हुम्ला- हिमपातले तीन दिनदेखि हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाको तुम्लिङमा अलपत्र परेका चार विदेशीसहित तीनजना नेपाली नागरिक गरेर सातजनाको हेलिकाेप्टरमार्फत उद्धार गरि सिमकोट ल्याइएको छ ।
हिमपातले वडा ६ लिमिको तुम्लिङमा अलपत्रमा परेर उद्धार गरिएका चारजना स्लोभिनियाका नागरिक रहेका हुन् भने तीनजना उनीहरूसँगै गएका नेपाली नागरिक ट्रेकिङगार्ड रहेका छन् । अलपत्रमा परि उद्धार हुनेमा स्लोभिनियाका बर्निक स्टोजन, ग्रोसोज बिक्टर,कोट्निक ल्भाम, लापन्जा कास्टेलिक दानीजेला रहेका हुन् ।
हिमपातले तीनदेखि लिमिको तुम्लिङमा अलपत्र परेका स्लोभिनिया तीन जना पुरुष र एक जना महिला तथा तीन जना नेपाली ट्रेकिङगार्डको एयर डाइनेष्टिक हेलिकाेप्टरबाट उद्वार गरि सिमकोट ल्याएको छ ।
सदरमुकाम सिमकोटदेखि लिमितर्फ हिँडेको १३ दिन भएको र तीन दिनदेखि लिमिको तुम्लिङमा हिमपातले अलपत्र परेको ट्रेकिङगार्ड अशिम तामाङले बताए । लिमिको हल्जी गाउँमा गएर टेलिफोन गरि हेलिकाेप्टर बोलाएको तामाङले बताए ।
उद्वार गरिएका चार जना स्लोभिनियाका नागरिक र तीन जना नेपाली रहेको सिमकोट विमानस्थलले जनाएको छ । यस्तै उनीहरूसँगै तुम्लिङमा फसेका अन्य ६ जना नेपाली नागरीहरू बिहीबारबाट मौसम सफा रहेकाले पैदल मार्ग भएर खच्चडसँग सिमकोट पुग्ने तामाङले जानकारी दिए ।
आइतरबार रातिदेखिको अवरल वर्षा र हिमपातले तीन दिनदेखि उनीहरु तुम्लिङमा फसेका थिए ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस