झापा – झापाको कनकाई नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गमा ट्रकले कार र मोटरसाइकललाई ठक्कर दिँदा आज दुई जनाको मृत्यु छ भने चार जना घाइते भएका छन् ।
को१ख १६८४ नम्बरको ट्रकले ओभरटेक गर्ने क्रममा आज दिउँसो ३ः३० बजे विपरीत दिशाबाट आउँदै गरेको प्र१–०१–००१ च ०१६७ नम्बरको कार र प्र१–०१–०१३प१७८३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा कारमा सवार सुनसरी धरान–१६ का २८ वर्षीय चालक दीपक क्षेत्री र सोलु पासाङ–१ का ३० वर्षीय दिलीप रानामगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले जानकारी दिएका छन् ।
उनका अनुसार दुर्घटनामा परी गम्भीर घाइते भएका उनीहरुको उपचारका क्रममा बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा बेलुका ५ बजे मृत्यु भएको हो । दुर्घटनामा कारमा सवार दिलीप रानामगरकी श्रीमती ३० वर्षीय अञ्जु मगर, सोही स्थानका ३० वर्षीय सुरेश मगर र मोटरसाइकलमा सवार झापा शिवसताक्षी–२ का ३९ वर्षीय ज्ञानबहादुर कसाई र मोटरसाइकलको पछाडि सवार उनकै श्रीमती ३० वर्षीया सोनम श्रेष्ठ घाइते भएका छन् ।
घाइतेको बिएण्डसी अस्पतालमा उपचार भइरहेको छ भने ट्रक, ट्रक चालक मोरङ विराटनगर–१५ का प्रेमबहादुर वाइबालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस