बुटवल – रोटरी क्लब अफ बुटवलले स्वास्थ्य र सामाजिक क्षेत्रलाई लक्षित गर्दै विभिन्न चारवटा प्रोजेक्ट अगाडि बढाएको छ । रोटरीको ग्लोबल ग्रान्ट प्रोजेक्ट अन्तर्गत वर्ष २०२१-२२ का लागि चारवटा परियोजनाको काम अगाडि बढाएको हो । जसमा क्यान्सर स्क्रिनिङ सेन्टर सहित ब्लड कलेक्सन मोबाइल भ्यानसम्म छन् ।
रोटरी क्लब अफ बुटवलको २९औं चार्टर्ड नाइट कार्यक्रमको पूर्वसन्ध्यामा मंगलबार आयोजित पत्रकार सम्मेलनमा रोटरीले अगाडि बढाएका परियोजनाबारे जानकारी दिएको हो । जस अन्तर्गत रोटरी क्लब अफ बुटवलले लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा द रोटरी क्यान्सर स्क्रिनिङ एन्ड डाइग्नोष्टिक सेन्टर स्थापना, रक्तसञ्चार सेवा केन्द्रसँगको सहकार्यमा रोटरी ब्लड कलेक्सन मोवाइल भ्यान, बुटवल उपमहानगरपालिकाभित्र ट्राफिक लाईट जडान र खानेपानी व्यवस्थापन परियोजना गरी चारवटा परियोजना अघि बढेको अध्यक्ष प्रा.डा. ताराप्रसाद उपाध्यायले बताए ।
लुम्बिनी प्रादेशिक अस्पतालमा स्थापना गर्न लागिएको क्यान्सर स्क्रिनिङ सेन्टर मेगा प्रोजेक्टको रूपमा रहेको क्लबले जनाएको छ । “यो करिब १० करोड रुपैयाँको मेगा प्रोजेक्ट हो, सुरुमा यसका लागि साढे दुई करोड लगानी हुँदैछ”, उनले भने । क्यान्सर स्क्रिनिङ सेन्टर स्थापना भएपछि विशेष गरी महिलाहरूलाई क्यान्सर रोग पत्ता लगाउन बाहिर जानुपर्ने अवस्थाको अन्त्य हुने पनि उनले बताए ।
त्यसैगरी ब्लड कलेक्सन मोबाइल भ्यान खरिदको प्रक्रिया अन्तिम चरणमा पुगेको छ । भारतीय टाटा कम्पनीसँग करिब ६५ लाखको लागतमा भ्यान खरिदको प्रक्रिया अघि बढेको र अब छिटै सञ्चालनमा ल्याउने गरी तयारी गरिएको अध्यक्ष उपाध्यायले बताए । मोबाइल भ्यान सञ्चालनमा आएपछि रक्तदान गर्न चाहने सर्वसाधारणले आफू बसेकै स्थानमा रक्तदान गर्न सक्ने र त्यही भ्यानभित्रै ब्लड कलेक्सन गरेर निश्चित तापत्रममा राख्न सकिने व्यवस्थासमेत भएकोले निकै नै भरपर्दो हुने छ ।
रोटरीले बुटवल उपमहानगरपालिका भित्र ट्राफिक लाइट जडानको प्रक्रिया पनि सुरु गर्दै छ । करिब ४५ लाखको लागतमा बुटवल उपमहानगरपालिकासँग सहकार्य गरी यो काम अघि बढाइने र यसका लागि रोटरीले मात्रै १५ लाख रुपैयाँ लगानँ गर्ने उपाध्यायले बताए । यसका अतिरिक्त गरिब तथा विपन्न नागरिकको बस्ती पहिचान गरी खानेपानी परियोजनाको काम अगाडि बढाउने रोटरीको तयारी छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस