसँग मिल्दो जुल्दो रहेको छ । अमेरिकी थिङ्क ट्याङ्कका डाटा चोर्न प्रयोग गरिएको बेबीसार्क नामक मालवेरसँग किमसुकीका विशेषता मिल्दा जुल्दा रहेका छन् ।
हाल उत्तर कोरियाली ह्याकरहरुले सैन्य गतिविधिमा मात्र ध्यान नदिई दक्षिण कोरिया, चीन, रसिया, जापान, अमेरिका लगायतका देशका औषधि उत्पादक कम्पतिका तथ्याङ्क चोर्न समेत आफ्नो ध्यान केन्द्रित गर्न थालेका छन् । हाल उत्तर कोरियाली ह्याकरहरुले आर्थिक बिकासमा सहयोग गर्ने क्षेत्रमा आफ्नो ध्यान केन्द्रित गर्न थालेका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस