जलेश्वर – महोत्तरीको मटिहानी–जनकपुर सडकखण्डअन्तर्गत मटिहानी नगरपालिका– २ स्थित आवर गाउँमा आज साँझ ट्र्याक्टरले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा धनुषा जिल्लाको मुखियापट्टी मुसरनियाँ गाउँपालिका– ३ बैरियाका बजरङ्गी साहका २० वर्षीय छोरा नितेशकुमार साह रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता एंव प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिएका छन् । दुर्घटनामा परी गम्भीर घाइते हुनुभएका महोत्तरीको मटिहानी नगरपालिका– ८ का राजेन्द्र साहका २६ वर्षीय छोरा सरोजकुमार साहको मटिहानी हेल्थ केयरमा उपचार भइरहेको छ ।
धिरापुर गाउँबाट मटिहानी बजारतिर जाँदै गरेको ज१त ७४८४ नम्बरको ट्र्याक्टरले विपरीत दिशाबाट आउँदै गरेको नम्बर नखुलेको मोटरसाइकललाई ठक्कर दिँदा सो दुर्घटना भएको थियो । आज राति करीब ७ः३० बजे भएको दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक नितेशलाई उपचारका लागि जिल्ला अस्पताल जलेश्वर लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीले ट्र्याक्टर र त्यसका चालकलाई नियन्त्रणमा लिएको छ । मृतक नितेशको शव परीक्षणका लागि जिल्ला अस्पताल जलेश्वरमा राखिएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस