काठमाडौँ – काठमाडौँ महानगरपालिका–३२ जडिबुटीमा आज भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । जडिबुटीस्थित सडकमा प्रदेश ३–०१–२२ च ८७१० नम्बरको कारले प्रदेश ३–०२–००५ प १५९८ नम्बरको स्कुटरलाई ठक्कर दिँदा कागेश्वरी मनोहरा नगरपालिका–७ काँडाघारीका २७ वर्षीया सुप्रभा लुईंटेलको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएकी उनको आज बी एण्ड बी अस्पताल ग्वार्कोमा उपचारको क्रममा मृत्यु भएको हो । कार र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
बसमा आगजनी
काठमाडौँको बुढानीलकण्ठ नगरपालिका–१० कपन नजिक पार्किङ गरी राखेको बा २ ख ६२२६ नम्बरको बसमा आज अपरिचित व्यक्तिले आगजनी गरेका छन् । आगलागीबाट बसमा करिब रु एक लाख ५० हजार मूल्य बराबरको धनमाल जलेर नष्ट भएको छ ।
अपरिचित व्यक्तिले उक्त बसमा आगजनी गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिएको छ । फरार व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस